काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ ।गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।
बिर्तामोड । भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी भद्रपुर नगरपालिका-१ निवासी ५१ वर्षीय योगप्रसाद लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन। बुधबार बेलुका ७ बजेको समयमा मेची राजमार्ग अन्तरगत भद्रपुर- ८ स्थित नमुना टोल नजिकै चन्द्रगढीबाट भद्रपुरतर्फ आउँदै गरेको मे ७ प ७७२४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते चालक लिम्बुलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलबाट २१ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चावलिह स्थित शान्ति गोरेटोमा राम प्रसाद केसीको घरबाट कोही नभएको अवस्थामा चोरले धनमाल चोरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । राम प्रसादको घरबाट सुनका विभिन्न गहनाहरू, अमेरिकी डलर ३ सय, हिराको टप लगायतका सामान चोरी भएको छ । चोरीमा संलग्नहरु फरार छन् । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
काठमाडौं । केन्द्रीय अनुगमन टोलीले आज मात्रै काठमाडौंका थप २ वटा पट्रोल पम्प सिल गरेको छ । मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो ।बुधबार गरिएको अनुगमन क्रममा सोही प्रकृतिको ठगी गरेर उपभोक्तालाई कम परिमाणमा तेल दिएको भन्दै सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भूस्थित हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएका प्रधुम्न उपाध्ययले बताए ।‘उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गर्ने दुई वटा पम्प सिल गरेको उपाध्यायले बताएका छन।
काठमाडौँ । नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै र तराईका एक दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति भने सुदू
काठमाण्डौ । काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना हुँदा दशैं मनाउन घर जाँदै गरेकी रामेछापकी युवतीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।सो दुर्घटनामा परी घाइते भएकी रामेछापको मन्थली नगरपालिका १२ की २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको हो । आज बिहान पनौती नगरपालिका ५ सुन्दर बस्तिस्थित काठमाडौँबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक भ्यानले ठक्कर दिई दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाईते भएकी रमिलालाई धुलिखेल अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । दशैं मनाउन इलेक्ट्रिक भ्या
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले जानकारी दिए।उनका अनुसार आजै दिउँसो चीनको सिचुआन प्रान्तबाट आइ दिल्लीतर्फ जान लागेको अवस्थामा निजलाई १६ हजार चार सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो। छोदेनलाई प्रहरी बृद्ध गौशालामा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।पक्राउ परेका छ
काठमाडौं । काठमाडौं उपत्यकाका भित्रका पेट्रोल पम्पहरूमा सरकारी टोलीले अनुगमन गरेको छ । प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो ।अनुगमनको क्रममा गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरिएको छ । अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न अधिकारीले बताएका छन् ।चेकजाँच गर्दा लिटरमा परिमाण कम गरेर ठगेको पाइएकाले सिल गरेको ती अधिकारीले बताए ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्।मंगलबार साँझ असहज महसुस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन ।उहाँलाई छातीमा समस्या देखिएपछि नर्भिक भर्ना हुनुभएको जनाएको छ । अस्पतालका सिइओ अजय मिश्रले प्रधानमन्त्रीको चेकजाँच भइरहेको बताए ।
काठमाण्डौ । बर्दघाट बजारबाट प्रहरीले नक्कली नोटसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ। बर्दघाट नगरपालिका ४ बर्दघाट बजारस्थित विनय होटल∕रेष्टुरेन्टको कोठा नं. ३ मा खानतलासी गर्दा नक्कली नोट बनाउन प्रयोग हुने सामाग्रीसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ब.स.पा.का सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिएका छन् ।जिल्ला प्रहरी कार्यालय ब.स.पा.का प्रहरी निरीक्षक सुदर्शन पन्थीको कमान्डमा गएको प्रहरी टोलीले होटल खानतलासी गर्दा जिल्ला तनहुँ रिसिङ गाउँपालिका-३ दानश्री बस्ने वर्ष २५ को सुरज बिक र बुलिङ्टार गाउँपालिका-६ टिमुरे बस्ने वर्ष ३० को क
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.