काठमाडाैं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । आज राति देशभर आंशिक बदलीदेखि मौ
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरे ।भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुने तथा उनी र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।साथै भ्रमणका क्रममा उनले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) नेपालको औपचारिक भ्रमण गर्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन् ।उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग सङ्क्षिप्त कुराकानी गर्न
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले साढे ३८ करोड रुपैयाँ बढीको यार्सागुम्बा निर्यात गरेको छ । साउन र भदौमा नेपालबाट कम्बोडिया, चीन, हङकङ, मलेसिया, सिंगापुर, भियतनाम लगायत मुलुकमा ३८ करोड ५९ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।विभागका अनुसार सो रकम बराबरको ६ सय ७८ किलो यार्सागुम्बा निर्यात गरिएको हो । गत वर्ष सो समयावधिमा ३ सय १४ किलो यार्सागुम्बा निर्यात भएको थियो । सो यार्सागुम्बाबाट १९ करोड १७ लाख रुपैयाँ आम्दानी भएको थियो ।
काठमाण्डौ । एक समय देशको शीर्ष नेतृत्व भूमिकामा रहेर सुधार विचारधाराको दावेदारको रूपमा रहेका उनको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको छ । राज्य नियन्त्रित मिडियाहरुका अनुसार शुक्रबार बिहान अचानक हृदयघातका कारण सांघाईमा उनको निधन भएको हो । उनी ६८ वर्षका थिए । गत वर्षको अन्त्यसम्म चीनको नम्बर २ स्थानमा रहेका ली शक्तिशाली नेता सी जिनपिङको नेतृत्वमा सन् २०१३ देखि यस वर्षको मार्चसम्म एक दशकसम्म देशको प्रधानमन्त्रीको रुपमा रहेका थिए ।चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नेताहरूको भुमिकाको क्रममा लीको समय भने गत अक्टोबरमा समाप्त भएको थियो, जब उनलाई पार्टीको केन्द्रीय समि
काठमाडौँ । पछिल्लो समय नीतिगत भ्रष्टाचार बढ्दो छ । व्यक्तिका लागि सरकारले नीति नै परिवर्तन गरेर लाभ पुर्याउने प्रवृत्ति बढेको हो । मन्त्रिपरिषदबाट हुने निर्णयमा छानबिन नहुने हुँदा यस्तो प्रवृत्ति बढेको विभिन्न प्रतिवेदनले औँल्याएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उच्चपदस्थ पदाधिकारीहरूले मन्त्रालयबाट गर्न सकिने प्रशासनिक र सार्वजनिक खरिदसम्बन्धी विषयलाई समेत निर्णयका लागि मन्त्रिपरिषद्मा पुर्याई कानुनको भावना विपरीत कार्य गर्ने गरेको देखिएको छ । मन्त्रिपरिषद् वा अन्य निकायका निर्णयहरूलाई नीतिगत निर्णय हो या होइन भन्ने कुरा स्पष्ट पार्न निर्णयको वर्गीकरण र व्याख्या सम्बन्धमा आव
काठमाडौं । कतारको दोहामा पक्राउ परेका आठ जना पूर्व नौसैनिक अधिकारीलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतिक्षामा रहेको जनाएको छ ।कतारको कोर्ट अफ फस्र्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ जना भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा आज फैसला सुनाएको हामीलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। परिवारका सदस्य र कानुनी टोलीसँग सम्पर्कमा रहेको भन्दै सबै कानुनी विकल्पहरूको खोजी गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।“हामी यो घटनालाई उच्च मह
काठमाडौं । सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशी सम्म बिदा दिएको थियो । सरकारले दिएको बडादसैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन् ।आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलो फर्किने बढेका छन् । बडादसैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ ।
काठमाडौँ । अक्टोबर ७ मा इजरेलमाथि प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणपछि गाजामा इजरेली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सन् २००५ मा इजरेलले गाजामा एकतर्फी रूपमा आक्रमण रोकेको घोषणा गरेपछि भएको युद्धमा दुई हजार ९१३ बालबालिका र एक हजार ७०९ महिलासहित सात हजारभन्दा बढी प्यालेष्टिनी मारिएका छन् ।अक्टोबर ७ मा हमास लडाकूले हवाई, स्थल तथा जलमार्गबाट एकैसाथ एक्कासी आक्रमण गर्दा गाजा क्षेत्रको इजरेलतर्फको सीमानामा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो । भने २०० भन्दा बढी ब्यक्तिलाई अपहरण गरी बन्धक बना
काठमाडौं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति भने देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.