काठमाडौं । नेपालमा अहिले मारवाडी व्यापारी र राजनीतिक दलका शीर्ष नेताहरुको साँठगाँठकै कारण आर्थिकमन्दी देखिएको छ । बैंक, वित्तिय तथा सहकारी संस्थामा अधिकांश ठूला कर्पोरेट हाउसका मालिक मारवाडी छन् । उनीहरुले नेपालमा कमाएको र भ्रष्टचार गरेको पैसा विदेशमा लागेर लुकाउने गरेको व्यवसायी दुर्गा प्रशाइले सार्वजनिक कार्यक्रममै बताएका छन् ।सबै राजनीतिक दलका शीर्ष नेताहरुको पैसा मारवाडी व्यापारीसँग भएका कारण उनीहरुविरुद्ध कुनैपनि राजनीतिक दल बोल्न सक्ने आँट नगरेको समेत प्रसाईले बताएका छन् । राष्ट्र र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले माडवारी समुदायले मुलुक सिध्याएको प्राइम टाइम
काठमाडौँ । प्रतिनिधि सभा बैठक आज (आइतबार) बस्दै छ ।दोस्रो अधिवेशनको ५६औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् ।सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन् ।यस्तै, ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।त्यसपछि शिक्षा,
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेस, बागमती, र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू
काठमाण्डौ । सरकार र चिकित्सकबीच सहमति पछि आन्दोलन फिर्ता भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत 'स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भर्खरै सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो।सरकार र आन्दोलनरत चिकित्सकबिच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिुसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भर्खरै सम्पन्न वार्ताबाट सहमति भएको हो।पछिल्लो समय मण
काठमाडौं । नेपाल आयल निगमले दसैंको मुखैमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। इन्डियन आयल कर्पोरेशनबाट मूल्यसूची बढेर आएको भन्दै निगमले नेपालमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको हो। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१४ रुपैयाँले बढाएको हो। नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ। यस्तै हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँले बढेको छ। अब नयाँ बढेको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८५ रुपैयाँ, डिजेल/मट्टितेल १७९ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १४४ र अन्तर्राष्ट्रिय १.०९६
काठमाण्डौ । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने मध्य पहाडी लोकमार्गको तमादीखोलामा आएको बाढीले जिप बगाउँदा ३ जना बेपत्ता भएका छन् ।शनिवार साँझ बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको यात्रु बहाक टाटा सुमोलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले जानकारी दिएका छन।भुषालका अनुसार वेपत्ता सवारी साधनको खोजी भईरहेको छ । एक्कासी आएको बाढीको अवस्था बुझन चालक गाडीबाट झरेको बेलामा एक्कासी आएको बाढिले जिप बगाएको भुषालले बताएका छन् ।सवारी चालक प्रहरी नियन्त्रणमा रहेको र वेपत्ता यात्रुहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले ज
काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय इटहरीले शुक्रबार राति सिरहाको माडर भन्सार नाकानजिकैबाट झन्डै ५० लाख रुपैयाँबराबरको चोरीका कपडा बरामद गरेको छ ।दसैंमा बिक्री गर्ने उद्धेश्यले स्थानीय चन्द्रनारायण माविको प्रांगणस्थित आँपको बगैंचामा थुपारिएको कपडा सुराकीका आधारमा इटहरी कार्यालय प्रमुख सुरेश आचार्यको नेतृत्वमा गएको सशस्त्र प्रहरीसमेतको टोलीले नियन्त्रणमा लिएको हो । सर्टिङ सुटिङका कपडा, सारी, तयारी पोसाकलगायतका सामान बरामद गरिएको छ । सामान इटहरी कार्यालयमा लगेर यकिन गरिने जानकारी आचार्यले दिए ।राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानका अनुस
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको बताएका छन् । शनिबार अमेरिका र चीन भ्रमणपछि स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा दाहालले यस्तो बताएका हुन् । उनले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने बारेमा छलफल भएको बताए ।दहालले दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भई अघि बढाउने सहमति भएको पनि बताए । उनले नेपालको आवश्यक
काठमाण्डौ । मोटरसाइकलको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ । वीरेन्द्रनगर–३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्कर दिंदा दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। मृतक बालक वीरेन्द्रनगर–३ भैरवस्थानमा मामाको घरमा बसेर एलकेजीमा पढ्दै आएका थिए ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ।महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ।बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।राती भने कोशी र मधेश प्र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.