समाचार

    Showing 19,561-19,570 of 26,731 items.
  • सेनाको ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    काठमाडौँ । नेपाली सेनाको ट्रकको ठक्करबाट काठमाडौँमा एक स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–१३ ताहचल घर भएकी आकृति शर्मा रहेको प्रहरीले जनाएको छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेलका अनुसार घटनामा संलग्न ट्रक चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 173 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको तथा माैसम पूर्वानसमान महाशाखाले जनाएकाे छ । अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि माैसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।आज राति कोश

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 203 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाईएको छ ।संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार आज उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत बिधेयक २०८० पेश गर्नेछन्।सो अघि उक्त बिधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताब माथी प्रेम सुवालबाट प्राप्त बिरोधको सुचनालाइ निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै, पुर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 188 पटक पढिएको
  • भूकम्पका कारण ४६७ घरमा क्षति, २८ जना घाइते, एकको मृत्यु

    काठमाण्डौ । मंगलबार ६.३ रेक्टरको भूकम्प जाँदा सुदूरपश्चिम प्रदेशका सात जिल्लामा प्रभाव परेको छ । बझाङ, बाजुरा, डोटी, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा गरी करिब पाँच सय घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । भूकम्पले सबै भन्दा धेरै क्षति बझाङमा पुर्‍याएको छ । यहाँ १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।१९ सरकारी भवन आंशिक र २ पूर्ण रूपमा क्षति भएको छ । २४५ घर आंशिक र ७० पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । बाजुरामा सरकारी भवन ९ वटा आंशिक क्षति भएको छ भने ४४ घर आंशिक , १६ पूर्ण रूपमा क्षति भएको छ । बाजुरामा २ जना घाइते भएका छन् । डोटीमा ५ वटा सरकारी भवन आंशिक क्षति भएका छन्

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 222 पटक पढिएको
  • सरकारले सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन

    काठमाडौँ । सुरक्षा परिषद् बैठकमा नेपाली सेना परिचालन गर्न पर्ने अवस्था आउन सक्नेबारे छलफल भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद् बैठकमा नेपाली सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।परिषद्को बैठकले नेपाली सेनाका तलैसम्मका युनिटहरुलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको ती मन्त्रीलाई बताए । पछिल्लो समय देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेका बेला बसेको परिषद्‍ बैठकले सेनालाई जुनसुकै बेला परिचालन हुने गरी तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।पछिल्लो केही सातायता सुनसरीको धरान, सर्लाहीको मलंग

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 203 पटक पढिएको
  • प्रधानसेनापति आइतबार बेलायत भ्रमणमा जाने

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा यही असोज २१ गते आइतबार बेलायतको औपचारिक भ्रमणमा जाने भएका छन् ।बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा यही असोज २६ गतेसम्म हुने प्रधानसेनापतिको बेलायत भ्रमणबारे नेपालका लागि बेलायतका राजदूत रब फेनसँग बुधबार जङ्गी अड्डामा छलफल भएको छ ।त्यस अवसरमा उनीहरूबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 186 पटक पढिएको
  • मन्त्रिपरिषद्का १९ निर्णय

    काठमाडौं । सरकारले नेपाल र स्वीटजरल्यान्डबीच द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।त्यस्तै मन्त्रिपरिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतमा अधिकृतस्तरको कुल १७२ जना अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, जिल्ला समन्वय समितिको कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज संशोधन गर्ने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत कार्यक्रमहरूका लागि अधिकृतस्तरका ६ अस्थायी दरबन्दी सिर्जना गर्ने

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 124 पटक पढिएको
  • जनयुद्ध दिवस खास पार्टी र व्यक्तिको विषय होइन

    काठमाडौं । सरकारका प्रवक्ता रेखा शर्माले जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताएकी छिन् ।बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा प्रवक्ता शर्माले अहिलेको व्यवस्थाको जग जनयुद्ध नै भएको भन्दै जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताएकी हुन् । उनले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने धारणा राखिन् ।जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न नभएको भए अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सम्भव नहुने उनको भनाइ छ । उनले जनयुद्ध कुनै खास पार्टी र व्यक्तिको विषय नरहेको स्पष्ट

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 261 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानसमान महाशाखाले जनाएको छ । अहिले कोशी र मधेश प्रदेशमा आंशिकदेखि सामान्य रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 183 पटक पढिएको
  • टिस्टा नदीमा बाढी आउदा भारतीय सेनाका २३ जवान बेपत्ता

    काठमाण्डौ   ।   नेपालसँग सीमा जोडिएको भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। भारी वर्षासँगै टिस्टा नदीमा आएको बाढीले बगाउँदा भारतीय सेनाका २३ जना जवान बेपत्ता भएका छन्।हिन्दुस्तान टाइम्सका अनुसार बुधबार बिहान आएको आकस्मिक बाढीले सिक्किमको लाचेनमा सेनाका २३ जवान बेपत्ता भएका हुन्। बाढीले सेनाका बाहनहरु समेत बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बेपत्ता भएकाहरुको खोजी सुरु गरिएको बताइएको छ।बाढीका कारण नदीको सतह बढेको छ। तटीय क्षेत्रमा धेरै भवन र संचरनाहरुमा बाढीले क्षति पुर्‍याएको बताइएको छ। बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने सडक

    • प्रकाशित मितिः असोज १७, २०८०
    • 400 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.