समाचार

    Showing 19,801-19,810 of 26,731 items.
  • १५७ किलो गाँजासहित ७ जना पक्राउ

    काठमाडौँ / प्रहरीले १५७ किलो अवैध लागू औषध गाँजासहित बाराबाट ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका -१ का ३९ वर्षीय रोशन नेगी, भिमफेदी गाउँपालिका -९ का ३० वर्षीय मुकेश लामा, जीतपुरसिमरा उपमहानगरपालिका -२२ का ३३ वर्षीय बुद्ध पाख्रिन, भारत मोतिहारीका २३ वर्षीय जमालुद्धिन खान, १८ वर्षीय देव कुमार , ३५ वर्षिय जागिरद्धिन मियाँ, भारत बहराईजका २६ वर्षीय अहमद भाट रहेका छन् । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ जीतपुरसिमरा वडा नं -२२ स्थित अमलेखगंजको जंगलबाट गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो । गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरी नायब उप

    • प्रकाशित मितिः साउन २३, २०८०
    • 200 पटक पढिएको
  • पहिरोले घर पुरिँदा मकवानपुरमा १ जनाको मृत्यु, ६ बेपत्ता

    काठमाडौं / अविरल बर्षासँगै आएको पहिरोले घर पुरिँदा मकवानपुरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका सिक्रेनीका रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी छ । घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।

    • प्रकाशित मितिः साउन २३, २०८०
    • 185 पटक पढिएको
  • बाढीमा फसेका ८ जनाको सकुशल उद्धार

    झापा / नेपाल प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुले बाढीमा फसेका ८ जनाको सकुशल उद्धार गरेका छन् । कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीहरूले उद्धार गरेका हुन् । अविरल वर्षापछि सोमबार राति गोदावरी नदीमा आएको बाढीमा फसेका ५ पुरुष र एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । राति करिब साढे १० बजे बाढीमा फसेको खबर आएपछि उनीहरूलाई उद्धार गरेर ११ बजेतिर सुरक्षित स्थानमा पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक रबिन्द्र सिंह कार्कीले जानकारी दिए ।यस्तै स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका दुई महिलाको गए रा

    • प्रकाशित मितिः साउन २३, २०८०
    • 168 पटक पढिएको
  • पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    काठमाडौं / गएरातिबाट वर्षासँगै आएको पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका- ६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको हो । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ ।  पहिरोका कारण देशभरिका धेरै सडकखण्ड अवरुद्ध भएका छन् । 

    • प्रकाशित मितिः साउन २३, २०८०
    • 181 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली भई हाल मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकाको विभिन्न स्थानमा बिहानदेखि मुसलधारे वर्षा भइरहेको छ भने केही स्थानमा हल्कादेखि मध्यम झरी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित छ।आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही

    • प्रकाशित मितिः साउन २३, २०८०
    • 184 पटक पढिएको
  • उच्च अदालतले भन्यो : व्यापारिक कम्प्लेक्सले पार्किङ शुल्क उठाउन पाउने

    काठमाडौं    ।   महानगर भित्रका व्यापारिक कम्‍प्लेक्सहरूले उठाउँदै आएको पार्किङ शुल्क उठाउनबाट नरोक्न पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।कम्प्लेक्स डेभलपर एशोसिएसनले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरेको थियो।सोमबार न्यायाधीश राजेन्‍द्र खरेलको इजलासले व्यापारिक कम्‍प्लेक्स भित्र रहने पार्किङ स्थलहरूमा पार्किङ शुल्क लिन हस्तक्षेप नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो।यस अघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले  फेसबुकमा स्ट्याटस राख्दै निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले से

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 203 पटक पढिएको
  • संसद अवरोध गरेर जनताका आवाज रोकियो ; सभामुख घिमिरे

    काठमाडौं । नयाँ वानेश्वरस्थित आफ्नै कार्यकक्षमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख घिमिरेले सहमतिको विकल्प नरहेको बताएका छन् ।सभामुख घिमिरेले संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपद्‌लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन पाउनु भएको छैन। आफू सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा नरहेको सभामुख घिमिरेको भनाई छ ।सदनमा जारी अवरोध खुलाउने विषयमा मंगलबार दिउँसो ३ बजे वानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख तीन् दलका प्रमु

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 255 पटक पढिएको
  • संसद् चल्न नदिएर बार्गेनिङ मात्र चल्छ ; रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय संसद्‍मा बार्गेनिङ मात्रै चलेको बताएका छन् ।आज दिउँसो बस्ने भनिएको प्रतिनिधि सभा बैठक अपराह्नसम्म नबसेपछि सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।सभापति लामिछानेले संसद् नियमित चल्न नसक्नु दु:खद् भएको बताए।सभापति लामिछानेले लेखेका छन्,’वर्षौं देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन गर्नु पर्ने छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दु:खद..’उनले कयौं कानून बनाउनु प

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 311 पटक पढिएको
  • कनकाई नदिमा दाहसस्कार गर्न लगेको शव प्रहरीले उठायो

    झापा  ।  उपचारका क्रममा सोमवार कञ्चनजंघा अस्पताल बिर्तामोडमा कनकाई नगरपालिका ३ सुरुङ्गाकी ३२ बर्षिय पुजा कोचकारको मृत्यु भएको थियो । घरमा अरुवेला समेत झगडा परिरहने भएकोले श्रीमान र जेठी श्रीमतीको कुटपिटबाट कान्छी श्रीमतीको मृत्यु भएको हुनसक्ने भन्दै स्थानीयले प्रहरीमा उजुरी गरेसगै इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले मृतक कोचकारको शवलाई जलाउन तयारी अवस्थाको शवलाई थप अनुसन्धानका लागि लगेको छ ।कुटपिटबाट श्रीमतीको मृत्यु भएको भन्ने स्थानियको मौखिक उजुरीपछि सोमवार कनकाई माईको घाटमा दाहसस्कार गर्न लगेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पोस्टम्याटमका लागि मेची प्रादेशिक

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 480 पटक पढिएको
  • क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं / क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा जिरी नगरपालिका- ६ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका- ३ बस्ने २७ वर्षीया फुलमाया जिरेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको  छ । जिरेलले १ जनालाई वैदेशिक रोजगारका लागि क्यानडा पठाइ प्रतिष्ठित होटलमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ७४ हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो । उनलाई थप अनु

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 191 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.