काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बद्री केसी र नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध कुटपिट आरोपमा प्रहरीमा उजुरी परेको छ।नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले दरबारमार्गस्थित प्रहरी वृत्तमा उजुरी दिएका हुन्। मंगलबार एनआरएनएको बालुवाटारस्थित कार्यालयमा युवा संघको कार्यक्रम किन गरेको भनी प्रश्न उठाउँदा आफूमाथि कुटपिट भएको उनको दाबी छ । एनआरएनए कार्यालयमा पुगेका समानान्तर कमिटीका अध्यक्ष आरके शर्मा र पत्रकार शर्मामाथि युवा संघका कार्यकर्ताले मंगलबार दुर्व्यवहार तथा कुटपिट गरेका थिए। कुटपिटबाट शर्माको मुखमा चोट लागेको छ।एनआरएनएको महाधिवेशनमा धाँधल
चपुर । धनुषाबाट सशस्त्र प्रहरीले करिब १७ लाख मूल्य बराबरको अवैध सामाग्री बरामद गरेको छ। आइतबार मिथिला नगरपालिका-१० बडहरीस्थित एक गोदामबाट प्रहरीले उक्त परिमाणको अवैध सामाग्री बरामद गरेको हो।बरामद गरिएका सामाग्रीको बजार मूल्य करिब १७ लाख बराबर हुन आउने धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दिनेश मल्लले जानकारी दिए। उनका अनुसार बेवारिसे अवस्थामा फेला परेको सो सामाग्री कसको हो भन्नेबारे खुली सकेको छैन।भन्सार छलीको समानबारे विशेष सूचना पाएपछि उक्त गोदाममा छापामारी गरेका थियौँ। यी सामाग्री कसको हो भन्नेबारे खुली सकेको छैन। जुन घरको गोदाममा ती सामाग्री राखिएको थियो त्यहाँ कोही पनि नभएको र
काठमाडौं । सिरहास्थित सशस्त्र प्रहरीका एसपी प्रमोद भारतीलाई तस्करी गराएको आरोपमा मुख्यालय तानिए पनि त्यहाँको तस्करी रोकिएको छैन । भर्खर गएका अर्का एसपी शिवप्रसाद गैरेले पनि भारतीकै जस्तो धन्दा शुरु गरेका छन् । जसको ज्वलन्त उदाहरण केही दिनअघि बिओपी ठाडीको एरियामा देखिएको थियो । ठाडी बिओपीका एक हबल्दारले सामान पास गराएबापत पैसा लिएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।एसपीको मिलेमतो नभइ यो कार्य सम्भव नहुने श्रोतको दाबी छ । फिल्ड अनुभव नभएका गैरेले सिरहामा राम्रो काम गर्न नसकेको सुनिन थालेको छ । जसका कारण अहिले पनि सिरहाबाट हुने तस्करी रोकिएको छैन ।यता, माडर भन्सारबाट तस्करी गराएका डिएसपी पवन
एजेन्शी । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गरेका छन् । “युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो”, युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग अस्वीकार गर्दै उनले भने ।“यस्तो हुने छैन”, विदेशी पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “इजरायलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।”अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले आफ्नो भूमिमा आश्चर्यजनक हमला गरेपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय जना
काठमाडौँ । दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ।मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ। सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ।”दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। उनीहरूमध्ये मधुवन–१ सुनसरीका स्वर्णकार र सपही–६ धनुषाका साहको शव पह
काठमाडौं । सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका झापाका डिल्लीराम खनाललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले खनाललाई पक्राउ गरेको हो ।साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार, सेनाले दिएको सूचनाको आधारमा अनुसन्धान गरेर उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गर्न पक्राउ गरिएको हो ।रायका अनुसार, उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमतिसमेत दिइसकेको छ । खनालले सेनाको विषयमा क
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।आज दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।आज राति भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक बस्ने समय मंगलबार अपराह्न ४ बजे बोलाइएको छ ।प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठक बोलाइएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बताए । गुटेरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि सांसदहरूलाई उपस्थित भइसक्न भनिएको छ । साथै औपचारिक पोशाकमा आउन समेत सवै सांसदलाई भनिएको छ । महासचिव गुटरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका हुन् । उनी बुधबार फर्क
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिकले प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना दखिएको हो।महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति देशभार आंशिक बदली देखि मौसम समान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।देशको पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।
काठमाडौँ । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुई वटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.