समाचार

    Showing 19,241-19,250 of 26,731 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   जल तथा मौसम विज्ञान विभ‍ाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली र तराई भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपा

    • प्रकाशित मितिः मंसिर १०, २०८०
    • 164 पटक पढिएको
  • स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु, ३९ जना घाइते

    काठमाडौँ । त्रियुगा नगरपालिका वडा न. ५ देउरिमा रहेको अन्नपुर्ण स्कुलको बिधार्थिहरु बोकेको बस आज उदयपुरगढि ७ जोगिटोल अधेरिमा दुर्घटना हुदा ३ जना मृत्यु भएको र १५ जनाको अवस्था गम्भिर भएको दु:खद खबर आएको छ ।उदयपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।त्रियुगा नगरपालिका– ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी बोकेको बस शनिबार दुर्घटनामा परेको हो।मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका- ७ जोगीटोल अँधेरी खण्डमा प्र १०५००१ ख ००४४ नम्वरको बस दुर्घटना हुँदा चालक भिखन चौधरी, विकाश चौधरी र सम्या चौधरीको मृत्यु भएको जिल्ला प

    • प्रकाशित मितिः मंसिर ९, २०८०
    • 145 पटक पढिएको
  • नजरबन्दबाट निस्किए दुर्गा प्रसाईँ

    काठमाडौँ ।  दुर्गा प्रसाईले नेतृत्व गरेको  आज तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशालास्थित सिफल चौरमा गर्ने भएका छन ।सिफलमा कार्यक्रम गर्ने तयारी गरेपछि सरकारले सुरक्षा पनि कडा पारेको छ । सिफलको घर र कौसीमा प्रहरी परिचालन गरिएको छ भने आसपासको क्षेत्रमा कुकुरसमेत परिचालन गरिएको छ।सिफल आसपासको क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो सङ्ख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाक्लो सङ्ख्यामा परिचालन गरिएको हो ।आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईँ ठिमी  नजरबन्दबाट सिफल तर्फ दुर्गा प्रसाईँ निस्किएका छन् भने उनका समर्थकहरू नाराबाजी गर्दै सिफलत

    • प्रकाशित मितिः मंसिर ९, २०८०
    • 239 पटक पढिएको
  • हमासले बन्धक बनाएका २४ जना रिहा

    काठमाडौं । विद्रोही समूह हमासले इजरायलसँगको युद्धविरामको पहिलो दिन २४ जना बन्धकहरूलाई रिहा गरेको छ । अन्तर्राष्ट्रिय रेडक्रसले इजरायली महिला र बालबालिका र थाइल्यान्डका कामदारहरू रिहा भएको जनाएको छ ।इजरायल-हमास युद्ध सुरु भएको डेढ महिनापछि चार दिनका लागि युद्धविराम भएको हो । युद्धविरामको पहिलो दिन २४ जना बन्धक रिहा गरिएको रेडक्रसले पुष्टि गरेको छ । बन्धकहरू रिहा भएपछि एक्सको पोस्टमा २४ बन्धकहरूको सुरक्षित रिहाइको पुष्टि गर्न पाउँदा खुसी भएको रेडक्रसले उल्लेख गरेको छ । मुक्त गरिएका १३ जना इजरायली, १० जना थाई र एक जना फिलिपिनी नागरिक हुन् । इजरायल र हमासले अस्थायी युद्धविरामको अवधिमा चार दिन

    • प्रकाशित मितिः मंसिर ९, २०८०
    • 198 पटक पढिएको
  • आगलागीबाट एकै परिवारका ४ जनाको मृत्यु

    काठमाण्डौ  । बर्दियाको गुलरिया-४, तुलापुरको एक घरमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । हिजो राति करिब १० बजेतिर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार चारै जनाको शव अहिले निकाल्ने कोसिस भइरहेको छ । एक जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृश चन्द, १० वर्षका मानसिंह बुढा र ३२ वर्षकी राधा बुढा छन् । २८ वर्षकी करिश्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ । टाइल लगाएको घरमा आगलागी के कारणले भएको हो भन्ने कुरा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०८०
    • 184 पटक पढिएको
  • आज महाअभियानले सिफल चाैरमा ११ बजेबाट कार्यक्रम गर्ने

    काठमाडौं  ।    दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज (शनिबार) काठमाडौंको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्ने भएको छ।महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार साँझ भएको छलफलपछि सिफलमा आज बिहान साढे ११ बजेदेखि कार्यक्रम गर्ने सहमति भएको जानकारी दिएका छन। प्रशासनले तीनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभाव पर्ने तथा सुरक्षा दिन असहज हुने जनाएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो।साथै दुई पक्षबीच आन्दोलन शान्तिपूर्ण तवरले गर्ने सहमति प

    • प्रकाशित मितिः मंसिर ९, २०८०
    • 359 पटक पढिएको
  • आफ्नै साथीको छुरा प्रहारबाट एक मृत्यु

    एजेन्सी  ।  आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले  जानकारी दिएका छन। मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको निधनबारे निजका परिवारलाई जानकारी गराइएको खड्काले बताएका छन । पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै

    • प्रकाशित मितिः मंसिर ९, २०८०
    • 193 पटक पढिएको
  • प्रहरीका ९१७ बरिष्ठ हवल्दारको सरुवा

    काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले ९१७ जना प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा गरेको हो ।प्रधान कार्यालयका अनुसार मंसिर महिनादेखिको तलब खाने गरी नै ती कर्मचारीहरुको सरुवा गरिएको हो ।नामावलीः

    • प्रकाशित मितिः मंसिर ९, २०८०
    • 270 पटक पढिएको
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु

    काठमाण्डौ  ।   मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राप्ति नगरपालिका वडा नं.१ दुबिचौरका ४३ बर्षीय हरी पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको हो ।मनहरी गाउँपालिका वडा नं.६ खयरघारी (राप्ती र लोथर खोलाको मध्यवर्ति क्षेत्र) अन्तरर्गत दोभानमा खर काट्न आएका पौडेललाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । पौडेलको घटनास्थलमै मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः मंसिर ९, २०८०
    • 175 पटक पढिएको
  • झापामा आज राजावादीको शक्ति प्रदर्शन

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने भएका छन्  ।कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा पुगिसकेका छन् । यो क्रममा राजावादीहरूले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरू जुटेका छन् ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रम भव्य हुने दाबी गरे । आयोजकले कार्यक्रममा हजारौँ समर्

    • प्रकाशित मितिः मंसिर ९, २०८०
    • 328 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.