काठमाण्डौ । विजया दशमीमा मान्यजनबाट टीका ग्रहणपछि शिरमा सिउरिइने धान, गहुँ, मकै र जौका लामा आँकुरालाई जमरा भन्ने गरिन्छ । टीका ग्रहणपछि जमरा शिरमा राखिदिने चलन छ ।घटस्थापनाका दिन पूजाकोठामा धान, गहुँ, मकै र जौ छरेर त्यसबाट टुसाएका आँकुरालाई देवीको प्रसादका रूपमा सिउरिने परम्परा छ । यो परम्परालाई नेपालीले मात्र अनुशरण गरेको पाइन्छ । नेपालीको बसोवास रहेका अन्य मुलुकमा पनि यसलाई निरन्तरता दिइएको छ । धार्मिक, सामाजिक, सांस्कृतिक मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि जमरा महत्वपूर्ण छ ।आश्विन शुक्ल प्रतिपदामा घरघरमा जमरा राख्दै घटस्थापना गरिन्छ, जुन नवरात्रिको पहिलो दिन पनि हो
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् ।विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सामूहिकता र एकतालाई बढावा दिने तथा व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले विजयादशमी अभिप्रेरित रहेको बताएका छन् ।नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई अङ्गीकार गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले बहुजाति, बहुभाष
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दशैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन् । साथै गुरु पुरोहितबाट पनि दशैँको दीका, जमरा, प्रसाद गरे । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति पौडेलले दशैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गरेका हुन् । आफू टीका ग्रहण गरेपछि उनले परिवारका सदस्यलाई टीका लगाइदिएका हुन् । विजया दशमीका अवसरमा आज राष्ट्रपति पौडेलले अति विशिष्ट व्यक्तित्वहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधरणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको छ ।राष्ट्रपति कार्याल
काठमाडाैं । नेपाली सेनाको रथी दर्जामा पदोन्नतिका लागि ताराध्वज पाण्डेको नाम सिफारिस भएपछि विभिन्न सञ्चारमाध्यममा आएका सामग्रीको नेपाली सेना जङ्गी अड्डाले खण्डन गरेको छ । रथी दर्जामा पदोन्नति प्रक्रियाबारे सम्प्रेषित सामग्री भ्रमपूर्ण रहेको जनाउँदै सेनाले भ्रम फैलाउने प्रयत्न हुनु खेदजनक रहेको जनाएको छ । सेनाले भनेको छ, ‘स्वीकृत दरबन्दीमा रिक्त हुने पदमा प्रचलित ऐन, नियमावली लगायतका कानूनी प्रावधान एवं नेपाली सेनाको स्थापित अभ्यास अनुरूप नै पदोन्नतिको प्र्र्र्र्र्रक्रिया अघि बढेको र सम्बन्धित पदाधिकारीको योग्यता तथा उमेर सम्बन्धी कागजातहरू विगतमा नै सम्बद्ध शिक्षण संस्था लगायतका निक
काठमाडौं । हमसाले थप दुई बन्धकलाई रिहा गरेको छ। रिहा गरिएका दुवै बन्धक इजरायली हुन्। यसअघि हमासले बन्धक बनाएका दुई अमेरिकी नागरिकलाई रिहा गरेको थियो।मंगलबार रिहा भएकी दुई वृद्धा महिला बन्धकहरूमा ७९ वर्षीया नुरित कुपर र ८५ वर्षीया योचेवेद लिफशिट्ज रहेकी छन्। दुवै जनालाई उपचारका लागि तेलअविव ल्याइएको छ। दुवै महिलालाई मानवीय र स्वास्थ्यका कारण रिहा गरिएको हमसाले बताएको छ।इजरायलले बन्धहरूको रिहाइका लागि मध्यस्थता गरेकोमा मिस्रलाई धन्यवाद दिएको छ। साथै दुवै महिलालाई फिर्ता ल्याउनमा भूमिका खेलेको रेडक्रसलाई पनि उसले धन्यादव भनेको छ।इजरायली अधिकारीहरूका अनुसार नुरितका
काठमाण्डौ । मकवानपुरको इन्द्रसरोबरमा आज बिहान भएकाे टाटा सुमो दुर्घटनामा १३ जना तिर्थयात्री घाइते भएका छन्। जिप चालक बाहेक घाइते सबै भारतीय नागरिक हुन्।इन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर ५ मकैबारीमा आज विहान ३:३५ बजेको समयमा वीरगंजबाट काठमाडौंतर्फ जादैँ गरेको मधेश प्रदेश ०३–०० १ ज ०२८३ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।मकवानपुरको कुलेखानी मातातिर्थ हुँदै वीरगंजबाट काठमाडौंतर्फ जादैँ गरेको उक्त सुमाे सडकबाट २० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार १३ जना घाइते भएका हुन्।उनीहरुलाई उद्धार गरी उपचारको लागी काठमाडौं पठाइएको मकवानपुर प्रहरी प
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।राष्ट्रपति पौडडेलले सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि भएकाले यस पर्वले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न हामी सबैलाई प्रेरित गर्ने छ भन्ने विश्वास व्यक्त गरेका छन् ।यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामथ्र्य प्रदान गरो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् ।जयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गर्नुभएको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्त्वपूर्ण रहेको बताए । जात, वर्ग, धर्म लिङ्ग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोचबाट माथि उठेर ‘गरे हुन्छ, परिवर्तन सम्भव छ’ भन्ने सामूहिक र सकारात्मक चिन्तनको विकास अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्
काठमाडाैं । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको र पूर्वी भूभागमा बंगालको खाडीमा बनेको ‘हामून’ नामक चक्रवातको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई
काठमाण्डौ । पाल्पाको रानीमहल नजिकै भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने ६ जना सबै एकै परिवारका भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरूमा तीन महिला, एक पुरूष र दुई बालक गरी ६ जना छन्।मृत्यु हुनेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १६ रजहरका ६५ वर्षीय कृष्ण बहादुर लोहनी, उनकी श्रीमती ५५ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना धिताल, नातिहरू ११ वर्षीय सोबिस धिताल र अर्का साढे दुई वर्षका छन्।दुर्घटनामा परी कृष्णबहादुरका आफन्त ५५ वर्षीया चुना धितालको पनि मृत्यु भएको छ। कृष्णबहादुरका छोरा ३६ वर्षीय ईश्वरबहादुर लोहनी गम्भीर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.