काठमाण्डौ । जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रही कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।महाशाखाका अनुसार राति पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।
काठमाडौं । माओवादी केन्द्रका नेता जनक बर्तौलालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कात्तिक २२ मा बानेश्वरमा बर्तौलामाथि खुकुरी प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पशुपतिनगर, इलामबाट पक्राउ परेको छ ।पक्राउ पर्नेमा बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने मगर र झापाका कैलाश भन्ने टेकबहादुर प्रधान छन् । माओवादीको बाग्मती प्रदेश सदस्य एवं अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष बर्तौलामाथि २२ कात्तिकमा बानेश्वरस्थित आइप्लेक्स मल नजिकै खुकुरी प्रहार भएको थियो ।प्रहरीका अनुसार आक्रमणमा संलग्नहरुले बर्तौलामाथि सांघातिक आक्रमण गर्ने योजनाअनुसार तीन महिनादेखि नै
काठमाडौं । टिकटकमाथि लगाइएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा पहिलो पेशी तोकेको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिबक्ताहरू स्वागत नेपाल, लगायतले दिएको रिटमा सोमवारका लागि पेशी तोकिएको हो ।सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिवन्ध लगाए पछि अदालत खुलेको पहिलो दिनमा नै सर्वोच्च अदालतमा कयौं रिट निवेदन परेको छ । उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंसिर ४ गतेका लागि पहिलो पेशी तोकिएको अदालतले जनाएको छ । शनिबार तथा पर्सी छठ पुजाको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन
काठमाडौँ । नेपाल सरकारले प्रतिबन्द लगाएपछि टिकटक कम्पनीले दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ।टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सम्बोधन गर्दै सात बुँदे पत्र पठाएका हुन् ।यही कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएकाे भन्दै सरकार टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा पुगेकाे थियाे । त्यही दिन त्यसको जानकारी प्राधिकरणमार्फत इमेल गरी टिकटकलाई दिइएको थियो । टिकटकले नेपाल सरकारकाे निर्णयप्रति आश्चर्य व्य
काठमाडौँ । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता स्वागत नेपाल, दिनेश त्रिपाठीले आज सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट पेस गरेका हुन् । योसँगै टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट पेस भएका छन् ।सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्द गर्ने निर्णयविरुद्ध पेस भएका रिटहरु अध्ययनका क्रममा रहेका छन् । उनले अध्ययनपछि रिट दर्ता हुने वा नहुने भन्ने सम्बन्धमा निर्णय हुनेछ । सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेस
काठमाडौं । सामाजिक सद्भावमा नराम्रो असर पु¥याइरहेको भन्दै नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकबाट ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय भएको थियो। टिकटकको माध्यमबाट देशभर सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको सरकारको ठम्याइ थियो।तर, सरकारले निर्णय गरेको ४ दिन भइसक्दा पनि नेपालमा टिकटक बन्द हुन सकेको छैन। टिकटक चलाउँदै आएका यसका प्रयोगकर्ताले भीपीएनको माध्यमबाट सजिलै टिकटक चलाइरहेका छन्। केही इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि सरकारको कदमलार्ई साथ दिएका
काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् ।निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उनले भने, “छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन ।”छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए
काठमाडौँ । हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव र कोशी प्रदेशमा बङ्गालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।राति बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
झापा । झापाको केर्खा नजिकै भैँसीसित मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।झापाको कमल गाउँपालिका–३ सहिद गेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्र गतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
एजेन्शी । भारत नियन्त्रित जम्मु-काश्मिरको डोडामा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ। घाइते १७ जनाको अस्पतालमा उपचार भइरहेको छ।डोडाका उपायुक्त हरविन्दर सिंहले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा उक्त जानकारी दिएका हुन्।डोडा जिल्लाका डीसी हरविन्दर सिंहका अनुसार चालकले बसको नियन्त्रण गुमाएपछि यो दुर्घटना भएको अनुमान गरिएको छ।सिन्हले दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने घोषणा गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख प्रकट गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.