काठमाडौं । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरुण तेस्रो जलविद्युत आयोजनाको काम समयमै सक्न निर्देशन दिएका छन्। बोर्डको बैठकमा प्रचण्डले सो निर्देशन दिएका छन् ।असोज ३० मा सम्पन्न लगानी बोर्डको ५६ औं बैठकले संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत परियोजनाको प्रवेशमार्ग छ्याङ्कुटी ( दिदिङ्ग सडकखण्डको समस्या समाधान गर्ने सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । विकासकर्ता एसजेभीएन पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले १ खर्ब ४४ अर्ब रुपैयाँ लागतमा निर्माण गरिरहेको यस परियोजनाको भौतिक प्रगति ६६.३
काठमाडौं । नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सोमबार कीर्तिमान कायम भएको छ ।यो विमानस्थलबाट सोमबार एकै दिनमा अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडान–अवतरण भएका छन् । यो एक दिनमा भएको अहिलेसम्मकै धेरै उडानअवतरण रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।एक दिनमा यो विमानस्थलले १६ हजार ५०९ जना यात्रु व्यवस्थापन गरेको छ । अहिले नेपालमा चाडबाडको सिजन चलेको छ । साथमा पर्यटकीय मौसम समेत सुरु भएको छ । अहिले नेपालमा चाडबाडको सिजन चलेको छ । साथमा पर्यटकीय मौसम समेत सुरु भएको छ । सोही कारण वायुसेवा कम्पनीहरुले उच्च चापमा उडान गरिरहेका छन् । आन्तरिकतर्फ समेत वायुसेवा कम
काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका एक/दुई स्थानमा एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोछ साथै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।आज राति देशको पहाडी भू-भागमा आंशिकद
काठमाण्डौ । काठमाडौंबाट झापातर्फ जाँदै गरेको हायस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर–७ कटारी–गाईघाट सडक खण्डको अँधेरीमा दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन् ।सोमबार काठमाडौंबाट झापातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००४ क २०७६ नम्बरको हायस गाडी पछाडीको बाँया टायर खुस्कीएर अनियन्त्रित भएपछि दुर्घटना भएको हो ।घाइतेमध्ये चालक सिन्धुलीको सुनकोशी–५ का २३ वर्षीय सागर ठकुरी र पाँचथरको फिदिम नगरपालिका–६ का ७२ वर्षीय वृद्ध बलवीरको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई उपचारका लागि उदयपुर जिल्ला अस्पताल पठाइएको छ भने चालक ठकुरीलाई थप उपचारका लागि
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका केही नयाँ फाइल छिट्टै खुल्ने बताएका छन् । कैलालीको धनगढीमा समाजवादी मोर्चाको सुदूरपश्चिमस्तरीय सभामा प्रधानमन्त्री दाहालले भ्रष्टाचारको नयाँ फाइल खोल्ने तयारीमा सरकार रहेको बताएका हुन् ।‘अहिले धेरै बोल्न मिल्दैन, अरू पनि केही फाइल छिट्टै खुल्दैछन्, सरकारले भ्रष्ट तत्त्वका विरुद्ध एकपछि अर्को फाइल खोल्दैछ,’ प्रधानमन्त्री दाहालले भने । सरकार गठन भएदेखि नै सुशासनको पक्षमा काम गरिरहेको दाबी गर्दै प्रधानमन्त्री दाहाललेनक्कली शरणार्थी, ललितानिवास र सुन तस्करी सम्बन्धमा सरकारले अनुसन्धान गरेर एउटा निष्कर्षमा पुर्याएको बताए । विगतमा भ्र
काठमाडौँ । झापाको भद्रपुरमा रहेको नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादव एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।जग्गा कित्ताकाट गरिदिएबापत घूस मागेको सूचनाका आधारमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।उनीहरूको साथबाट घुस लिएको ७० हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेक बरामद भएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं | हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको छ ।जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै र तराईका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भ
काठमाण्डौ । गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ ।इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार निधन भएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र अशिष चौधरीको शव आज प्राप्त भएको हो ।सो घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको र उपलब्ध संयन्त्रको प्रयोग गरी सम्पर्कव
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताएका छन ।मन्त्री निवास पुल्चोकमा आज नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ज्ञापनपत्र बुझ्दै उहाँले निगमको जहाज थपेर भाडादरमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नुको विकल्प नरहेको उल्लेख गरे । दसैँअघि नै औपचारिकरूपमा विमान खरिद प्रक्रिया अघि बढाइने उल्लेख गर्दै मन्त्री किरातीले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन दस वटासम्म जहाज थप्नैपर्ने आवश्यकता रहेको औंँल्याए ।निगमले आन्तरिक उ
काठमाडौँ । दसैँलगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन् । ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागू गर्दै यसपाली चाडपर्वका समयमा २९ हजार जनशक्ति परिचालन गरी निगरानी थालिएको सशस्त्र प्रहरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए।उनका अनुसार २९ हजार एक सय ५४ सशस्त्र प्रहरी कर्मचारी सुरक्षा योजनाअन्तर्गत परिचालित भएका छन् । यस्तै तत्कालै खटाउन सक्ने गरी करिब तीन हजार सशस्त्र प्रहरी कर्मचारी रिजर्व फोर्सका रूपमा तयारी अवस्थामा राखिएको छ ।यसपालीको चाडपर्वको समयमा सीमावर्ती इलाका
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.