समाचार

    Showing 19,771-19,780 of 26,731 items.
  • प्रहरीद्वारा भन्सार छलीका साढे ४ लाखको चकलेट बरामद

    मधेश प्रदेश   ।   भारतबाट भन्सार छली चोरी पैठारी गरी भित्रयाईएको विभिन्न ब्रांडका चकलेट पर्सा प्रहरीले बरामद गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरञ्ज महानगरपालिका वडा नं.७ कुम्हालटोल स्थितमा एक घरमा कोठा भाडामा लिई अनाधिकृतरूपमा भण्डारण गरेको ७४ कार्टुन विभिन्न ब्रांडका चकलेट बरामद भएको पर्साका प्रहरीले जानकरी दिएको छ।चकलेटको बजार मुल्य ४ लाख ४९ हजार ४० रूपैया रहेको पर्सा प्रहरीले जनाएको छ । बरामद चक्लेटहरूलाई  थप अनुसन्धान तथा कारवाहीको लागी  वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जन

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 213 पटक पढिएको
  • सशस्त्र प्रहरीमा डिएसपी बढुवाका लागि नाम सिफारिस

    काठमाडौं । सशस्त्र प्रहरी बलले प्राविधिकतर्फ सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) का लागि बढुवा सिफारिस गरेको छ ।सशस्त्र प्रहरीका अनुसार प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फको प्राविधिक डिएसपीका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।उक्त सिफारिस उपर सात दिनभित्र उजुरी दिन सकिने समेत जनाइएको छ । बढुवा सिफारिस हुनेमा ई. सुशील थापा, जीवन राई र सुरज भट्ट छन् ।

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 290 पटक पढिएको
  • सशस्त्र प्रहरीका ८२ जना वरिष्ठ हवल्दार असईमा बढुवामा सिफारीस

    काठमाण्डौ । सशस्त्र प्रहरी बल, नेपालले आफ्ना ८२ जना वरिष्ठ हवल्दारहरुलाई सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफरीस गरेको छ ।सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ङ) बमोजिम बढुवा समितिको बुधबार राती बसेको बढुवा समितिले उनीहरुलाई बढुवा सिफारीस गरेको हो ।समितिले बढुवा सिफारीस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ हवल्दारहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए वमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने जनाएको छ ।

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 215 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल नेपालको मौसममा विहारको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको छ। जसको प्रधावले लुम्बिनी तथा सदूर पश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।राति भने कोश

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 216 पटक पढिएको
  • तस्करी र आर्थिक अपराधमा सन्लग्न मारवाडीहरु भागाभाग

    काठमाडौं । नेपालको अर्थतन्त्रमा बलियो संरचना र सञ्जाल बनाएको मारवाडी समुदाय यतिबेला कामठाडौंमा कोलाहलमा छन् । लामो समयदेखि नेपालको व्यापारमा एकछत्र राज चलाउँदै आएका मारवाडी समुदाय तस्करीका विभिन्न मुद्दामा पनि जोडिने गरेका छन् । विचौलिया र तस्करी प्रकरणमा मुछिने गरेका उनीहरु नेपाली र भारतीय दोहोरो नागरिकताका कारण जोगिने गरेका छन् ।ललिता निवासको जग्गा कीर्ते र लिएका मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल नै यतिबेला फरार रहेका छन् । उनी १८ रोपनी भन्दा धेरै जग्गा कीर्ते गरेर लिएको आरोप लागिरहेको छ । दाजु कैलाशचन्द्र गोयलमात्र होइन, भाई श्रवण गोयल र आफन्तहरु देवान्सी गोयल र निर्मलादेवी

    • प्रकाशित मितिः साउन २५, २०८०
    • 335 पटक पढिएको
  • प्रमाणपत्र प्रकरणमा पाँचजना चिकित्सक पक्राउ

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तर्गत  चारजना चिकित्सक पक्राउ परेका हुन् ।सीआईबीका अनुसार पक्राउ पर्नेमा डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन् । अमृत चौधरी त्रिवि शिक्षण अस्पतालका डाक्टर हुन् भने सुनिल बाहेकका अन्य पनि विभिन्न अस्पतालमा कार्यरत थिए ।यसअघि आज दिउँसो सिआइबीको टोलीले काठमाडौँको गोल्फुटारबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । हालसम्म सांसद शर्मासहित पाँचजना पक्राउ परिसकेका छन् ।

    • प्रकाशित मितिः साउन २५, २०८०
    • 118 पटक पढिएको
  • सशस्त्र प्रहरीका ७३ सई इन्स्पेक्टरमा बढुवा सिफारिस

    काठमाडौं । ७३ जना सशस्त्र प्रहरी नायव निरीक्षक (सई) लाई सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस गरिएको छ ।सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको बिहीबार बसेको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । शसस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (ग) बमोजिम उनीहरूलाई बढुवा गरिएको बढुवा समितिले जनाएको छ ।बढुवा सूची राजकुमार श्रेष्ठ, डिलाराम फूल्जेल, कमल के.सी., वीरवहादुर वड, आसकुमार कुमाल लगायत ७३ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो ।बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब निरीक्षकहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए वम

    • प्रकाशित मितिः साउन २५, २०८०
    • 130 पटक पढिएको
  • नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी श्रेष्ठको घरमा आगलागी

    काठमाडौं । काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी रहेको राकेश श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार कपडा र भाँडाकुँडा राखिएको ठाउँमा आगलागी भएको हो । बिहीबार राति सुरु भएको आगलागी निभाउन काठमाडौं महानगरपालिका, ललितपुर महागरपालिकालगायतका दमकल पुगेका छन् । दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । क्षतीको विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः साउन २५, २०८०
    • 121 पटक पढिएको
  • सांसद सुनिल शर्मा पक्राउ, सीआईबीले संघीय संसद सचिवालयलाई गरायो जानकारी

    काठमाडौं ।   सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शर्मालाई निवासबाटै  पक्राउ गरेको हो।सांसद शर्माले केही दिनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न माग गरेका थिए।शर्मा मोरङ- ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । सांसद शर्माले साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका थिए। नेपा

    • प्रकाशित मितिः साउन २५, २०८०
    • 220 पटक पढिएको
  • काठमाडौंमा शाह माथि खुकुरी प्रहार

    काठमाडौं   ।  काठमाडौंमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको छ। बुधबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका-४ चण्डोल चोकमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।उनका अनुसार त्यहाँ दुई पक्षबीच झगडा भएको थियो। त्यसैबीच एक जनाले कैलाली, टीकापुरका चक्र शाहमाथि खुकुरी प्रहार गरेको एसपी ढुंगेलले बताए। शाहमाथि खुकुरी प्रहार गरेपछि आक्रमण गर्ने पुरूष फरार भएका थिए।शाहको टाउको र खुट्टामा चोट लागेको छ। उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।प्रहरीले यस प्रकरणमा संलग्न रहेको

    • प्रकाशित मितिः साउन २५, २०८०
    • 259 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.