काठमाडौँ । सर्वोच्च अदालतले बडादसँैमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले आज जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ ।शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सनुवाइ गर्न अदालत खुला रहनेछ । अदालतले ती दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको छ ।
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज कैलालीको धनगढी जाने भएका छन् ।समाजवादी मोर्चाको भेलालालाई सम्बोधन गर्न प्रचण्ड आज (सोमबार) बिहान सवा नौ बजे श्री एयरको उडानबाट धनगढी पुग्ने कार्यतालिका रहेको छ ।उनी धनगढीबाट सीधै लम्की प्रस्थान गर्नेछन् । लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्डले घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।१२ देखि १ बजेको बीचमा गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर उनले करिब दुई बजे धन
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले प्रतिलिटर पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँ घटाएको हो । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।भारतीय आयल कर्पोरेशन आईओसीले घटाएर नयाँ मूल्यसूची पठाएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
विराटनगर । मुख्य पर्वहरु नजिकिँदै गर्दा कोशी प्रदेशमा यात्रुहरुको सुविधाका लागि विभिन्न स्थानमा प्रहरीले सहायता कक्ष सञ्चालनमा ल्याएको छ । दसैँ, तिहार, छठलगायत पर्वका बेला प्रहरीले सार्वजनिक सवारीसाधन सञ्चालनमा निगरानी बढाउनुका साथै यात्रुको सहयोगका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको जनाएको छ ।निगरानीका लागि राजमार्ग र अन्य सडकहरुमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ । यसैगरी विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । ती कक्षमा ट्राफिक प्रहरीले नियमित सेवा दिने जनाइएको छ ।कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी सरोज पौडेलका अनुसार पर्वमा धेरै चहलपहल हुने र
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन् ।शाहको संवाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाह र कोमल शाहले निर्मल निवासमा विजयादशमीको दिन अपराह्न चार बजेदेखि टिका लगाइदिने जानकारी दिएको हो ।यस वर्षको विजयादशमी आगामी कार्तिक ७ गते परेको छ । पूर्व राजदम्पतीले हरेक वर्ष सर्वसाधारणलाई टिका लगाइदिने गरेका छन् ।
काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ ।हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।आज देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागको आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
काठमाडौँ। नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै गोङ्गबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । सरकारले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको घुइँचो लागेको हो ।नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँबसपार्कबाट बाहिरिन थालेको बताउनुभयो । “लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्यधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयकोभन्दा अगाडि सारेका छौँ”, उहाँले भन्नुभयो ।दसैँका
काठमाडौं । स्थानीय तहका कर्मचारीहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । दुई सातादेखि आन्दोलनरत कर्मचारीहरू र सरकारी पक्षबीच सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो ।सहमति पत्रमा संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई र संघर्ष समितिका संयोजक दीपक गौतह लगायतले हस्ताक्षर गरेका छन् ।स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने लगायतका मागसहित आन्दोलन गर्दै आएका थिए । ऐनमा संघ प्रदेश संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको सेवा र शर्तका विषयमा न्यूनतम मापदण्ड तय गर्ने, स्थानीय सेवाका स्थायी कर्मचारीहरूलाई निजामती कर्मचारी
काठमाडौं । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ ।साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् ।चिकित्सकहरूका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी विकास गर्नुपर्छ । साथै बालबालिकालाई घरमा नै साब
एजेन्शी । आठ दिनदेखि जारी इजरायल-हमास युद्धमा मृत्यु हुनेको संख्या दुवैतर्फ गरी ३५ सय पुगेको छ ।इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको मृत्यु हुनाका साथै ८ हजार ७ सय १४ जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रसंघले गाजामा १३ सय भवन ध्वस्त भएको जनाएको छ । ५ हजारभन्दा बढी हाउजिङ युनिट र ३ हजार ७ सय ५० घर बस्न नसक्ने गरी क्षति भएको राष्ट्रसंघको तथ्यांक छ ।पछिल्लो २४ घण्टामा गाजामा भएको आक्रमणमा ३ सय २४ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमध्ये ६६ प्रतिशत महिला र बालबालिका छन् । प्यालिस्टिनी अधिकारीकाअनुसार इजरायली बम हमलामा परी १५ जना स्वास्थ्यकर्मीको पनि ज्य
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.