काठमाडौँ। राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध रु १५ करोड बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको छ ।विभागले सिरहाको माडर बस्ने ४७ वर्षीय प्रेमकुमार यादव, सोही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षीय अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । उनीहरुमध्ये पवन र अरुण भने फरार रहेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो ।प्रहरीले गएको भदौ १५ गते सिरहा नगरपालिका–१५ कालीचौकमा भारतबाट नेपालतर्फ आउँदै गरेको विआर ७ सि ४२२४ नंको कारलाई रोकी जाँच गर्ने क्रममा उक्त कारको चालक बस्नेतर्फको दुईवटा सिटमुनि एक हजार
काठमाण्डौ । रुपन्देहीको बेलहिया नाका नजिकैबाट १० लाख भारतीय रुपैयाँ सहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। अवैध भारतीय रकमसँगै भैरहवाका दुई ठुला होटलका क्यासीनोका गाडी पनि बरामद भएको छ।सशस्त्र प्रहरीले गए राती सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट श्रोत नखुलेको १० लाख भारतीय रुपैयाँ सहित तीन जना भारतीयलाई पक्राउ गरेका हो। पक्राउ पर्नेमा भारतको महाराजगन्ज जिल्ला सुनौली ग्रामपञ्चायत–२० सुनौलीका ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुरका ४० वर्षीय अभिनव जैसवााल र ३४ वर्षका अस्तिक त्रिपाठी रहेका छन्।पक्राउ परेका राजु कौशलको साथबाट ९ लाख र अभिनव र अस्तिक
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगण आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई
काठमाडौं । मकवानपुरको हेटौंडामा दुई सवारी एकआपसमा ठोक्किदा ९ जना यात्रु घाइते भएका छन् ।सोमबार बिहान ८ः४० बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ चुरिमाई मन्दिर नजिक दुर्घटना हुँदा ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश प्र.२-०३-००१ ज २११ नम्बरको विङ्गर र नेपालगंजबाट सिन्धुली तर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस एकआपसमा ठोक्किदा दुवै सवारीका गरी ९ जना घाइते जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।उनका अनुसार घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याएको छ । दुवै सवारी र चालक प्रहरी नियन्त्रणमा रहेका र दुर्घटनाक
काठमाण्डौ । दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेतका लागि छुटेको ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएको हो ।बस सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते भएकाहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।बस चालक रामेछाप सुनापति गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बसमा १६ जना यात्रु रहेकामध्ये दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेकाे जल तथा माैसम पूर्वानसमान महाशाखाले जनाएकाे छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको महाशाखाले जनाएकाे छ ।अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, म
काठ्माण्डौ । कपिलवस्तु प्रहरीले साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ। अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ पत्थर कोटमा चेक जाँचका क्रममा रक्त चन्दनको काठ, २ वटा गाडी र ८ जनालाई नियन्त्रणमा लिइएको उनको भनाइ छ।रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस
काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने जनाएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन भएपछि मूल्य घटाइएको निगमले जनाएको छ ।मूल्य वृद्धिलाई मूल्य स्थरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने निगमले जनाएको छ ।
काठमाण्डौ । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि विरुद्ध अनेरास्ववियु चितवनले भरतपुरमा सडकमा आएर साङकेतिक विरोध गरेको छ ।नेपाल आयल निगमले दसैंको मुखैमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले नेपालमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ।निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१४ रुपैयाँले बढाएको हो।यस्तै हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँले बढेको छ। अब नयाँ बढेको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८५ रुपैयाँ, डिजेल/मट्टितेल १७९ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १४४ र अन्तर्राष्ट्रिय १.०९६ अम
काठमाण्डौ । काठमाण्डौ तीनकुनेमा मोटरसाइलक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । स्थानीयले बागमती नदी किनारमा बिहान शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।प्रहरीले दुर्घटना राति भएको हुनसक्ने जनाएको छ । शव र मोटरसाइकल पुलको विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीबाट क्रेनको सहायताले बाहिर निकालिएको छ ।मृतकको सनाखत हुन बाँकी छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ल प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.