समाचार

    Showing 19,271-19,280 of 26,731 items.
  • सञ्चालकले बैंकबाट पेश्की तथा ऋण सुविधा लिन नपाउने

    काठमाडौं    ।  बैंकहरूले एउटै प्रकारका कर्जामा पनि फरकफरक किसिमका ब्याजदर कायम गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले यसमा कडाइ गरेको छ । केन्द्रीय बैंकले कर्जाको ब्याजमा अधिक भिन्नता हुन नदिन एउटै किसिमको कर्जामा २ प्रतिशतभन्दा माथि ब्याजदर बनाउन नपाउने प्रावधान बनाएको हो।बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा लगानी र ब्याजदरको विषयमा नेपाल राष्ट्र बैंकले एकै प्रकारका कर्जामा ऋणीहरूबीचको ब्याजदरअन्तर २ प्रतिशतभन्दा बढी पार्न नपाइने व्यवस्था गरेको हो ।नेपाल राष्ट्र बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एकै प्रकारका कर्जामा समेत ग्राहकहरूका बीच ब्याजदरमा अत्यधिक असमानत

    • प्रकाशित मितिः मंसिर ६, २०८०
    • 147 पटक पढिएको
  • अर्थतन्त्र सुधारका लागि सरकारका निर्णय

    काठमाडौँ। सरकारले मुलुकको अर्थतन्त्रलाई समुन्नत तुल्याउने उद्देश्यले विभिन्न निर्णय गरेको छ ।मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने कामबारे सरोकारवालासँग मङ्गलवार छलफल गरेपछि सरकारले बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका तर समयमै ऋणको साँवा ब्याज चुक्ता गर्न नसकेका व्यवसायीलाई कर्जा भुक्तानीमा नेपाल राष्ट्र बैङ्कमार्फत सहजीकरण गर्ने निर्णय गरेको छ । बैठकले बैंकदरका सम्बन्धमा अध्ययन गरी पुनरावलोकन गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियतामा भएको छलफलपछि निर्णयअनुसार सहकारीको नियमन गर्न छुट्टै विशिष्टीकृत संस्थाको स्थापना गर्

    • प्रकाशित मितिः मंसिर ६, २०८०
    • 185 पटक पढिएको
  • भैँसेपाटीमा १६ लाख बराबरको चोरी

    काठमाण्डौ  । ललितपुरको एक घरबाट लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । ललितपुर महानगरपालिका-१८ भैँसेपाटीस्थित कामेश्वर यादवको घरबाट नगद २ लाख रुपैयाँ, अमेरिकी डलर, भारतीय रुपैयाँ र विभिन्न सुनका गहना गरी करिब १६ लाख ८१ हजार ४ सय ८४ रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए ।  घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिले मूल गेटको ताला फोडेर चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बुंग्मतीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ६, २०८०
    • 275 पटक पढिएको
  • विवादित पप्पु कन्ट्रक्सनका मालिक एमाले प्रवेश

    काठमाडौँ । विवादित ठेकेदार हरिनारायण प्रसाद रौनियार एमाले प्रवेश गरेका छन् । रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पर्साको पोखरियामा पार्टी प्रवेश गराएका हुन् । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य समेत रहेका रौनियार पप्पु कन्ट्रक्सनका मालिक हुन् । उनले विकास निर्माणका काममा लिएका कतिपय ठेक्का समयमा पुरा नगर्दा उनी विवादमा मुछिँदै आएका थिए । ७४ सालको निर्वाचनमा रौनियार तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जसपा) बाट पर्सा क्षेत्र नम्बर ३ को संघीय सांसदमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको केही समयपछि पप्पु कन्स्ट्रक्सनको मुद्दाका कारण निलम्बित भएका थिए ।

    • प्रकाशित मितिः मंसिर ६, २०८०
    • 187 पटक पढिएको
  • सरुवा भएका ठाउँमा नजाने प्रहरीलाई कारबाही

    काठमाडौं । नेपाल प्रहरीले तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका विभिन्न दर्जाका कर्मचारीहरुलाई तत्काल तोकिएको स्थानमा नगए कारबाही हुने जनाएको छ ।नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले सबै विभाग, ब्यूरो, निर्देशनालय, महाशाखा, शाखाहरु, सबै प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेर २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुन निर्देशन दिएको हो ।रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने व्यहोरा निर्देशानुसार अनुरोधसमेत गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर ६, २०८०
    • 276 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर ६, २०८०
    • 190 पटक पढिएको
  • शीतल निवास र बालुवाटार पनि निषेधित क्षेत्र, ललितपुरमा ६ महिना सभा जुनुस गर्न रोक

    काठमाण्डौ  ।  सरकारले राष्ट्रपति कार्यालय रहेको शीतल निवास र बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास वरिपरी विरोध प्रदर्शन गर्न निषेध गरेको छ।जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मंसीर ५ गते एक सूचना जारी गरेर मंसीर ३० गतेसम्म ती स्थानहरूमा भेला, नारा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न रोक लगाएको हो।हिजो मात्रै सरकारले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण भेला समेत गर्न नपाउने आदेश जारी गरेको थियो।आजै जिल्ला प्रशासन कार्यालय ललितपुरले ६ महीनाका लागि ललितपुरका विभिन्न क्षेत्रमा विरोध प्रर्दशन गर्न नपाउने आदेश जारी गरेको छ।

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 268 पटक पढिएको
  • मेलाको विवादले निम्ताएको झडप, नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर

    काठमाण्डौ । मेलाका विषयमा दुई समूहबीच भएको विवाद उग्र भएपछि प्रहरीले ८ राउन्ड हवाई फायर गरेका छन् । बाराको पचरौता नगरपालिका–७ बेनौलीस्थित झन्डा मेला लगाउने विषयलाई लिएर हिजो दिउँसो बसेको बैठकमा कसले मेलाको नेतृत्व गर्ने कुरामा विवाद हुँदा ढुङ्गामुढा हानाहान भएको थियो । त्यसपछि प्रहरीले दुवै पक्षबिच यस विषयमा सहमति गराएर साम्य पारेको थियो । महाबिरी झन्डा मेलाको एक दिन पहिला रातमा गाउँको बह्मबाबाको पूजा अनिवार्य गर्नुपर्ने परम्परा चल्दै आएको छ । सोही पूजामा वडा नम्बर–७ का वडा अध्यक्ष–बनारसी मुखिया बिन र अर्को प्रभु पटेलबिचको समूहले विवाद गरी उग्र रूप लिएपछि प्रहरीले आठ राउन्ड हवाई फायर गरेर नियन

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 203 पटक पढिएको
  • एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ ।  बुधबार बैठक बोलाइएको हो । मंसिर ७ मा एमालेले काठमाडौंको तनकुनेमा गर्न लागेको प्रर्दशनको पूर्वसन्ध्यामा केन्द्रीय समिति बैठक बोलाइए पनि पार्टी अिभयान लगायतका विषयमा मात्र बैठकमा छलफल हुने एमाले नेताहरुको भनाई छ ।एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता राजेन्द्र गौतमका अनुसार झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा अभियानको तयारी समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि केन्द्रीय कमिटि बैठक बोलाइएको हो।बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बज

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 127 पटक पढिएको
  • दुर्गा प्रसाईंविरुद्ध धनुसा प्रहरीमा जाहेरी

    काठमाण्डौ । हिन्दू सम्राट सेना धनुषाले कात्तिक २८ मा आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा प्रसाईंको निर्देशनअनुसार पुरानो राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली बजाइएको थियो ।जनकपुरधामस्थित उक्त कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ ।प्रसाईंले राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषा अध्यक्ष रोषनकुमार यादवले जाहेरी दिएका हुन् । जाहेरीमा प्रसाईंलाई हदैसम्म कैद तथा जरिबाना गर्न माग गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 383 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.