समाचार

    Showing 19,361-19,370 of 26,731 items.
  • जीप दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते

    काठमाडौं । डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गएराति साढे २ बजे डोटीको शिखर नगरपालिका–२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।मृत्यु हुनेमा बाजुराको  हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया  राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि ८ महिना की छोरी प्रार्थना रहेका छन् । घाइते हुनेमा हिमाली गाउँपालिका- ५ बस्ने ३० वर्षीया प्रकास बुढा

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 233 पटक पढिएको
  • भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

    काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भइ शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ।सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १५७ पुगेको हो। उनका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।भूकम्पमा परी जाजरकोटमा १०५ जना, रुकुम पश्चिममा ५२ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना, रोल्पामा १ गरी कुल २०२ जना घाइते भएका डिएसी थापाले जानकारी दिए। घाइतेमध्ये अधिकांशको स्थानीय अस्पताल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गम्भीर घाइतेहरूको भेरी अस्पताल नेपालग

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 243 पटक पढिएको
  • सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

    काठमाण्डौ । कर्णाली प्रदेशका सभामुख र उपसभामुख चडेको गाडी बागलुङमा दुर्घटनामा परेको छ । उक्त गाडीमा मोटरसाइकल ठक्कर हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने सभामुख सवार गाडीमा क्षति पुगेको छ।  बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै गरेको सभामुख र उपसभामुख सवार गाडीमा बुर्तिवाङबाट बागलुङतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । रुकुमपूर्व हुँदै कर्णालीतर्फ जाँदै गरेको सभामुख नन्दा गुरुङ र उपसभामुख यशोदा न्यौपाने सवार कर्णा

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 244 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहनेछ भने देशको पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ भने कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 238 पटक पढिएको
  • भुकम्प अपडेट -६; भूकम्प बाट मृत्यु हुनेको संख्या १५४ पुग्यो

    काठमाण्डौ   ।   जाजरकोटमा गएराति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ।पछिल्लो प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ६२ जनाको मृत्यु भएको हो। घाइतेको संख्या दुइ सयभन्दा माथि पुगिसकेको छ।भूकम्पमा परी गम्भीर घाइते भएका रुकुम पश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल, सुर्खेत ल्याइएको हो।रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले भूकम्पमा परी आफ्नो नगरपालिकामा मात्र ५२ जनाको मृत्यु भएको बताइन्।आठबीसकोटमा ६० जना घाइते भएका छन्। तीमध्ये गम्भीर ३ जनालाई उद्धार गरी कर

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 291 पटक पढिएको
  • प्रहरीको नियन्त्रणमा १२ वटा टिपर

     काठमाण्डौ  ।   अधिक भार बोक्ने १२ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तोकिएको मात्राभन्दा बढी लोड गरेर ल्याइएको १२ वटा टिपरलाई बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सवारी जाँच गर्ने क्रममा तोकिएको मात्राभन्दा बढी सामान लोड गरेर ल्याइएको ८० वटा टिपरबाट सामान कटिङ गरिनुको साथै कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, पाँचखालमा मंगलबार राति प्रहरीले सवारी जाँच गर्दैगर्दा प्रहरीलाई छली भागेका १२ वटा टिपरलाई धुलिखेलबाट नियन्त्रणमा लिइएको हो ।नियन्त्रणमा लिइएको टिप

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 117 पटक पढिएको
  • सशस्त्रले भूकम्पग्रस्त क्षेत्रमा स्वास्थ्यकर्मीसहितको सय भन्दा बढीको टोली खटायो

    काठमाण्डौ   ।   शुक्रबार मध्यराति  जाजरकोट  केन्द्रविन्दु भएर भूकम्प गएको छ।   ६.४ म्याग्निच्युडको भूकम्प  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११: ४७ मिनेटमा गएको छ।नेपाल एपिएफ अस्पताल बलम्बुबाट ९ जनाको मेडिकल टोली जाजरकोट गएका छन्। शनिबार अस्पतालका डा.रोशन पराजुलीसहितको ९ जनाको मेडिकल टोली जाजरकोट गएको हो। उनीहरु नेपाली सेनाको स्काइ ट्रक मार्फत जाजरकोट गएको सशस्त्र प्रहरीले जनाएको छ।जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ।जाजरकोटम

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 334 पटक पढिएको
  • भूकम्प अपडेट -५ ; मृतकको संख्या १३२ पुग्यो, १५५ बढि घाइते, उद्दार जारि

    काठमाण्डौ    ।   शुक्रवार राती ११ बजेर ४८ मिनेट जाँदा गएको भुकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका जिल्लामा क्षतिपुगेको रुकुमबाट अमरराज पुनले जनाएका छन् ।भूकम्पमा पारी जाजरकोटमा मात्र ९३ जनाको मृत्यु भएको छ । यस्तै, ६५ जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी कुवेर कडायतले जानकारी दिए ।  यस्तै, भूकम्पमा परेर रुकुम पश्चिममा ३९ जनाको मृत्यु भएको छ । त्यहाँ ९० जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १३२ पुगेको छ । यस्तै, भूकम्पमा परी १५५ जना घाइते भएका छन् । 

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 296 पटक पढिएको
  • जाजरकोट स्वास्थ्यकर्मीसहित उद्धारका लागि हेलिकोप्टर जाँदै

    काठमाण्डौ   ।   सरकारले जाजरकोट भूकम्प प्रभावितहरूको उद्धार र राहतका लागि स्वास्थ्यकर्मीसहित हेलिकोप्टर पठाउने तयारी गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकोप्टर पठाउने तयारी भइरहेको जनाएको हो ।शुक्रबार मध्यराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म कम्तीमा ८० जनाको मृत्यु भएको छ । भूकम्पबाट क्षति भएका थप विवरणहरू आइरहेका छन् ।  भूकम्पका कारण जाजरकोटमा सयौँ घाइते भएका छन् । स्वास्थ्यकर्मी र औषधिको अभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतबाट स्वास्थ्यकर्मी तथा औषधि पठाउन ल

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 202 पटक पढिएको
  • प्रधानमन्त्री ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा जाँदै

    काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ त्यस क्षेत्रमा गएका छन् ।जाजरकोटको रामिडाडा केन्द्रबिन्दु बनाएर गएराति ११:४७ बजे ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैँ प्रभावित क्षेत्रमा जाने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन ।प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा गएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उ

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 292 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.