समाचार

    Showing 19,451-19,460 of 26,731 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भाव

    • प्रकाशित मितिः कार्तिक ६, २०८०
    • 229 पटक पढिएको
  • काठमाडौं ल्याइयो इजरायलमा मारिएका विद्यार्थीको शव

    काठमाडौं । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये ४ नेपाली विद्यार्थीहरुको शव नेपाल ल्याइएकाे छ ।पहिलो चरणमा नेपाल पठाइएको शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको हो। आशिष चौधरीको शव भने दिउँसो आइपुग्ने बताइएको छ ।अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न भने केही दिन लाग्ने दूतावासले जनाएको छ । ७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • 151 पटक पढिएको
  • हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, दुई घाइते

    चपुर   ।  रौतहटको चन्द्रपुर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। उद्धार गर्न गएका अन्य २ जना प्रहरीलाई समेत चोटपटक लागेको छ।चन्द्रपुर–५ स्थित राजपैडा घर भएकी ५५ वर्षीया मनीया धामीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले जानकारी दिएका छन । शनिबार साँझ घाँसपात लिन चाँदी खोला पारी  रामलाल वृन्दावन साझेदारी वनमा गएकी धामीको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै घाँस लिन गएकी अन्य दुई जना राजपैडा घर भएकी ५३ वर्षीय अघनिया देवी चौधरी र ६० वर

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • 178 पटक पढिएको
  • जहाज खरिदका लागि निगमद्वारा टेन्डर आह्वान

    काठमाडौँ । नेपाल वायु सेवा निगमले तीनवटा जहाज खरिदका लागि टेन्डर आह्वान गरेको छ । इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी) मार्फत निगमले जहाज खरिद गर्न लागेको हो ।आइतबार पहिलोपटक प्रकाशित गरेको सूचना अनुसार ५ डिसेम्बर २०२३ सम्ममा इच्छुक कम्पनीलाई आफ्नो प्रस्ताव पेस गर्न भनिएको छ । निगमले सर्ट टेकअफ र ल्यान्डिङ गर्न मिल्ने तीनवटा सानो जहाज खरिद गर्न लागेको हो ।

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • 199 पटक पढिएको
  • काठमाडौंमा भुकम्प

    काठमाडौं । काठमाडौमा भुकम्पको धक्का महशुस भएको । आज विहान ७ बजेर ४० मिनेट जाँदा काठमाडौं लगाएत वरपरका जिल्लाहरुमा भुकम्पनको धक्का महशुस भएको छ । पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पटकपटक भूकम्प गइरहेको छ। आइतबार बिहान काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन आदि जिल्लामा पनि धक्का महसुस गरिएको छ।धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का काठमाण्डौँ र चितवनमा राम्ररी महसुस गरिएको छ। यसको थप विवरण आउन बाकि रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • 241 पटक पढिएको
  • नेपाली सेनाका अधिकृतलाई पाकिस्तानमा स्वर्णपदक

    काठमाडौँ  ।   नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन् ।पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उनले सो ‘गोल्ड मेडल’ प्राप्त गरेका हुन् ।नेपाली अफिसर क्याडेटलाई पदक प्रदान गर्नु तालिमका क्रममा क्याडेटले देखाएको कडा परिश्रम र समर्पणको प्रमाण भएको सेनाले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • 193 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।आज

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • 273 पटक पढिएको
  • युवासंघका कार्यकर्ताद्वारा इलाममा दुर्गामाताको मूर्ति प्रतिष्थापनमा अवरोध

    झापा  ।   बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईले इलामको दानावारीमा दुर्गामाताको मूर्ति प्रतिष्थापन गर्न लागेको कार्यक्रममा नेकपा एमालेनिकट युवा संघका कार्यकर्ताहरुले अवरोध पुर्याएका छन् ।युवा संघका कार्यकर्ताहरुको अवरोधका कारण प्रसाईले इलाम दानाबारीको शुक्रवारेमा दुर्गा माताको मूर्ति प्रतिष्थापन गर्ने कार्यक्रम स्थगित भएको छ । दानाबारीमा निर्माण गरिएको दुर्गा मन्दिरमा ९ दिनसम्म पुराण लगाएर फूलपातीका दिन प्रसाईले दुर्गा माताको मूर्ति प्रतिष्थापन गर्न लागेका थिए । दानाबारी जाने सडकको सुखानीमा युवा संघका कार्यकर्ताहरुले विहानैदेखि टायर बालेर अवरोध गरेका थिए । उनीहरुले कुनै पनि ह

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • 665 पटक पढिएको
  • पेस्तोल सहित युवक पक्राउ

    मोरङ   ।    मोरङको धनपालथान गाउँपालिकाबाट  सशस्त्र प्रहरीको गस्ती टोलीले पेस्तोलसहित रबिन्द्रलाइ शुक्रबार राति पक्राउ गरेको हो ।पक्राउ पर्ने सर्लाहीको हरिपुर्वा गाउँपालिका–७ का २७ वर्षीय रविन्द्रकुमार यादव हुन।इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार धनपालथान गाउँपालिका २ मा रोकिराखेको स्कारपियो गाडीभित्र कपडाले बेरेको अवस्थामा गोलीसहित पेस्तोल पेला परेको थियो ।बीआर ०६ पिए १३६३ नम्बर भारतीय स्कारपियो गाडी र पेस्तोलसहित यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • 181 पटक पढिएको
  • इजरायलमा मारिएका शव आइतबार काठमाडौं आइपुग्ने

    काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका चार जना नेपाली विद्यार्थीको शव आइतबार विहान काठमाडौं आइपुग्ने भएको छ।तेलअविवस्थित नेपाली दूताबासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको शव भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको हो । यस्तै शव आइतवार विहान काठमाडौँ पुग्नेछन्।त्यसरी पहिलो चरणमा नेपाल पठाउन लागिएको शवमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीकाे रहेको छ। ७ अक्टोबरमा गाजास्थित हमास समुहकाे आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीकाे मृत्यु भएको थियाे।  बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्र

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • 166 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.