काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ ।च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचार र सुन तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाएका हुन् ।साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए । संसदमा प्रतिपक्षी सांसदहरूलाई आफ्नो कुरा राख्न सत्तारुढ सांसदहरू उठेर अवरोध गरेको आरोप लगाए ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा दैनिक सय किलो अवैध सुन भित्रिरहेको बताएका छन्।
काठमाडौं । प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ ।पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द छन् ।तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ । अन्तर्राष्ट्रिय उडान जारी छ ।
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले नेपालको अर्थतन्त्र बर्माबाट भागेर आएका मारवाडीहरुको हातमा पुगेको र देश खोक्रो बनाएको आरोप लगाएका छन् । उनकाअनुसार मारवाडी समुदाय १९८५ सालमा बर्माबाट भागेर नेपाल पशेका हुन् । ती मारवाडी नेपाल प्रवेश गरेको ४५ वर्ष भएको र अहिले उनीहरुको हातमा नेपालको अर्थतन्त्र पुगेको उनको दाबी छ ।ऋषि धमलासँगको कुराकानी प्रसाईले ४५ वर्षअघि सोहनलाल गोल्यानसहितका १६ परिवार बर्मा सरकारले आर्थिक अनियमतिता गरेको आरोपमा देश निकाला गरेपछि भागेर नेपाल आएको सुनाए । प्रसाईका अनुसार बर्माबाट लेखेटिएका मारवाडीहरु मोती दुगड, नन्दु मुन्दडा, राजु मुन्दडा, पवन सरिया, स
काठमाण्डौ । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालसहितका निर्माण व्यवसायीहरु पक्राउ परेका छन् । आन्दोलनरत उनीहरु आज बिहान सिँचाई विभागका महानिर्देशकको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका बेला पक्राउ परेका हुन् ।जावलाखेलस्थित सिँचाई विभागको कार्यालयबाट महासचिव दाहालसहित केही निर्माण व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको हो । काम गरेको भूक्तानी पाउनुपर्ने, सबै आयोजनाहरुको एकमुष्ठ म्याद थप हुनुपर्ने लगायतका मागसहित आन्दोलनरत निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलन स्वरुप सिँचाई विभागका महानिर्देशक र सडक विभागका महानिर्देशकको कार्यकक्षमा ताला लगाउने कार्यक्रम घोषणा गरेको थियो ।उनीहर
काठमाण्डौ । हेटौंडाबाट काठमाडौं जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरूद्ध भएका छन्। गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौंडा-भैंसे-भीमफेदी सडक खण्ड पहिरोको कारण अवरूद्ध भएको हो।भीमफेदी-२ भैंसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरूद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै, कुलेखानी-सिस्नेरी-काठमाडौं सडक खण्डमा पनि पहिरो खसेपछि अवरूद्ध भएको छ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौं सडक खण्डमा पहिरो खस्दा बाटो अवरूद्ध भएको हो। त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी-९ लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरूद्ध भएको जनाइएको छ।अविरल वर्
काठमाण्डौ । सर्लाहीको हरिवन–४ स्थित लखन्देही पुलमुनि बिहीबार बिहान टाउको फेला परेका युवकको शरीर दुई दिनपछि झन्डै ७ किलोमिटर परको जंगलमा फेला परेको छ ।टाउकोबाट अलग्गिएको युवकको शरीर शनिबार साँझ लालबन्दी नगरपालिका–१७ स्थित कालिन्जोर जंगलमा फेला परेको हो । पूर्व–पश्चिम राजमार्गबाट करिब २५ मिटर दक्षिणबाट युवकको शव फेला परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले जंगलमा टाउको नभएको फेला परेको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको बताए ।टाउको फेला परेपछि शव खोज्नका लागि यस क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो ।टाउको सहितको शव भने भारतको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई फिर्ता बोलाएर दुई सांसदलाई मन्त्री नियुक्त गर्न लागेका हुन्।बालुवाटार स्रोतको अनुसार प्रधानमन्त्री प्रचण्डले हितबहादुर तामाङ र जनमत पार्टीकी सांसद अनितादेवी साहलाई प्रचण्डले मन्त्री नियुक्त गर्न लागेका हुन्। तामाङ नुवाकोट–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने साह जनमत पार्टीबाट समानुपातिक सांसद हुन् ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई फिर्ता बोलाएर नयाँ दुई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्र
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो १२ः४५ बजे सुन प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।अध्यक्ष केपी शर्मा ओली पार्टीको धारणा सार्वजनिक गर्नेछन् ।
काठमाडौं। ब्रेक शु र भेपभित्रको सुनको कनेक्सन हुनसक्ने केही आधारहरू देखिएपछि प्रहरीले दुवै घटनालाई राखेर अनुसन्धान गरिरहेको छ। गत पुस १० गते फ्लाई दुबईबाट चिनियाँ नागरिकले २ वटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप (इलेक्ट्रिक चुरोट) ल्याएका थिए। विदेशबाट विद्युतीय चुरोट (भेप) भित्र ल्याएको सुन प्रकरणमा समातिएकामध्ये ५ जनालाई पुर्पक्षका लागि थुनामा छन् ।जिल्ला अदालत काठमाडौंको आदेशमा ५ जनालाई कारागार चलान गरिएको हो। प्रहरीले त्रिभुवन भन्सार कार्यालयका नासु रेवन्त खड्का, सुरक्षा गार्ड निर्मल विक, अमृत कार्की र भन्सार एजेन्ट दिनेश बस्नेत तथा व्यापारी साहेब राव पाङ्डुरङ मरग र वेदप्रसाद अग्रवालल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पाकिस्तानमा जस्तै प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । शनिबार गुरु लुइँटेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले सरकारको विरोधमा बोल्नेहरुलाई अनेक बहानामा दु:ख दिएको बताएका हुन् ।उनले सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै आधारमा सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको मुद्दामा पक्राउ गरेको आरोप लगाए । ‘कोही बोल्यो भने कुनै नामको एउटा मुद्दा, युवा हुँदा पढेको मुद्दा बुढो हुँदा निकालेर । युवा हुँदा पढेको आईएससीको सर्टिफिकेट मामिला निकालेर छानबिन गरे हुन्थ्यो नि पहिले ह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.