काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको बताएका छन् ।बाह्रखरी मिडियाले आज यहाँ आयोजना गरेको निजी क्षेत्रको आवाज विषयक कार्यक्रममा उनले भने, ‘कोभिड १९ को कारण होस् या हाम्रा आफ्ना नीतिगत व्यवस्थाका कारण अथवा विश्वव्यापी आर्थिकमन्दीकै कारण किन नहोस् हाम्रो देशको अर्थतन्त्र झनभन्दा झन जटिल अवस्थातर्फ धकेलिँदैछ ।’उनले विगतमा निजी क्षेत्रका तर्फबाट यस्तो अवस्थाको अनुमान गरी नेपाल सरकालाई गम्भीर हुन र नीतिगत व्यवस्थामा आवश्यक सुधार गर्न आग्रह गरिँदा व्यापारीले आफ्ना लागि मात्र कुरा उठाए भन्नेजस्ता धारणा राख्ने गरेका र यस
काठमाडौँ । नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को संयुक्त लगानीको ‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ ।मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट विकास समिति (एमसिए–नेपाल) अन्तर्गत कार्यान्वयन हुने परियोजनाको पूर्व तयारीका काममा पर्याप्त प्रगति भएको सहमतिपछि उक्त घोषणा गरिएको हो । अर्थमन्त्री डा प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले आज अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्ट्री फोर्स– इआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरेका थिए ।ए
काठमाण्डौ । नेपाली सेनाले इराकमा संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरेको छ।इराकका लागि संयुक्त राष्ट्र सहायता मिशन (यूनामी ) मा सहभागी हुन बाह्रौं डफ्फाका १८ जना नेपाली शान्ति सैनिकहरू बुधवार मिशन इलाकातर्फ प्रस्थान गरेका छन्।यस्तै सो मिशनमा हाल तैनाथ एघारौं डफ्फामा कार्यरत १५ जना शान्ति सैनिकहरू बिहीवार स्वदेश फर्कने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हाल यूनामी मिशनमा ८८ जना नेपाली शान्ति सैनिकहरू तैनाथ छन्।
भद्रपुर । भद्रपुर न.पा. १० धनुषमाेड घर भएकि बर्ष ७६ कि शिवकुमारी ढकाल आज १३ गते बिहान करीब ०५:३० बजे मृत अबस्थामा भेटिएकी छन।बिहानिको समयमा घरबाट मर्निङवाकमा जान्छु भनेर निस्किएकि ढकाल करिव ०६:०० बजेकाे समयमा केन्द्रमाेड स्थित बिनाेद चापागाईले घर बनाउन भनी खनेर छाडेकाे पाेखरीमा डुबि मृत अवस्थामा भेटिएकी हुन। बाटाे हिड्नेले देखेर प्रहरीलाई खवर गरेकाे र प्रहरीद्वारा कानुनी प्रकृिया पूरा गर्ने काम भईरहेकाे जिप्रका झापाले बताएको छ।
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रिबस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेका अनुसार घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । दुघर्टना भएको सवारी चालक फरार रहेकोर उनको खोजिकार्य भइरहेको छ ।पूर्व–पश्चिम राजमार्ग विस्तारको क्रममा रहेको र सडकमा खाल्टाखुल्टी बढी भएकाले यो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ
काठमाडौँ । सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।शर्माले नेपाल र फिलिपिन्सबीच कुटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताइन् ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरण , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषी कटेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेज गर्न जोडदार माग गरेका छन। नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतीले भाद्र १२ एक संयुक्त बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन्। ति पार्टीले एमसीसी खारेजीको माग गर्दै . भाद्र १३ गते देशब्यापी संयुक्त वि
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।देशका पहाड
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध बारम्बार मुद्दा हालेर चर्चित बनेका नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले टिकटकलाई प्रतिबन्धन लगाउन माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दर्ता गराएका छन् ।छोटो भिडियो र मनोरञ्जनका लागि चर्चित एप टिकटकको प्रयोगले मुलुकमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लिलता, अपराध बढाएको जिकिर गर्दै उनले आज सञ्चारमन्त्री रेखा शर्माको निजी सचिवालयमा निवेदन दिएका हुन् । नेपालमा सञ्चालनका लागि अनुमति नलिएको एपमाथि नियमन नभएकोमा उनले असन्तुष्टि जनाएका छन् ।निवेदनमा भनिएको छ,
काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुगेका छन् ।बुधबारबाट नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा जाँदैछ । त्यसैका लागि अलफोर्ड आज(मङलबार) नेपाल आइपुगेका हुन् । सम्झौता अनुसार ५ वर्षमा परियोजना सम्पन्न गर्नेगरी कार्यान्वयनमा जाने मिति भदौ १३ रहेको छ।यस अनुसार अब २०८५ साल भदौ १३ भित्रमा परियोजना सक्नुपर्ने हुन्छ । त्यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा एमसीसीका सम्झौता कार्य–सञ्चालन सम्बन्धी उपाध्यक्ष एलफोर्ड काठमाडौं आएका हुन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.