समाचार

    Showing 19,811-19,820 of 26,731 items.
  • एकसय किलो सुन प्रकरणको अनुसन्धान एसपी थापाको नेतृत्वमा गरिने

    काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बाहिरिएको एक सय किलो सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वको टोलीले अघि बढाउने भएको छ ।  ३ साउनमा त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सोही सुन प्रकरणको अनुसन्धान गर्न विभागको टोलीले आइतबार प्रहरीलाई जिम्मा दिएको हो । प्रहरीले अनुसन्धान जिम्मा पाएलगत्तै प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।सीआईबीले सुन प्रकरणको अनुसन्धान गर्न एसपी थापाको कमान्डमा छुट्टै

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 222 पटक पढिएको
  • आज पनि राष्ट्रिय सभा बैठक स्थगित

    काठमाडौं / लगातार स्थगित हुँदै आएको राष्ट्रिय सभा बैठक आज पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधपछि राष्ट्रिय सभा बैठक बुधबारसम्म लागि स्थगित भएको हो ।आजको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले सुन काण्ड छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति माग राख्दै विरोध जनाएका थिए । राष्ट्रिय सभाको अर्को बैठक बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने छ ।

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 135 पटक पढिएको
  • झापाको दमकबाट ब्राउन सुगर सहित एक युवक पक्राउ

    बिर्तामोड / झापाको दमक नगरपालिका- ९ चिया बगान स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २२ वर्षीय रोहित गौतम रहेका छन् । लागुऔषध बिक्री वितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले   गौतमलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर १ ग्राम बरामद गरेसँगै प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका युवकको सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिज

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 150 पटक पढिएको
  • दुई महिने बालकको हत्या गरेको आरोपमा श्रीमान् श्रीमती पक्राउ

    काठमाडौँ / दुई महिनाको नाबालकको हत्या आरोपमा प्रहरीले श्रीमान् श्रीमतीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु बिक र ३० वर्षीया सविना रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । गत साउन १८ राति बिक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस गर्नेक्रममा आफ्नै घरभित्र भुईँमा खसेर बजारिएपछि घटनास्थलमै बालकको मृत्यु भएको बताइएको छ  । प्रहरीले घटनाको विषयमा तीन दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 175 पटक पढिएको
  • संसद अवरोध खुलाउन सभामुखले बोलाए प्रमुख दलका शीर्ष नेताको बैठक

    काठमाडौँ / सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । आज संसद् बैठक बस्नुअघि शीर्ष दलका नेतासँग छलफल गर्ने भएका हुन् । एक सय किलो सुन तस्करी प्रकरणलाई लिएर एमालेले संसद अवरोध गर्दै आएको छ । सभामुख घिमिरेले आइतबार सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका थिए । तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ- आफ्नो अडान कायम राखेपछि उनले आज अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक बोलाएका हुन् ।

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 151 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरण : विजय गच्छदारसहित चार पूर्वमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौँ / बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधान एवं भौतिक योजना मन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आइतबार पूर्व उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशी, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जयकुमार शाहविरूद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्व सचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी लिइसकेको छ । ललिता निवासको सरकारी जग्गा ह

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 260 पटक पढिएको
  • गुडिरहेको जिपमाथि ढुंगा खस्यो

    झापा / गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिपमाथि ढुंगा चालकसहित ३ जना घाइते भएका हुन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि ढुंगा खसेको हो । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार घाइते तीनैजनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ढुङ्गाले लागेर जिपको अगाडि भागमा पूर्णरुपमा क्षति पुगेको छ । 

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 212 पटक पढिएको
  • जबरजस्ती करणी उधोग मुद्दामा फरार दर्जी पक्राउ

    बिर्तामोड / प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम जिल्ला साबिक ओख्रे गा. बि. स वडा -२ घर भई हाल बुद्धशान्ति गाउँपालिका - २ मा बसोबास गर्नै आएका ५१ वर्षीय थापा भन्ने हस्त बहादुर दर्जी रहेका छन् । झापा जिल्ला अदालतले मिति २०७९।०१।०८ गते उनलाई १ वर्ष  ६ महिना कैद सजाय , २५,००० जरिवाना र पिडित राहत कोषमा २५,००० जम्मा गर्नुपर्ने फैसला सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले दर्जीलाई हिजो पक्राउ गरि  झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागी का

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 194 पटक पढिएको
  • आज बन्दका कारण यातायातको क्षेत्र प्रभावित

    बिर्तामोड / राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले आज कोशी प्रदेश अन्तर्गत लिम्बुवान क्षेत्र बन्दको घोषणा गरेका कारण पूर्वमा यातायातको क्षेत्र प्रभावित भएको छ । झापाका अधिकांश ठाँउमा पनि बन्दको प्रभाव देखिएको छ ।  बन्दका कारण सडकमा सार्वजनिक यातायातका साधन गुडेका छैनन् भने शिक्षण संस्थाहरूसमेत बन्द भएका छन् । ऐतिहासिक सन्धि सम्झौतालाई कार्यान्वयनसहित कोशी प्रदेश पुनःनामाङ्कन गर्न दबाब स्वरुप आज  एकदिने बन्दको घोषणा गरेको लिम्बुवानवादी सङ्गठनहरूले जनाएका छन् । पहिचानवादीहरू तथा लिम्बुवानी जनताको स्वतन्त्रता र सार्वभौमिकता गुमेको दिनको रुपमा स्मरण गर्दै वर्तमान कोशी आन्दोलनको प

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 303 पटक पढिएको
  • आज नेपालका अधिकांश भूभागमा पानी पर्ने , सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुका साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको छ । महाशाखाकाअनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्य

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 172 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.