काठमाण्डौ । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका ७ का वर्ष १८का शालीन राना मास्केमगर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी निशान्त श्रीवास्थबले जनाएका छन । भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिकाको गैरा नजिकै बुधवार साँझ सु.प.प्र.०१००२ट ६७२३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मजदुर बोकेर जोरायल गाउँपालिका-१ धोरडी देखि खटेना जाँदै गरेको बेला ट्याक्टर दुर्घटना भएको हो । घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि अस्पताल प
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरी काठमाडौँको गोठाटारबाट दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल घर भएका ४८ वर्षीय मोहम्मद करिम तथा झापा केचन गाउँपालिका–८ बस्ने ३५ वर्षीय हर्क लिम्बू रहेका काठमाडौँ उपत्यका अपराध अनसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए। उनले भने, “प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गर्दा मोहम्मद करिम घाइते भएका छन्, उनको गोठाटारस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।”यसैगरी प्रहरीले मोहम्मद करिमको साथबाट ६ दशमलव ७५ एमएमको पेस्तोल र त्यसमा ला
काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाललाई (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे सुनुवाइ सकेर आज निर्णय सुनाउने भएको छ।बुधबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ सकेका थिए । त्यसको आज निर्णय सुनाउने तयारी छ।संविधान दिवस २०८० को अवसरमा जन्मकैदको सजाय भोगिरहेको योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सरकारको उक्त सिफासिरसँगै ढकाललाई राष्ट्रपतिले आममाफी दिएका थिए। ढकाल कारागारमुक्त भएपछि चेतन मानन्धरकी पत
काठमाडौं । बिहीबार (कात्तिक १६) देखि सरकारी कार्यालयहरूको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ ।जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोकेको छ । कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कायम कायम हुने सरकारी नियम छ । आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरू अपरान्ह ४ बजे नै बन्द हुने छन् । अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरू साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका छन् । शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्
काठमाडौँ । सरकारले भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको छ । तिहार लक्षित सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको हो ।बागमती प्रदेश सरकार अन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले कार्तिक १ गतेदेखि नै लागू गरी सयपत्री मालाको आयातमा रोक लगाइएको हो । अर्को निर्णय नभएसम्म भारतीय सयपत्री माला ल्याउन नपाइने सूचनामा उल्लेख छ ।तिहारमा अत्यधिक मात्रामा सयपत्री फुलको मालाको माग हुन्छ । इजाजतपत्र बेगर भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ ।
झापा । ईलामको ईलाम नगरपालिका-१२ साङरुम्बा स्थितमा अरिङ्गालको टोकाईबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मङलबार बिहान ९ बजे छिमेकिको बारिमा भुइमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रूखमा रहेको अरिङगालले टोकेर घाईते भएका स्थानिय ५९ बर्षिय याम बहादुर लिम्बु र निजको ज्वाई ३० बर्षिय सन्तोष लिम्बुलाई उपचारकोलागी जिल्ला अस्पताल ईलाम ल्याइएको र थप उपचारको लागी बिर्तासिटी अस्पताल झापा लगीएकोमा उपचारको क्रममा मङलबार राती पौने ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ।
काठमाण्डौ । आफै सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले सडक संघर्षको घोषणा गरेको छ । माओवादी केन्द्रले परिवर्तन उल्ट्याउने प्रयास हुन थालेको भन्दै सडक संघर्षको कार्यक्रम घोषणा गरेको हो । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले कसकाविरुद्ध सडक संघर्ष गर्ने भन्ने विषय भने प्रष्ट पार्न सकेको छैन् । मंसिर २२ देखि माओवादीले काठमाडौंमा संघर्षका कार्यक्रमको घोषणा गर्दै जनतालाई सूसुचित पार्ने दाबी गरेको छ । लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाभिमानको रक्षा, प्रतिगमनको विरोध गर्न भन्दै यस्तो कार्यक्रम घोषना भएको छ ।माओवादी अध्यक्ष प्रचण्डले प्रध
काठमाण्डौ । गाडीको ब्रेक फेल भएर दुर्घटना हुँदा काभ्रेको पनौतीमा २ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पनौती–२ सिलाभंज्याङमामा निसान गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।मृत्यु हुनेमा गाडी चालक काभ्रे पनौती–२ कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य, बेथानचोक–२ बस्ने ५० वर्षीय शिव विक्रम केसी रहेको प्रहरिले बताएको छ ।कुशादेवीबाट नयाँ गाँउतर्फ जाँदै गरेको बा ४ ख ६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई सडकबाट ६०० मिटर तल खसेको प्रहरीले जनाएको छ । उनका अनुसार दुवै जनाको उपचारको क्रममा सिरमेमोरीयल अस्पतालमा मृत्यु भएको ह
काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन् । आइतबार नेपाल भ्रमणमा आएका गुटेरेस कतार एयरवेजको उडानमार्फत बिहान १० बजे न्युयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।भ्रमणका क्रममा उनले हिजो संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । यसअघि गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राजनीतिक दलका नेताहरू, मन्त्रीहरू लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।नेपाल बसाइका क्रममा महासचिव गुटे
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.