समाचार

    Showing 19,551-19,560 of 26,731 items.
  • हमास र इजरायली हवाई आक्रमणमा सयौको मृत्यु

    काठमाडौं । इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को रकेट आक्रमण र घुसपैठका क्रममा शनिबार बिहानदेखि कम्तीमा १०० इजरायलीको मृत्यु भएको इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा परी कम्तीमा ७०० इजरायली नागरिक घाइते भएको जनाइएको छ ।प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो । यस अघि प्राप्त जानकारीमा गाजापट्टीमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको इजरायली अधिकारीले पुष्टि गरेका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको आक्रमणपछि उक्त समूहसँग युद्ध भइरहेको बताउनुभएको थियो ।गाजाबाट प्राप्त समाच

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 143 पटक पढिएको
  • वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन घट्यो

    मधेस प्रदेश । राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन क्रमिक रुपमा घट्दै गएको छ ।चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व सङ्कलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व सङ्कलन गरेको जनाएको छ ।चालु आवको साउनका लागि भन्सार विभागले १५ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा ३ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ कम राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।उनका अनुसार भदौका लागि विभागले १९ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएकामा १२ अर्

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 193 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।यी तीन  प्रदेशका थोरै स्थानहरूमा र मधेस तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 200 पटक पढिएको
  • एकैपटक प्रहरीका ७०१ सईको सरुवा

    काठमाडौं  ।   नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले ७०१ प्रहरी नायब निरीक्षक (सई) को सरुवा निकालेको छ। प्रधान कार्यालयका अनुसार कार्तिक महिनादेखि सम्बन्धित कार्यालयबाट तलब बुझ्ने गरी सरुवा गरिएको हो।

    • प्रकाशित मितिः असोज २०, २०८०
    • 133 पटक पढिएको
  • नेपालगञ्जमा आज पनि निषेधाज्ञा जारी

    काठमाण्डौ । बाँकेको नेपालगञ्जमा आज शनिबार पनि निषेधाज्ञा जारी राखिएको छ ।शनिबार बिहान ९ बजेदेखि राती ८ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्र (पूर्वमा राप्ति नदी पुल, पश्चिममा खजुरा जाने रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) मा निषेधाज्ञा जारी गरिएको छ ।निषेधित क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता सामग्री टास्न वा लेख्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञाका क्रममा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जना वा सोभन्दा बढी संख्यामा मानिसहरु जम्मा भएको प

    • प्रकाशित मितिः असोज २०, २०८०
    • 130 पटक पढिएको
  • दसैँका लागि २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला

    काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि बुकिङ खुला गरिएको हो । त्यस अगाडि व्यवस्थापनका सबै काम सकेर २२ असोजबाट अग्रिम बुकिङ खोल्ने निर्णय भएको उनले जानकारी दिए। हरेक वर्ष दशैं, तिहार र छव पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन्।

    • प्रकाशित मितिः असोज २०, २०८०
    • 152 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । नेपालको पूर्वी तथा मध्य भू-भागमा हाल बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएइकाे छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको भने कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम

    • प्रकाशित मितिः असोज २०, २०८०
    • 194 पटक पढिएको
  • मुलुक जातीय, धार्मिक द्वन्द्वमा फस्दै, अभाव र दबाबमा धर्म परिवर्तन

    काठमाडौं   ।  मुलुक जातीय, धार्मिक,साम्प्रदायिक र पहिचानको आन्दोलनले अशान्त बन्दै गएको छ। धार्मिक सहिष्णुतालाई खलल पु¥याउने अराजक भिडका कारण विभिन्न समुदायबीच मनमुटाव बढ्दै गएको पाइन्छ। संविधानले बर्जित गरेको गौहत्यामा केही समूह संलग्न हुँदा धार्मिक असहिष्णुताले प्रसय पाएको छ।कोशीमा २०७९ फागुनदेखि चलेको पहिचानको आन्दोलन, केही समय यता धरानमा देखिएको धार्मिक समस्या र साम्प्रदायिक कुरा, नेपालगञ्जमा देखिएको धार्मिक असहिष्णुताले मुलुकलाई अराजकतातिर धकेल्दै गएको पाइएको छ। मिलेर बसेको समाजलाई भड्काउँदै धमिलो पानीमा माछा मार्ने तत्व सक्रिय हुँदा नेपाल पनि धार्मिक द्वन्द्वमा फस्ने खतरा ब

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 235 पटक पढिएको
  • रिगलको कैद मिनाहा गर्ने राष्ट्रपति कार्यालयको निर्णय झिकाउन आदेश

    काठमाडाैं । सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने राष्ट्रपति कार्यालयको निर्णय झिकाउन आदेश दिएको छ ।बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ३ असोजमा रिगलको कैद मिनाहाको सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको निर्णयसहितको सम्पूर्णू सक्कल असोज २४ गतेभित्र पेश गर्न आदेश दिएको छ ।

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 159 पटक पढिएको
  • एयरलाइन्सका दुई मेनेजर कार्बाहिमा

    काठमाडौँ । नेपालबाट साउदीको दमाम जान उडेको नेपाल एयरलाइन्सको आरए २४१ जहाज पाकिस्तानको आकाशमाथिबाट नेपाल फिर्ता भएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका दुइ म्यानेजरलाई ग्राउण्डेड (ड्युटी अफ) गरेको छ ।जहाजको आसपास अर्को जहाज भए नभएको बारे चेतावनी दिने प्रणाली (टीसीएएस)मा प्राविधिक समस्या आएपछि यो जहाज काठमाडौँ फिर्ता गर्नु परेको थियो ।

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 130 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.