समाचार

    Showing 19,751-19,760 of 26,731 items.
  • आँबुखैरेनीमा पहिरो जादा पृथ्वी राजमार्ग अवरूद्ध

    काठमाण्डौ  ।   तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ।शनिबार साँझ साढे ६ बजे आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वी राजमार्गमा पहिरो खसेर अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए।उनका अनुसार अहिले सडक पूर्ण रूपमा अवरूद्ध छ। पहिरो हटाउन स्थानीय पालिका तथा सडक डिभिजन कार्यालय तनहुँसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 218 पटक पढिएको
  • युथ क्लवको आयोजनामा भद्रपुरमा २३औ अन्तराष्ट्रिय युवा दिवस मनाइयो

    भद्रपुर  ।  दिगो विकासको लक्ष्यमा युवाको साथ भन्ने मुल नाराका साथ  २३औ अन्तराष्ट्रिय युवा दिवसका अवसरमा भद्रपुर नगरपालिका युथ क्लवको आयोजनामा भद्रपुर न पा -२ सगरमाथा चोकबाट ऐ ऐ -६ स्थित  भद्रपुर नगरपालिकाको कार्यालय सम्म खुल्ला  भद्रपुर युथ मिनी म्याराथुन  बिहान ८:०० बजेदेखि ९:३० बजेसम्म भद्रपुर न पा प्रमुखको गणेश पोखरेलको अध्यक्षतामा करिब ८६/ ८७जनाको सहभागितामा शुरु भएको थियो।  उक्त मिनी  म्याराथनमा  सहभागी भएका विभिन्न उमेर समुहका व्यक्तिहरु मध्ये  १६-४० उमेर समुहका व्यक्तिहरुलाई प्रतिस्पर्धिको रुपमा लिई प्रथमा दितिय , तृतिय, र सान्तवना

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 189 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  आज ७ वटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान् छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले देशभर सामान्य देखि पुर्ण बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी  प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै साथै  मधेश प्रदेशको एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 260 पटक पढिएको
  • सशस्त्र प्रहरीद्वारा भन्सार छलेर ल्याइएका कपडा बरामद

    काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्का ज्वालामाई गण भालुवाङले भन्सार छलेर ल्याइएका कपडा बरामद गरेको छ । राप्ती गाउँपालिका वडा १ ठेहेरी खोलामा गणको नवराज खत्रीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले सो कपडा बरामद गरेको हो ।पूर्व–पश्चिम लोकमार्गस्थित पोखराबाट तुलसीपुरतर्फ जाँदैगरेको ग १ ख ९८७० नम्बरको बसबाट १२ लाख २३ हजार आठसय ९० रुपियाँ बराबरको अवैध कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २९ हेक्का ज्वालामाई गण भालुवाङका प्रमुख गोपाल श्रेष्ठले जानकारी दिए ।अवैध रूपमा भन्सार छली लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाका आधारमा सामान बरामद गरिएको थियो । बरामद सामानमा पाइन्ट सुट

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 145 पटक पढिएको
  • सरकारद्वारा राष्ट्रिय साइबर सुरक्षा कडा नीति अवलम्बन

    काठमाडौं । सरकारले सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्ने नीति लिएको छ ।यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय साइबर सुरक्षा नीति २०८०’ लाई स्वीकृत गरेको थियो ।उक्त नीतिको रणनीति १० मा राष्ट्रिय सुरक्षामा आँच पुऱ्याउने, घृणा वा द्वेष फैलाउने, अनलाइन उत्पीडन र साइबर बुलिङ गर्ने, सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुऱ्याउने, अश्लिलता फैलाउने किसिमका डिजिटल सामग्रीको सम्प्रेषणलाई निषेध गर्ने उल्लेख छ ।

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 119 पटक पढिएको
  • उत्कृष्ट कार्य गर्ने २ जिल्ला प्रहरी कार्यालयलाई प्रशंसा-पत्रद्वारा सम्मान

    बिराटनगर  ।  कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले उत्कृष्ट कार्य गर्ने २ वटा जिल्ला प्रहरी कार्यालयलाई प्रशंसा-पत्रद्वारा सम्मान गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई “उत्कृष्ट जिल्ला प्रहरी कार्यालय” को प्रशंसा- पत्र प्रदान गरिएको हो ।  आर्थिक बर्ष २०७९/०८० का लागि गरिएको कार्य सम्पादन सम्झौता अनुसार कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालयहरु मध्येबाट सर्वोत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी नायव उपरीक्षक कार्यालय प्रमुख रहने कार्यालयहरु मध

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 254 पटक पढिएको
  • जनमत पार्टी सरकारमा सहभागी हुने

    काठमाण्डौ  ।  सिके राउत नेतृत्वको जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। प्रधानमन्त्री र जनमत निकट स्रोतका अनुसार पार्टी आइतबार सरकारमा सहभागी हुने भएको हो।गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो। जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए। जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो। दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो।सरकार छाडेको करिब चार महिनापछि जनमत फेरि सरकारमा सहभागी हुन लागेको हो। स्रोतका अनुसार जनमत पार्टीले संघी

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 178 पटक पढिएको
  • सशस्त्रले निकाल्यो ३८७१ जना जवानको सहायक हवल्दारमा बढुवा सिफारिस

    काठमाडौैं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक हवल्दारका लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको सहायक हवल्दार पदका लागि ३ हजार ८ सय ७१  जनाको सिफारिस गरेको हो ।सशस्त्रका अनुसार सिफारिस भएका ३८७१ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा  हुँदै गइरहेकाे छ । यसपटकको बढुवा सम्भवतः एपीएफकै इतिहासमा एकैपटक सबैभन्दा बढुवा भएको हो ।सूचीः

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 254 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थान

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 183 पटक पढिएको
  • डिजेल चोरेर बेच्ने नेपाल आयल निगमका गण्डकी प्रदेश प्रमुख दास सम्पर्कविहीन

    गण्डकी  ।  कास्की जिल्ला प्रशासन कार्यालयले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरेर बेच्नका लागि लगिरहेको ट्यांकर बिहीबार नियन्त्रणमा लियो। जिप्रकाले ट्यांकर नियन्त्रणमा लिएपछि डिजेल चोरीको आरोपमा छानबिनमा पर्ने भएपछि निगमका प्रादेशिक प्रमुख चित्तरञ्जन दास सम्पर्कविहीन भएका छन्। पोखरा महानगरको गगनगौंडास्थित निगमको डिपोबाट डिजेल लोड गरेर पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग २ ख ८३६ नम्बरको ट्यांकर जिप्रकाले नियन्त्रणमा लिएको हो। कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले ट्यांकर नियन्त्रण लिन आदेश दिएका हुन्।नियन्त्रणमा लिइएको ट्याङ्कर डाँडाकोनाक प्रहरी चौ

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 242 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.