समाचार

    Showing 19,341-19,350 of 26,731 items.
  • सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित

    काठमाण्डौ  ।  सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्वन्धी निर्देशिका जारी गरेको छ । मन्त्रिपरिषदबाट पारित सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० मा सामाजिक सञ्जाललाई व्यवस्थित गर्नेभन्दा पनि अभिव्यक्ति स्वतन्त्रतालाई कडाई गर्न खोजेको देखिन्छ । सामाजिक सञ्जालमार्फत अनधिकृतरुपमा रकम बाहिरिने क्रम बढेसँगै यसलाई नियमन गर्नुपर्ने माग बढेको थियो । अहिले पनि ठूलो व्यवसायिक संस्था र व्यक्तिहरुले अनधिकृतरुपमा सामाजिक सञ्जालमा विज्ञापन गर्दै आएका छन् । साथै, सामाजिक सञ्जालमा गालीगलौज गर्ने, अश्लिल र आपत्तिजनक विषयवस्तु राख्ने, अपराधिक क्रियाकलाप गर्ने प्रवृत्ति बढेकाले यसलाई रोक्न फेसबुक, ट्व

    • प्रकाशित मितिः कार्तिक २४, २०८०
    • 148 पटक पढिएको
  • एसईईको रजिस्ट्रेसन फारम आवेदन खुल्यो

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८१ को लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिस्ट्रेसन फारम खुला गरेको छ।सानोठिमीस्थित बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार एक सूचना प्रकाशित गरी एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो।एसईईमा समावेश हुन चाहने विद्यार्थीले कात्तिक २४ देखि आगामी मंसिर मसान्तभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

    • प्रकाशित मितिः कार्तिक २४, २०८०
    • 112 पटक पढिएको
  • राष्ट्रिय गौरवको आयोजनाको रूपमा तिनवटा क्रिकेट रंगशाला अगाडि बढाउने

    काठमाडौं । सरकारले मोरङ, काठमाडौँ र चितवनका तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौँको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकि छन ।

    • प्रकाशित मितिः कार्तिक २४, २०८०
    • 125 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ । बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागको मौसम आंशिक बदलीदखि सामान्यतया सफा रहेको पनि विभागले बताएको छ ।दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेने जनाएको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान लगाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेक

    • प्रकाशित मितिः कार्तिक २४, २०८०
    • 195 पटक पढिएको
  • वेपत्ता भएका ५ जना किशोरी ढल्केबरमा फेला

    चपुर । महोत्तरीबाट वेपत्ता भएका ५ जना किशोरीहरु फेला परेका छन् ।उनीहरु केहीबेर अघि धनुषाको ढल्केबरमा फेला परेका हुन् । बाहिर जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएको हो ।अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ । अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरीले जनाएको छ ।महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा गत मंगलबारदेखि परिवारका सदस्यहरुको सम्पर्कमा थिएनन् ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८०
    • 161 पटक पढिएको
  • राखेप बोर्ड सदस्य जनक बर्तौलामाथि सांघातिक आक्रमण

    काठमाण्डौ   ।   राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्य जनक बर्तौलामाथि लुकेर सांघातिक आक्रमण भएको छ । नेपाल उसु महासंघको केन्द्रिय अध्यक्ष तथा अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष समेत रहेका बर्तौलामाथि बानेश्वरमा हिजो राति आक्रमण भएको हो ।नेकपा (माओवादी केन्द्र) का प्रदेश समिति सदस्य समेत रहेका  राजधानीको मुटु त्यसमाथि संसद भवन भएकै स्थानमा यो प्रकारको आपराधिक आक्रमण हुनुले प्रहरीको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उब्जिएको छ ।आक्रमणपछि सिभिल अस्पतालमा लगिएका बर्तौलाको अहिले नर्भिक अस्पतालमा उपचार भैरहेको छ । उनको टाउकोमा रड प्रहार भएको छ ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८०
    • 317 पटक पढिएको
  • जाजरकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको फेरि गयो भूकम्प

    काठमाण्डौ   ।    शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि त्यहाँ पराकम्प जाने क्रम रोकिएको छैन । बिहीबार बिहान पनि जाजरकोट र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको हो ।गत शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्प पछि पनि यहाँ निरन्तर भूकम्प गइरहेको छ । शुक्रबार गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी एक ५३ जनाले ज्यान गुमाएका छन् भने  सयौँ घाइते भएका छन् । त्यस्तै भूकम्पबाट हजारौँ घरमा क्षति पुगेको छ ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८०
    • 309 पटक पढिएको
  • महोत्तरीबाट पाछ किशोरी वेपत्ता

    काठमाण्डौ  । महोत्तरीबाट पाँचजना किशोरी वेपत्ता भएका छन् । महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन भएका हुन् ।गत मंगलबार दिउँसो साढे ११ बजेदेखि उनीहरु एकैसाथ घरबाट निस्केको तर फर्केर नआएको जानकारी आएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । ‘उनीहरु घरबाट निस्केका हुन् । कतै कुनै कामका लागि गएको हुनसक्ने हाम्रो अनुमान छ । एकजनाले हिजो आमालाई फोन गरेर चिन्ता नलिनु हामी सुरक्षित छौं भनेकी थिइन् । त्यसपछि फेरि मोबाइल स्वीच अफ छ। एसपी मल्लले बाताएका

    • प्रकाशित मितिः कार्तिक २३, २०८०
    • 310 पटक पढिएको
  • सप्तरिबाट पाँच राउन्ड गोलीसहित दुई पक्राउ

     काठमाण्डौ  ।    सप्तरी प्रहरीले राइफलको गोलीसहित दुई युवकलाई बुधबार नियन्त्रणमा लिएको छ । हुलाकी सडकअन्तर्गत सप्तरीको खड्ग नगरपालिका-११ बाट पाँच राउन्ड राइफलको गोलीसहित सिरहाको लक्ष्मीपुर पतारी-२ का १९ वर्षीय धर्मजितकुमार यादवलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिएका यादवसँग रहेका सप्तरीको खडग नगरपालिका-११ का १८ वर्षीय हरिशंकरकुमार यादवलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका दुवै जनालाई हातहतियार खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८०
    • 259 पटक पढिएको
  • बक्यौता उठाउन विद्युत् लाइन काटियो

    काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ ।कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताए । उनीहरुबाट रु एक करोड ३७ लाख बक्यौता रकम असुली गरिएको छ । तीन हजार चार सय बढी सेवाग्राहीको ६० दिनभन्दा बढीको बक्यौता रहेको छ । अभियान सुरु भएसँगै एक हजार पाँच सय सेवाग्राहीले लाइन काट्नुभन्दा अघि नै बक्यौता तिरेको श्रेष्ठले जानकारी दिए । अभियानअन्तर्गत लाइन काट्न थालेपछ

    • प्रकाशित मितिः कार्तिक २३, २०८०
    • 176 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.