समाचार

    Showing 19,351-19,360 of 26,731 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । देशभर चिसो बढेको छ आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसकाकारण पनि केही भूभागमा वर्ष र हिमपातको सम्भाबना रहेको हो । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।विभागले दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ

    • प्रकाशित मितिः कार्तिक २३, २०८०
    • 202 पटक पढिएको
  • आरती शाह प्रकरण : गृहले पीडित पक्षलाई वार्तामा बोलायो

    काठमाडौं । गृह मन्त्रालयले छोरीको न्याय माग्दै १५६ दिनदेखि आन्दोलनरत आरती साहका आफन्तलाई वार्तामा बोलाएको छ ।गृहले प्रहरी प्रधान कार्यालय धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाएर साहका आफन्तलाई वार्तामा बोलाएको हो । आरतीका बुबा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले सोमबार पीडित पक्षलाई पत्राचार गरेको छ । गत जेठ ७ गते धनुषामा आरती आफ्नै घरमा मृत भेटिएकी थिइन्।दाइजोको नाउँमा आफ्नो छोरीको हत्या गरिएको र घटनाको अनुसन्धान कमजोर पाएिको भन्दै मृतक साहका माइतीपक्षले न्याय माग्दै लामो समयदेखि निरन्तर आन्दोलन गर्दै आएका थिए ।उनीहरूले धनुषा प्रहरी प्रमुख विश्वर

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 89 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं ।  आज  देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 147 पटक पढिएको
  • गाँजा खेती सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ।अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल गठन गरेको हो ।मन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए । यो कार्यदल गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगीकरणको सम

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 106 पटक पढिएको
  • काठमाडौंका चार कन्लसटेन्सीका सञ्चालक पक्राउ

    काठमाडौँ । विदेशमा पढ्न जानेहरुका लागि किर्ते कागजात बनाउने धन्दामा कल्सलटेन्सी सञ्चालकको संलग्नता देखिएको छ । प्रहरीले चार जना कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरेको छ ।एसिई कन्सल्टेन्सी संचालक अनिष अमात्य, प्रगती विद्याश्रम कन्सल्टेन्सीका संचालक गोपाल रिजाल, निप्पोन कन्सल्टेन्सीका संचालक पशुपति मैनाली र एस. टु अबरोड कन्सल्टेन्सीका संचालक सागर चापागाईं पक्राउ परेका हुन् । विदेश जानेहरुको कागजात उनीहरुले कीर्ते बनाउँदै आएका थिए । सल्यान घर भएका बलबहादुर राउतले कागजपत्र बनाउने गरेका थिए ।राउत पनि पक्राउ परिसकेका छन् । यसमा प्रहरी जवान जीवलाल तामाङ समेत पक्राउ परेका छन् ।

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 252 पटक पढिएको
  • जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ ५.८ म्याग्निच्युडको भूकम्प

    काठमाडौं   ।   जाजरकोटमा सोमबार अपराह्न पुनः भूकम्पको धक्का मापन गरिएको छ ।जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ५.८ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।गएको शुक्रबार राति ११:४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । आजको धक्का सोही भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 150 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।महाशाखाका अनुसार राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। 

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 205 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ भने देशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • 213 पटक पढिएको
  • बाढीमा परी कम्तीमा २० जनाको मृत्यु, उद्दार जारि

    एजेन्शी   ।  इथियोपियाको सोमाली राज्यमा मुसलधारे वर्षाका कारण अचानक आएको बाढीमा परी २० भन्दा बढीको मृत्यु भएको र १२ हजारभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।वर्षाले पुल र सडकहरू क्षतिग्रस्त हुँदा प्रभावितहरूलाई घर पुग्न समस्या भएको तथा बाली, वस्तुभाउ र सम्पत्तिमा पनि क्षति पुगेको सोमाली क्षेत्रीय राज्य सञ्चार ब्युरोले उल्लेख गरेको छ ।पूर्वी अफ्रिकामा अल निनोका कारण अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा सामान्यभन्दा अधिक वर्षा हुने सम्भावना रहेको संयुक्त राष्ट्रसङ्घको मानवीय एजेन्सी ओसिएचएले गत महिना बताएको थियो । 

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 169 पटक पढिएको
  • औषधि कारखानामा आगलागी हुँदा सातजनाको मृत्यु

    एजेन्शी   ।   भारतको पश्चिमी राज्य महाराष्ट्रको एक औषधि कारखानामा भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।आगलागीमा परी कैयौँ व्यक्ति हराइरहेको बताइएको छ । महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १७७ किलोमिटर दक्षिणमा पर्ने रायगढ जिल्लामा रहेको महाराष्ट्र औद्योगिक विकास निगम (एमआईडीसी) महाडमा रहेको ब्लु जेट हेल्थकेयर कारखानामा शुक्रबार विस्फोट भएपछि आगलागी भएको थियो ।यस घटनापछि अधिकारीहरूले अग्नि नियन्त्रक विभागका अधिकारीहरू र राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ) का कर्मचारीहरूलाई उद्धार कार

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 184 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.