समाचार

    Showing 19,841-19,850 of 26,731 items.
  • पहिरो परि बेपत्ता भएका बालकको शव फेला

    काठमाडौं / दोलखामा पहिरोमा परी बेपत्ता भएका एकजना बालक मृत फेला परेको भने तीन जना अझै बेपत्ता छन् ।गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए ।पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती रहेका छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव भने फेला परेको छ । पहिरोमा परी तीनजना घाइते भएका छन् । बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइएको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 110 पटक पढिएको
  • आज सुनचाँदीको मूल्य स्थिर

    काठमाडौँ / साताको अन्तिम दिन अर्थात् आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज बिहीबारकै मूल्यमा आज सुनचाँदी किनबेच भइरहेको हो । हिजो तोलामा सुनको मूल्य २०० रुपैयाँले घटेको थियो ।आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।  

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 139 पटक पढिएको
  • अवतरण गर्ने क्रममा विमानको टायरमा आगलागी

    एजेन्सी / यात्रुहरूले विमानको टायरमा आगो लागेको खबर पाएपछि डेल्टा एयरलाइन्सको विमानमा हंगामा मच्चिएको थियो ।घटना बुधबार साँझको हो । बोस्टनबाट उडेको डेल्टा विमान एटलान्टामा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो । अवतरणको क्रममा विमानको टायर फुट्यो र एटलान्टाको हार्ट्सफिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट तुरुन्त १९० यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालियो । राहत तथा उद्धारका क्रममा एक यात्रु पनि घाइते भएका छन् ।आफ्नो आधिकारिक विज्ञप्तिमा संघीय उड्डयन प्रशासनले भनेको छ कि बुधवार साँझ ६ बजेतिर भएको थियो, जब बोस्टनबाट डेल्टा उडान १४३७ ले एटलान्टामा अवतरण गर्ने क्रममा यसको बायाँ मुख्य गियर ट

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 143 पटक पढिएको
  • पहिरोले घर पुरिदा तीन जना बेपत्ता

    झापा / दोलखाको गौरीशंकर गाउँपालिका- ८ मा गएराति पहिरोले घर पुरिदा  तीन जना बेपत्ता भएका छन् । पहिरोमा परी घाइते भएका तीन जनाको उद्धार गरिएको छ । बेपत्ता र घाइतेको परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले जानकारी दिए । यस्तै टोपाटारमा ३ घर पुरिएका छन् । यसैबीच गयरातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ घर बगाएको छ । १५ घर विस्थापित भएका छन् ।  पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 107 पटक पढिएको
  • सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागी श्रेष्ठको नाम सिफारिस

    काठमाडौँ / संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको आगामी प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको हो । परिषदको सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ । समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नेछन् ।

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 147 पटक पढिएको
  • आज कोशी, बागमती, गण्डकी, लुम्बिनी लगायतका प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं / आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंसिक प्रभावका कारण वर्षा हुने महाशाखाले जनाएको छ ।त्यस्तै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थान भन्दा उत्तर तर्फ सर्ने क्रममा रहेको छ । अहिले देशभर आंशिक देखि सामान्य बदली रही  कोशी ,गण्डकी र सुदूरपश्चिम प्रदेशक

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 179 पटक पढिएको
  • सामाखुशी खोलामा बेपत्ता भएका साजनको शव ११ दिनपछि भेटियो

    काठमाडौं / काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव ११ दिनपछि भेटिएको छ । गत  ७ साउनमा बेपत्ता भएका १३ वर्षीय बालक विधान आलेमगर ९साजन० को शव हिजो दक्षिणकालीमा भएटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । उनका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको हो । स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 161 पटक पढिएको
  • छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ

    बिर्तामोड / धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार धनकुटाको धनकुटा नगरपालिका- १ हिले स्थितमा प्रहरी चौकी हिले र ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा २ ग्राम ५ सय ६० मिलिग्राम ब्राउन सुगर सहित स्थानीय ३१ बर्षीय राजेश तामाङ, २९ बर्षीय बिनोद घिमिरे, २५ बर्षीय फुर्वा तामाङ, २६ बर्षीय पदम न्यौपाने, २७ बर्षीय युवराज बि.क. र पाख्रीबास- ३ का २५ बर्षीय सरोज तामाङलाई नियन्त्रणमा लिएको छ यस्तै सुनसरीको ईटहरी उप- महानगरपालिका- ६ स्थितमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोली

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 187 पटक पढिएको
  • महेन्द्रनगरबाट दार्चुला जाँदै गरको बस डडेल्धुरामा दुर्घटना

    काठमाडौँ  / आज डडेल्धुरामा बस र जिप ठोक्किएर दुर्घटना भएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुला गइरहेको ना ८ ख २३५७ नम्बरको बस र बैतडी खोड्पेबाट डडेल्धुरा तर्फ आइरहेको म १ ज ११४ नम्बरको जिप एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा मानवीय क्षति नभएको डडेल्धुरा प्रहरीले जनाएको छ । बसको अगाडिको भाग कुल्चिएको छ ।  घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 107 पटक पढिएको
  • करेन्ट लागेर सुनसरीमा एक जनाको मृत्यु

    बिर्तामोड / शौचालय जाने क्रममा करेन्ट लागेर सुनसरीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका–९ धुराहा फिल्टुन बस्ने २० वर्षीय निरज चौधरी रहेका छन् ।शौचालय जाने क्रममा मुसाले काटेको तारमा टेक्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा  बुधबार राति मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 139 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.