समाचार

    Showing 19,781-19,790 of 26,731 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार  हाल देशभर आंशिक देखी सामान्य बदली रही लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।राति देशभर सामा

    • प्रकाशित मितिः साउन २५, २०८०
    • 206 पटक पढिएको
  • दारी ग्याङ झापाको आयोजनामा बुद्धशान्ति गाउँपालिकामा रक्तदान

    झापा  |  दारी ग्याङ झापाको आयोजनामा झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे तल्लो चोक मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको समन्वयमा आयोजित कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ।उद्घाटन सत्रमा दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको विशिष्ट आतिथ्य ,बुद्धशान्ति वडा न:१ का अध्यक्ष अनिल वाग्ले,वडा न:५ का अध्यक्ष डेगेन्द्र कार्की

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 263 पटक पढिएको
  • १६ वर्षीया किशोरीलाई जिस्क्याएको भन्दै कुटपिट हुँदा युवकको मृत्यु

    काठमाडौँ / पर्समा १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा पर्सागढी नगरपालिका- ४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको छ । उक्त कुटपिट तथा झै- झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अंसारीलाई प्रहरीले पक्राउ गरेको छ । उक्त विषयमा वकिल महमद अन्सारी र अली महमद अंसारीबीच शनिबार राति झै- झगडा तथा कुटपिट भएको अवस्थामा अबतुल्लाह मिया अन्सारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको नारायणी अस्पताल वीरगन्ज हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रमम

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 169 पटक पढिएको
  • आगलागीबाट पाँचथरमा एक महिलाको मृत्यु

    झापा / पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँमा आगलागीमा परेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय गोविन्द राईकी ५५ वर्षीया श्रीमती सरिता राई रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान साढे सात बजे श्रीमान् र छोरा खेतमा गएको अवस्थामा आगलागी भएको थियो । फुसको छानो भएको भान्छाघरमा आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 223 पटक पढिएको
  • एमालेको अवरोधले आज पनि प्रतिनिधि सभा बैठक स्थगित

    काठमाडौं / प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि आजको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । एमाले सांसदहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै पटक पटक प्रतिनिधि सभा बैठक स्थगित गर्दै आएका छन् । उनीहरूले उच्चस्तरीय छानबिन समिति माग गर्दै नाराबाजी र वेल घेराउ गरेका थिए । एमाले सांसद सूर्य थापाले सुन प्रकरण छानबिनबारे गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएकोले संसद बैठक चल्न नसक्ने बताए । सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । तर एमाले सांसदहरूले नाराबाजी जारी राखेपछि बैठक स्थगित भएको छ । सभामुख घिमिरेले साउन २६ गते शुक्रबार दि

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 272 पटक पढिएको
  • झापामा ३० हजार गाईभैँसीलाई लगाइयो लम्पी स्किनविरुद्धको खोप

    बिर्तामोड / झापाका चारवटा पालिकामा लम्पी स्किन रोगविरुद्ध पशुचौपायालाई खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा रोगको सङ्क्रमण फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका लम्पी स्किन रोगका फोकल पर्सन गणेश भट्टराईका अनुसार झापामा हालसम्म लगभग ३० हजार पशुलाई खोप लगाइएको छ । किसानका निजी गोठ र व्यावसायिकरूपमा सञ्चालित फार्ममा पालिएका गाई तथा भैँसीमा खोप लगाइएको हो ।खोप लगाउन सुरु गरिएका पालिकामा बिर्तामोड, गौरादह, मेचीनगर र अर्जुनधारा हुन् । पालिकैपिच्छे खोपमा किसानको साझेदारी फरक किसिमको छ । झापामा हालसम्म यो रोगबाट २० हजार चार सय २७ पशु सङ्क्रमित भएका छन् भने सा

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 158 पटक पढिएको
  • सङ्खुवासभा कारागारमा रहेका २ कैदीको शंकास्पद मृत्यु

    काठमाडौं / जिल्ला कारागार सङ्खुवासभामा दुई कैदीबन्दीको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र सङ्खुवासभाको मादी घर भएका बिनोद तोलांगी रहेका रहेका छन् । तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए । आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । एक वर्षदेखि जिल्ला कारागारमा सजाय काटिरहेका उनीहरु आज बिहान करिब दुई बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले बाहिर निस्किएका थिए । ड्युटीमा खटिएका प्रहरीले देखेपछि उ

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 347 पटक पढिएको
  • अश्लील हर्कत गर्ने डमरुको ठाँउमा गणेशराज कार्की आउने

    काठमाडौँ /  युवतीसँगको  अश्लील क्रियाकलाप सामाजिक सञ्जालमार्फत बाहिरिएपछि विवादमा तानिएका दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाको ठाउँमा गणेशराज कार्की आउने भएका छन् । कार्की तारकेश्वर नगरपालिका काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत हुन् । विवादित निरौलालाई भने सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएको छ । 

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 180 पटक पढिएको
  • माओवादी केन्द्रको प्रवक्तामा पूर्वसभामुख अग्नि सापकोटा

    काठमाडौँ / पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आज बुधबारदेखि नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन् । राजधानीमा सम्पन्न केन्द्रीय कमिटीको बैठकसँगै पार्टी प्रवक्ताको जिम्मेवारीमा पुगेका सापकोटाले आजबाट जिम्मेवारी सम्हाल्न लागेका हुन् ।माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले प्रवक्ताको जिम्मेवारी सम्हालेसँगै उनले मुलुकको पछिल्लो राजनीतिक अवस्थासहितका विषयमा पार्टीको धारणा स्पष्ट पार्ने जनाइएको छ । त्यसका लागि दिउँसो १ बजे सापकोटाले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरेका छन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा अर्का उपाध्यक्ष कृष्णबहादुर

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 98 पटक पढिएको
  • ढुवानीका क्रममा हरायो टेलिकमका १० लाख मूल्य बराबरको रिचार्ज कार्ड

    काठमाडौँ  / नेपाल टेलिकमले दश लाख मूल्य बराबरको रिचार्ज कार्ड हराएको छ । टेलिकमले गोरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । टेलिकमका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन । टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सूचना जारी गरेको हो । 

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 101 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.