समाचार

    Showing 19,761-19,770 of 26,731 items.
  • सांसद सुनिल शर्मा रिहा हुँदै, थुनामा राख्नुपर्ने कारण देखिएन

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा रिहा हुने भएका छन् । उनलाई थुनामा राख्नुपर्ने कारण नदेखिएको भन्दै रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको हो ।सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो ।उनीमाथि यसअघि नै सफाइ पाइसकेको शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोग ब्युँताउँदै सीआईबीले बिनापूर्जी पक्राउ गरेकाे थियाे । उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्दै सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत शुक्रबार अदालतमा उपस्थित गराइएको थियो ।

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 166 पटक पढिएको
  • सौर्य एयरलाइन्सले तीन एटिआर जहाज ल्याउँदै

    काठमाडौं  । दुईथान जेट इन्जिन जहाजबाट आन्तरिक उडान गर्दै आएको सौर्य एयरलाइन्सले अब एकै पटक तीनथान एटिआर जहाज ल्याउने भएको छ। आगामी ६ महिनाभित्र ७२ सिट क्षमतायुक्त तीन एटिआर जहाज ल्याउने गरी आवश्यक तयारी पूरा भएको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जानकारी दिएका छन।जेट जहाजमार्फत उडान गर्दा खर्च धेरै भएकाले केही समय अघिदेखि एटिआर जहाज खरिद गर्ने तयारी थालेको पोखरेलले  भनेका छन लगानीकर्तामध्ये एक भारतको कुवेर ग्रुपसँग ६ महिनाभित्र एटिआर जहाज ल्याउने गरी सम्झौता गरेर फर्किएका पोख्रेलले जानकारी दिएका छन। जेट जहाजमार्फत उडान गर्दा यात्रुलाई सहज भए पनि खर्च धान्न मुस्किल भएपछि साझेदार

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 769 पटक पढिएको
  • अमेरिकाको हवाईमा डढेलो लाग्दा ५३ जनाको मृत्यु आगो नियन्त्रणको प्रयास जारी

    एजेन्शी  ।  अमेरिकाको हवाईमा डढेलो लाग्दा ५३ ले ज्यान गुमाएका छन । हवाईको मउई शहरसम्म डढेलो फैलिएपछि बस्तीका ५३ जनाको मृत्यु भएको हो । डढेलो सँगै सयौं घर जलेर नष्ट भएका छन् भने तीव्र हावाका कारण लागेको डढेलो नियन्त्रण बाहिर गएपछि हजारौँ अग्नि नियन्त्रक र हेलिकप्टर परिचालन गरिएको छ तर पनि अझै नियन्त्रणमा आउन सकेको छैन,  हजारौँ विस्थापित नागरिक बिस्थापित भएका छन।डढेलोले हजारौँ हेक्टर जंगल जलेर नष्ट भएको छ भने हाल हवाईमा आपतकाल घोसणा गरिएको छ। 

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 172 पटक पढिएको
  • आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौं  ।   आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरण सबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । उता,

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 156 पटक पढिएको
  • विपद्‌बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

    काठमाण्डौ  ।  गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । एकतीस जना बेपत्ता छन् ।ती जिल्लामा विपद्बाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए । उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् ।यस्तै बेपत्ता हुनेहरु छ जिल्लाका छन् । सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 220 पटक पढिएको
  • कांग्रेस संसदीय दलको बैठक आज बस्दै

    काठमाडौं  । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ। बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने ? नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकले बताए। आजको बैठकमा छलफल गर्ने एजेण्डाबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बिहीवार दिउँस

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 200 पटक पढिएको
  • खोलामा डुबेर दुई बालबालिकाका मृत्यु

    बिर्तमोड   ।    झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा रहेको सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रिजालका अनुसार विजय भुजेलकी चार वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीका तीन वर्षीय छोरा कुमार जोगीको डुबेर मृत्यु भएको हो ।घर नजिकै रहेको बेघेखोलामा उनीहरु डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गर्दै अस्पताल पुर्याइएका थिए । उनीहरूमध्ये एक जनाको अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको र एक जनाको बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारम

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 176 पटक पढिएको
  • टल्कने ढुङ्गा क्वार्ज क्रिष्टल भएको भूगर्भ विभागको पुष्टि

    गोरखा । गोरखा नगरपालिका–७, सतिपिपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ ।विभागबाट गोरखा आएको भूगर्भविद्को टोलीले दुईदिन लगाएर गरेको परीक्षणबाट उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टि गरेको हो । ढुङ्गाको परीक्षण गरी विभागको टोलीले जिल्ला प्रशासन कार्यालय गोरखालाई परीक्षण प्रतिवदेन बुझाएको भूगर्भविद् डा सुस्मिता भण्डारीले जानकारी दिए ।“परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) भएको पाइयो, उन भने, “संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 131 पटक पढिएको
  • सभापति देउवा र अर्थमन्त्री महत मिलेर सांसद शर्मालाई फसाए : दुर्गा प्रसाई

    काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले सांसद सुनिल शर्मालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फसाएको आरोप लगाएका छन् ।२०८० साउन २५ गते बिहीबार सुनिल शर्मा पक्राउ परेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थ मन्त्री प्रकाश शरण महतले नियोजित रुपमै शर्मालाई फसाएको आरोप लगाएका हुन् ।उनले भने,‘ सुनिल शर्मालाई फसाउँने शेरबहादुर देउवा पनि मिल्नुभएको छ । अर्थ मन्त्रीको पूरा हात छ । म अर्थमन्त्रीलाई के भन्छु भने सुनिल शर्माको मुख थुनेर केहि हुनेवाला छैन् । मिन बहादुर जस्ता दुर्गा प्रसाई जस्ता मानीसहरु धेरै छन् ।’उनले मारवारीसँग सहकार्य गरेर तस्करी गर्ने र नेपाली

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 415 पटक पढिएको
  • सर्लाहीमा युवकको हत्या - टाउको भेटियो, शरीर खोज्दै प्रहरी

    मधेश प्रदेस । सर्लाहीमा एक युवकको हत्या भएको छ । शरीरबाट अलग गरेको अवस्थामा युवकको टाउको मात्र फेला परेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित लखन्देही खोला किनारमा बिहीबार बिहान करिब ८ बजे शरीर बिनाको टाउको मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए ।‘घाँटीमा धारिलो हतियारले काटेर छिनाएको अवस्थामा टाउको मात्रै फेला परेको छ । हामी त्यो टाउकोबाट छुट्याइएको शरीर खोजिरहेका छौँ’, डीएसपी पञ्जियारले भने, ‘जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हरिवनबाट गएको प्रहरी टोलीले अहिले घटनाको प्रकृति मुचुल्का तयार ग

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 210 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.