काठमाडौं । सुपर भिजन नेटवर्कले ५० एमबीपीएसको इन्टरनेट मासिक १५० रूपैयाँमा नै वितरण सुरू गरेको छ । नेपाली बजारमा यो अहिलेसम्मकै न्युनतम हो । नेपालमा ५ सयदेखि १२ सयसम्म तिरेरमात्रै अति साधारण इन्टरनेट जोड्न पाइन्छ ।नेटवर्कले नेपालगञ्जबाट यो सेवाको थालनी गरेको हो । एउटै सहरभित्र फरक–फरक ठाउँमा घर र व्यवसाय भएकाहरूले १५० रूपैयाँ शुल्क तिरेर दुई ठाउँमा नै चलाउन सक्ने छन् । इन्टरनेटको गुणस्तर अरु कम्पनीको भन्दा कम नभएको सञ्चालकको दाबी छ । १५० रूपैयाँमा नै ५० एमबीपीएस इन्टरनेट दिँदापनि आफूलाई फाइदा भइरहेको सुपर भिजन नेटवर्कका सञ्चालक विनोद अग्रहरीले बताएका छन् ।उनले भने, म स्वयम्लाई इन्टरनेटको वास्तव
काठमाडौँ । दसैँकै मुखमा असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू धमाधम विदेश जाने क्रम रोकिएको छैन । मुलुकमा बेरोजगारी बढ्दै गएपछि वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ सुरु भएयता असोज महिनामा मात्रै ५६ हजार दुई सय ३५ जना युवाहरू रोजगारीकै खोजीमा विदेश गएका हुन् । जसमध्ये ४९ हजार तीन सय ९८ जना पुरुष र ६ हजार आठ सय ३७ जना महिला कामको खोजीमा बिदेसिएका छन् साउन महिनामा पनि सोही हाराहारीमा बिदेसिएका थिए । वैदेशिक रोजगारीमा बिदेसिने युवाको सङ्ख्या गत वर्षहरू भन्दा उच्च रहेको जानकारी विभागका सूचना अधिकारी कविराज उप्र
चपुर । सर्लाहीको कबिलासी नगरपालिका–९ भलुवाहाबाट २ सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।सनिबार ९ बजे कविलासी नगरपालिका–९, सलेमपुरबाट भलुवाहा हुँदै गम्हरिया ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको छ । ज १ त ५५५१ नम्बरको ट्याक्टरमा लोड गरी गाँजा ल्याउँदै गरेको अवस्थामा झिम नदी किनारबाट कविलासी नगरपालिका–१० का २८ वर्षीय ट्याक्टर चालक भाग्य नारायण महतो र सोही स्थानका २४ वर्षीय रवि भनेर चिनिने रवीन्द्र राय रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।प्रहरीले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरू सार्वजनिक गरेको हो । बरामद गरिएका ग
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा ह
काठमाण्डौ । पोखराको छोरेपाटनबाट विश्व शान्ति स्तूप जाँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार ३५ जना घाइते भएका छन् । ग१ख ८५८५ नम्बरको बस घैयाखेत भन्ने ठाउँमा पुगेपछि बाटोबाट तल खसेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई अस्पताल लगिसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताए । उनका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको छ ।
काठमाडौँ । भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन्। श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगन्जकी मानन्धरले पुनः रिले अनसन सुरु गरेकी हुन्।श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन्।भारतीले आजबाट पुनः माइतीघर मण्डलामा रिले अनसन सुरु गरेकी हुन्। २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालीन न्यायको विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने बताएका छन्।काँग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष नेपालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने बताए। उनले युद्धलाई टुङ्ग्याएर शान्ति प्रक्रिया प्रारम्भ गरेको रफ्तारमै बाँकी काम हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए। नेपालले अब सो विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घको महासचिव नेपाल भ्रमणमा आएको बेलामा सकारात्मक सन्देश दिएर पठाउनुपर्ने बताए। अध्यक्ष नेपालले पुराना राजनीतिक दल विभ
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारी पूरा भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी चारदिने भ्रमणमा आज राति नेपाल आउँदै छन्।विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार उनको सुरक्षा व्यवस्था गरिएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। नेपाली सेनाले पनि आफूलाई प्राप्त जिम्मेवारीअनुसार सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। नेपाली सेनाको आफ्नै अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट सुरक्षा व्यवस्था गरिएको सेनाले जनाएको छ।भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालसँग बे
काठमाडौं । इजरायल र हमासबीच २२ दिनदेखि जारी युद्ध रोक्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ । महासभाबाट शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ ।यो प्रस्तावको पक्षमा नेपाल सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरे । भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले प्रस्तावको विपक्षमा मतदान गर्यो । न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने बताए । इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई ती
काठमाडौं । नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।हाल मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।राति देशभर आंशिक बदलीदेखि मौ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.