समाचार

    Showing 19,731-19,740 of 25,066 items.
  • थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरको डोजर लगिएपछि....

    काठमाडौं / काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा झडप भएको छ । बस्ती हटाउन महानगरको डोजर पुगेपछि स्थानीय र प्रहरीबिच ढुंगा हानाहान भएको हो ।स्थानीयले टायर बालेर विरोध प्रदर्शनसमेत गरेका छन्। उक्त झडपले गर्दा महानगरका डोजर अघि बढ्न सकेको छैन । एकीकृत बागमती सभ्यता विकास समितिले मंसिर ४ गतेसम्म नदी किनारामा अनधिकृत निर्माण भएका घरटहरा तथा निर्माण सामग्री हटाउन यस अघि नै सूचना जारी गरेको थियो।

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 157 पटक पढिएको
  • तीन वर्षको प्रेमलाई सफलता दिन सलोनले गरे करिश्मासँग विवाह

    काठमाडौं  / अभिनेता सलोन बस्नेत प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । सोमबार चन्द्रागिरि रिसोर्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरूले विवाह गरेका हुन् । १२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो । त्यस अवसरमा महिलाहरूको समूहले नौमती बाजा बजाएको थियो । ‘सबैले भुल्दै गएको नेपाली वैवाहिक संस्कृतिलाई जगेर्ना गर्न नौमती बाजा र डोली प्रयोग गरेका हौं,’ सलोनका बुबा शोभित बस्नेतले भने ।

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 86 पटक पढिएको
  • चीनमा तीब्र रुपले बढ्दै कोरोना , एकै दिन ४० हजार भन्दा बढि मानिसमा संक्रमण

    एजेन्सी / पछिल्लो २४ घन्टामा चीनमा ४० हजार भन्दा बढि मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारको कोभिड सम्बन्धी कडा नीतिका बाबजुद सङ्क्रमितको संख्या ह्वात्तै बढेको हो । उनीहरूमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षण विहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको हो । चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या तीब्र ढंगले बढिरहेको छ ।  कोभिड निषेधाज्ञा सुरु भएपछि राजधानी बेइजिङ र वित्तीय हब सांघाइमा जम्मा भएका सयौँ प्रदर्शनकारीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेका छन् । 

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 78 पटक पढिएको
  • कतार विश्वकप : आज हुने चार खेलमा जितको खोजीमा छन् यी टिम

    एजेस्सी / कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा सोमबार समूह चरण अन्तर्गत समूह जी र समूह एच का दुई दुई खेलहरू हुनेछन् । पहिलो खेलमा समूह जी मा रहेको क्यामरुन र सर्बिया बीच प्रतिस्पर्धा हुँदैछ । क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा अल जानौबी स्टेडियममा उत्रँदै छन् । दोस्रो खेलमा समूह एच को दक्षिण कोरिया र घाना बीच प्रतिस्पर्धा हुँदैछ । घाना र दक्षिण कोरिया पहिलो जित निकाल्न एजुकेसन सिटी स्टेडियममा खेल्दै छन् । यसैगरी विश्वकप अन्तर्गत नै सोमबार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा ब्राजिलले सर्बिया

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 105 पटक पढिएको
  • दोलखाका १० वटा मतदान केन्द्रमा पुनः निर्वाचन हुने

    झापा / दोलखाका १० वटा मतदान केन्द्रमा पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो ।  मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार यही मंसिर १५ गते निर्वाचन हुने भएको हो । निर्वाचन आयोगले दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निकालेपछि ती केन्द्रहरूमा पुनः मतदान गराउन लागिएको हो ।

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 55 पटक पढिएको
  • ५० वर्ष माथिकै वर्चश्व

    काठमाडौँ / प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ । १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा ४० भन्दा कम उमेर समूहका निर्वाचित सदस्यहरू आठ जना मात्र रहेका छन् । ३० भन्दा कम उमेर समूहका दुई जनामा छन् । अहिलेसम्म प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम कम उमेरकी निर्वाचित सदस्य छिन् । उमेर समूहमा सबैभन्दा बढी ५० देखि ६० वर्षका ५९ जना निर्वाचित भइसकेका छन् । ५० भन्दा तल उमेर समूहका ३८ जनाको प्रतिनिधित्व प्रत्यक्षतर्फबाट हुने देखिएको छ । आइतबार साँझसम्म सार्वजनिक भएको १५६ क्षेत्रको परिणामअनुसार ३० वर्षभन्दा कम उमेर सम

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 57 पटक पढिएको
  • श्रोत नखुलेको १३ लाख सहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ

    काठमाडौं / प्रहरीले श्रोत नखुलेको नगद १३ लाख रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका अकबाल अली रहेका छन् । उनलाई काठमाडौं महानगरपालिका- ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फबाट श्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नगद १३ लाख ८९ हजार रुपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । बुद्ध एयरको उडानद्वारा विराटनगर आउन लागेको अवस्थामा विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ४ सय ८४ थान र ५ सय दरको १ हजार ८ सय १० थान समेत गरी जम्मा १३ लाख ८९ हजार रुपैयाँ नगद सहित फेला पारी उनलाई  पक्राउ गरेको हो । यस सम्बन्धमा प्

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 65 पटक पढिएको
  • कांग्रेसका सुनील शर्मा र एमालेका भानुभक्त ढकालसँग भिडेकी रेखाले कति मत ल्याइन

    झापा / राप्रपाबाट प्रतिनिधि सभामा उम्मेदवार दिएकी रेखा थापा तेस्रो भएकी छन् ।  मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट नायिका थापाले १० हजार ९९८ मत ल्याएर तेस्रो भएकी हुन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका सुनील शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । शर्माको भन्दा थापाले ३७ हजार ६३३ मतान्तर रहेको थियो ।  शर्मा  विराटनगरको नोबेल शिक्षण अस्पताल र काठमाडौं शिक्षण अस्पतालका सञ्चालक हुन् । निर्वाचन आयोगको तथ्याङ्कका अनुसार शर्माले ४८ हजार ६३१ मत प्राप्त गरेका छन् । शर्माका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गरेका थिए ।  

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 97 पटक पढिएको
  • मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तेह्रथुममा एक जनाको मृत्यु

    झापा / मोटरसाइकल दुर्घटनामा परि तेह्रथुममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फेदाप गाउँपालिका वडानम्बर- २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्रबहादुर लिम्बू रहेका छन् । शनिबार साँझ २१ प ४२२८ नम्बरको मोटरसाइकलमा सवार उनी म्याङलुङबाट घर फर्कने क्रममा म्याङलुङ स्थित दशगते पार्कमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोकिदा उनको मृत्यु भएको तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिए । घाइते भएका उनलाई उपचारका लागि धरान लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 73 पटक पढिएको
  • साइबर क्राइम मुद्दामा रेडियो नेपालका पत्रकार पक्राउ

    उदयपुर /  रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राई साइबर क्राइम मुद्दामा पक्राउ परेका छन । एक महिलाको व्यक्तिगत सम्बन्धको बारेमा सामाग्री बनाई युट्युबमा लगायत सामाजिक सञ्जालमा हालेको अभियोगमा राईलाई उदयपुर प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।पीडित महिलाको उजुरी तथा काठमाण्डु जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीको आधारमा राईलाई पक्राउ गरिएको उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयलले जानकारी दिए ।एसपी फुयलका अनुसार राईले गत साउनमा आफ्नो युट्युब च्यानलबाट एक महिलाको चरित्र हत्या र सामाजिक नैतिकता विरुद्धको कार्य गरेको भनी दिएको उजुरीको आधारमा पक्राउ गरि साइबर व्यूरो काठमाण्डौ पठ

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 86 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.