समाचार

    Showing 19,261-19,270 of 26,731 items.
  • काठमाडौँ भोलिबाट बन्दको घोषणा

    काठमाण्डौ  ।   व्यवसायी दुर्गा प्रसाईले भोलिदेखि काठमाडौँ बन्दको घोषणा गरेका छन्‌ । उनले आफुले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने भन्दाभन्दै पनि प्रहरीले आफ्नो आन्दोलनमा हस्तक्षेप गरेपछि भोलिदेखि काठमाडौँ बन्द गर्ने बताएका हुन्‌।राजावादी अभियान्ता तथा मेडिकल ब्यापारी दुर्गा प्रसाईं समुहले भोलिबाट अनिश्चितकालिन काठमाडौं बन्दाको चेतावनी दिएको छ । बल्खुमा आफनो कार्यक्रममाथी प्रहरी दमन भएको र त्यसको विरोधमा भोलि देखि अनिश्चितकालिन रुपमा काठमाडौं बन्द गर्ने निर्णयमा आफुहरु पुगेको प्रसाईंको अभियानका सहप्रवक्ता समेत रहेका राजानन्द माण्डब्यले जानकारी दिए ।राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृत

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 57 पटक पढिएको
  • दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्दै

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईंले शुक्रवारबाट युवा विद्यार्थीले बिहीबार प्रदर्शन गरेको स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।प्रसाईंले आज बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् ।  करिब १० मिनेट बल्खुमा आफू समर्थकलाई सम्बोधन गरेका प्रसाईँले आजै साँझ आफ्नै घरमा पत्रकार सम्मेलन गर्ने समर्थकहरूले बताएका छन् ।

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 325 पटक पढिएको
  • यो जनविद्रोहले सङ्घीयता हटाउछ; दुर्गा प्रसाईँ

    काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईले आफ्नो समूहले गरेको प्रदर्शन आन्दोलन आन्दोलन मात्रै नभई जनविद्रोह भएको बताएका छन् । ललितपुरको बल्खुमा बिहीबार भएको आफू नेतृत्वको प्रदर्शनलाई सम्बोधन गर्दै उनले देशबाट संघीय व्यवस्था हटाउने चाहना बोकेर आएको भन्दै विद्रोहको विरुवा रोपिएको दाबी गरे ।‘हाम्रो युवाहरू बाहिर जाने अवस्था परिवर्तन गर्न आएको हो, मभित्र धेरै ठूलो पीडा छ, म दुर्गा मातालाई साक्षी राखेर तपाईहरुको अगाडि मर्न आएको हो । म मर्न चाहान्छु, यो सङ्घीयता भन्नेलाई लात्ताले दिएर खेद्न चाहन्छु,’ उनले भने, ‘यो आन्दोलन आन्दोलन होइन, यसलाई तपाईले आन्दोलन नभन्नुस् यो जनताले गरेको जनविद्रोह हो । हामीले धेर

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 379 पटक पढिएको
  • बल्खुमा फेरि भिडन्त, प्रहरीले अश्रु ग्यास र प्लाष्टिकका गोली हान्दा दर्जनौ घाईते

    काठमाडौं  ।   बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ । प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् ।

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 680 पटक पढिएको
  • बल्खुमा दुर्गा प्रसाईंको प्रदर्शन

    काठमाण्डौ   ।    मेडिकल व्यवसायी प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन बल्खुमा जारी छ । प्रसाईं नेतृत्वको अभियाले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गरिरहेको छ। काठमाडौंको बल्खुमा तोकिएको प्रदर्शन स्थानमा ठाउँ ठाउँबाट आएका जुलुस भेला हुने क्रम जारी छ ।  

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 400 पटक पढिएको
  • ज्ञानेन्द्र पुगे दुर्गा प्रसाईंको कार्यक्रममा

    काठमाण्डौ  ।   मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले बल्खुमा गरेको प्रदर्शनमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पनि सहभागी भएका छन् ।प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनपछि आयोजना हुने कार्यक्रमलाई राप्रपा प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक शाहीले पनि सम्बोधन गर्नेछन् ।जिल्ला प्रशासन कार्यालयले प्रसाईं समूहलाई बल्खुमा कार्यक्रम स्थान तोकिदिएको छ । प्रसाईं समूहको कार्यक्रमलाई काउन्टर दिन एमालेनिकट युवा संघ नेपाल र अनेरास्ववियुले पनि संयुक्त रूपमा काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । युवा संघ र अनेर

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 452 पटक पढिएको
  • दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप

    काठमाडौँ । बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ ।प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनिरहेको छ । तपाईहरुको कार्यक्रम बल्खुमा हो भने जानुहोला, तीनकुने हो भने तीन कुनेमा जानुहोला चोकमा नबस्नुहोला । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघलाई काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्न भनेको छ  तर, करिब ३० जना युवा संघका कार्यकर्ता बाइक र्‍याली गर्दै बल्खुमा पुगेपछि झडपको अवस्था आएको हो।युवा संघका कार्यकर्ताले सडकमा आउजाउ गरिरहेका जनतामाथि पनि हा

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 293 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।आज राति भने देशको पहाडी भूभागमा आंशिक बदली  रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का ह

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 199 पटक पढिएको
  • झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    बिर्तामोड । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ ।तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा तामाङको बसोबास थियो । उनी दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए । साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटाएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए ।

    • प्रकाशित मितिः मंसिर ६, २०८०
    • 107 पटक पढिएको
  • साना हतियार भित्रन सक्ने आशंकामा सबै नाकामा कडा चेकजाँच

    काठमाडौं । देशभरबाट राजधानी आउनेमाथि कडा निगरानी शुरू भएको छ । सुरक्षा निकायले राजधानीमा साना हतियार भित्रिएको आशंका गर्दै उच्च सतर्कता अपनाएको छ ।भोलि मंसिर ७ गते एकै दिन काठमाडौंको तीनकुने र बल्खुमा राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति नागरिक बचाउ महाअभियान घोषणाको आह्वान गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र ‘भ्रष्टाचार, अनियमितता र सामाजिक अराजकताविरुद्ध’ नेकपा एमालेका भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले प्रदर्शन गर्ने भएपछि उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको हो ।प्रहरीले उपत्यका प्रवेश गर्ने सबै नाकामा सवारीसाधनको विशेष चेकजाँच शुरू गरेको छ । विशेष गरी मोटरसाइकलबाट साना हत

    • प्रकाशित मितिः मंसिर ६, २०८०
    • 151 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.