काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो ।नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ ।आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिनेछ ।
काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशन गएराति १२ बजेदेखि अन्त्य भएको छ । बिहीबारको बैठकमा सो सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले नेपालको संविधानअनुसार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन स्वतः सकिने जानकारी गराएका थिए ।बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीले टेबल गरेका थिए ।यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
काठमाडौं / नेपाल प्रहरीले चिनीको कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए त्यसको सूचना दिन आग्रह गरेको छ।प्रहरीले एक सूचना जारी गर्दै बजारमा कृत्रिम अभाव सिर्जना गरेको जनगुनासो आएकाले आफ्ना सम्पूर्ण इकाइहरूलाई सक्रिय परिचालन गरिएको जनाएको छ।अझै पनि बजारमा कहीँ कतै कसैले चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा यथाशीघ्र सूचना गराई कानुन कार्यान्वयन गर्न गराउन नेपाल प्रहरिले आवहान गरेको छ |
एजेन्शि । इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको सङ्ख्या नौ हजार ६१ पुगेको र घाइतेको सङ्ख्या ३२ हजार नाघेको जानकारी दिए । इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको उनले बताए ।गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको सुरुवातदेखि गाजा पट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायल
काठमाण्डौ । अवैध रुपमा ल्याएको करिब १० क्विन्टल चिनी प्रहरीले बरामद गरेको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङमा प्रहरी र ट्राफिकले सवारी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याइएको १० क्विन्टल चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।पूर्वका विभिन्न जिल्लाबाट बीपी राजमार्ग भई काठमाडौं भित्रिने सवारी जाँच गर्दा बोरामा सानो पोको बनाइ लुकाइछिपाइ अवैध रुपमा ल्याइएको ३३ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।बिहीबार बिहान १० देखि बेलुकी साढे ४ बजेसम्म गरिएको जाँचमा विभिन्न स्थानबाट ल्याइए
काठमाडौँ । ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तिब्र पारिएको छ ।प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दसैँलगत्तै कात्तिक ९ देखि आज बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरुलाई कारबाही गरिएको हो ।कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताए । चाडवाडका समयमा नियम उल्लङ्घन गरेर जथाभावी सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले कारबाही
काठमाण्डौ । सशस्त्र प्रहरी बल, नेपालका तीन जना उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् ।प्रधान कार्यालय हलचोकले प्राविधिक समूहतर्फ रिक्त पदमा पदपूर्तिका लागि तीन जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।बढुवा समितिको मंगलबार (कात्तिक १४) को निर्णयअनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।प्राविधिक समूह स्वास्थ्यतर्फ डा. शैलेन्द्रकुमार दुवाल श्रेष्ठ र डा. महेन्द्रराज श्रेष्ठ त्यस्तै प्राविधिककै सञ्चार तथा इन्जिनिरिङतर्फ इन्जिनियर नानीराम हुमागाईं एसएसपीमा बढुवा सिफारिस भएका हुन् ।सो सिफारिसविरूद्ध चित्त नबुझे कात्तिक २१ गतेभित्र उजुरी दिन सकिने स
काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जानकारी दिएको छ ।महाशाखा प्रमुख डा. विवेक कर्ण लालले दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने जानकारी दिए । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औ
काठमाडौँ । राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् ।सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’लाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो । आदेश लगत्तै बाँके प्रहरीले उनलाई पक्राउ गरेको हो ।चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका रिगलले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवशको अवसरमा आममाफी दिएका थिए ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।आज दिउँसो देशको पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाड
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.