समाचार

    Showing 19,461-19,470 of 26,731 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिलेल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • 176 पटक पढिएको
  • दशैँको अवसरमा राजा ज्ञानेन्द्रको शुभकामना सन्देश

    काठमाण्डौ/ पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले बड़ादशैँको अवसरमा मन छुने शुभकामना सन्देश व्यक्त गरिएको छ। शुभकामना सन्देशमा पूर्वराजा शाहले व्यक्त गरेका सन्देश जस्ताको तस्तै:प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरू,नेपालीहरूको महान राष्ट्रिय पर्व बडा दशैं हाम्रा घर आँगनमा आइपुगेको छ । असत् माथि सत्को विजय दर्शाउने यो पर्वले हामीलाई सहि, सत्य देवी शक्तिको संवर्द्धन गर्न प्रेरणा प्रदान गर्दछ । देश तथा विदेशमा रहे बसेका सबै नेपालीहरूमा हामी मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।हिमाल, पहाड र तराइमा बसोबास गर्ने जो विविध वर्ग, समुदाय र विभिन्न सनातनी संस्कृति जे जुन भित्र रहेपनि अन्ततः हामी सबै नेपाली

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • 145 पटक पढिएको
  • यात्रुवाहक बस दुर्घटना

    काठमाण्डौ । मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना भएको छ ।शुक्रबार अपराह्न हेटौँडाबाट बागमती गाउँपालिकातर्फ जाँदै गर्दा मदन भण्डारी राजमार्ग (धरान चतारा सडक खण्ड) अन्तर्गत पर्ने बकैया–५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका हुन् ।हेटौँडाबाट जुइना जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीन तले भन्ने स्थानमा ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ भने थप विवरण आउन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • 127 पटक पढिएको
  • धर्मेन्द्र बास्तोला पक्राउ

    काठमाडौं   ।    क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।काठमाडौंबाट सुर्खेत जाँदै गरेका बास्तोलाले चलाएको जीपले बिहीबार राति दाङको राप्ती गाउँपालिकामा विपरीत दिशाबाट आइरहेको रा ६ प ५७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दाङको राप्ती गाउँपालिकाका २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो ।दाङ जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार विपरीत दिशाबाट आएको मोटरसाइकललाई तीव्र गतीमा रहेको स्कारपियोले गलत दिशामा गएर ठक्कर दिएको थियो । जीपको ठक्करबाट घाइते भएका चौधरीलाई उपचारका लागि लगिएको

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • 195 पटक पढिएको
  • सुपारी, मरिच र केराउको आयात खुल्यो व्यापारी कोटाका निम्ति नेताका दैलोमा

    काठमाडौं । औद्योगिक क्षेत्र प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै चालू आर्थिक वर्षका लागि सुपारी, केराउ र मरिचको आयात खुला गर्ने निर्णय गरेको हो ।औद्योगिक क्षेत्रमा कच्चापदार्थको रुपमा खपत हुने सुपारी, केराउ र मरिचको आयात खुला गरिएको मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए ।उनका अनुसार उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि, २०७८ को प्रक्रिया पूरा गरी चालू आर्थिक वर्षका लागि औद्योगिक प्रय

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • 497 पटक पढिएको
  • आक्रमणमा नेतृत्वमा रहेका महिलाको मृत्यु भएको हमासको दाबी

    काठमाण्डौ  ।  हमासको उच्च राजनीतिक नेतृत्वमा निर्वाचित पहिलो महिलाको गाजा पट्टीमा इजरायली आक्रमणमा मृत्यु भएको लडाकू समूहले बिहीबार जनाएको छ । उत्तरी गाजाको जाबालियामा बुधबार साँझ ६४ वर्षीया जमिला अल श्यान्टीको हत्या भएको हमासले जनाएको छ ।उनी सन् २०२१ मा भएको आन्तरिक मतदानपछि २० जना सदस्य रहेको हमास आन्दोलनको राजनीतिक ब्युरोमा निर्वाचित हुने पहिलो महिला थिइन् । अर्की महिला फतिमा शुराब पनि सोही समयमा महिला आयोगको अध्यक्षको रूपमा स्वतः नियुक्तिको माध्यमबाट राजनीतिक शीर्ष नेतृत्वसँग सामेल भएकी थिइन् ।इस्लामी समूहको महिला प्रतिनिधित्वको लागि स्पष्ट खुलापनलाई सङ्केत गर्ने भन्दै नेतृत्वमा

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • 198 पटक पढिएको
  • एनआरएनएको अध्यक्षमा बद्री केसी विजयी, महासचिवमा गौरी

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा बद्री केसी विजयी भएका छन्। बिहीबार भएको निर्वाचिनमा केसीले अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार केसीले एक हजार ३७८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धि आरके शर्माले एक हजार २८१ मत पाएका थिए। यस्तै अध्यक्षका अर्का प्रत्यासी महेश श्रेष्ठले एक हजार २२५ मत पारएको निर्वाचन समितिले जानकारी दिएको छ।निर्वाचनको मत परिणाम अनुसार ६ उपाध्यक्षमा डा हेम राज शर्मा २२६५, रोविन शेरचन २१८०, रामशरण सिमखडा १५५२, खगेन्द्र न्यौपाने १३५७, राज रेग्मी

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • 179 पटक पढिएको
  • राष्ट्रपति पौडेलले दशैँको टीका लगाइदिने

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दशैँको अवसरमा विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । शीतल निवासमा दिउँसो २ देखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।राष्ट्रिपति कार्यालयले भनेका विशिष्ट व्यक्तिमा सम्माननीयहरू, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी रहेका छन्।यसैगरी राष्ट्रपति

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • 147 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • 204 पटक पढिएको
  • अस्पतालमा भएको आक्रमणमा कम्तीमा ४ सय ७१ जनाको मृत्यु

    काठमाण्डौ  ।  गाजाको एक अस्पतालमा भएको आक्रमणमा परी कम्तीमा ४७१ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको गाजास्थित हमासनियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।ब्याप्टिस्ट अस्पतालभित्र इजरायलीद्वारा गरिएको सबैभन्दा ठूलो र सबैभन्दा हिंसात्मक नरसंहारमा मृत्यु हुनेको सङ्ख्या ४७१ पुगेको छ, र २८ जनाको अवस्था गम्भीर छ, साथै, ३१४ जना घाइते भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।यसअघि भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा २०० देखि ३०० जनाको मृत्यु भएको हुनसक्ने हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका थिए । उनीहरू

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • 110 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.