रुपन्देही / रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँमिलचोकमा बिहीबार राति मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ ।बुटवलबाट भैरहवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलबाट खस्दा मोटरसाइकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडाका २३ वर्षीय जित बहादुर थापाको मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । दुर्घटना पश्चात मोटरसाइकल सहित चालक फरार रहेकाले खोजी भईरहेको इलाका प्रहरी कार्यालय मंगलापुरले जानकारी दिएको छ ।
बिर्तामोड / हिमाली तथा पहाडी क्षेत्रमा बिहीबार मनाइएको होली देशको तराई(मधेश क्षेत्रमा आज मनाइँदैछ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा आज प्रतिपदाका दिन तराई–मधेसका जिल्लामा मनाउने परम्परा रहेको छ । सरकारले तराईका जिल्लाहरुमा आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोेकेकोे फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचीन परम्परा छ ।शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली )फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
विराटनगर / १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । सर्वोकृष्ट प्रहरी घोषित हुनेमा इलाका प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवर रहेका छन् ।निजले विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै उनको कार्यको उच्च मुल्याङ्कन गर्दै २०७८ साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरूको मनोबल उच
बिर्तामोड / व्यापार घाटा चुलिएर अर्थतन्त्र नै सङ्कटमा फसेका बेला मनोरञ्जनका लागि उपयोग हुने कम उपयोगी बस्तुको आयातमा अर्बौँ रुपैयाँ बाहिरिएको तथ्याङ्क सार्वजनिक भएको छ ।फागु पूर्णिमाका लागि आवश्यक रङ्ग सहितका सामाग्री आयातका लागि मात्रै मुलुकबाट दुई अर्ब भन्दा बढि रुपैयाँ विदेशिएको हो । व्यापार घाटा कम गर्न सरकार र अन्य सरकारी निकायले चासो देखाउँदै कोसिस गरिरहेका बेला सार्वजनिक भएको पछिल्लो तथ्याङ्कले नागरिक समेत जागरुक अनि सचेत नहुने हो भने व्यापार घाटा कम गर्न कठिन रहेको अनुमान गर्न थालिएको छ ।अर्थ मन्त्रालय मातहतको भन्सार विभागको तथ्याङ्कले चालु आर्थिक वर्षको सात महिना अर्थात माघ महिना
काठमाडौँ / उपत्यकामा आज (बिहीबार) होलीको दिन ट्राफिक नियम उल्लंघन गर्ने एक सय आठ सवारीसाधन कारबाहीमा परेका छन्। ट्राफिक नियमको उल्लंघन गर्ने एक सय चार वटा दुई पाङ्ग्रे र चार वटा चार पाङ्ग्रे गाडी कारवाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक सन्जिब शर्मा दासले जानकारी दिए। दासका अनुसार कारबाहीमा पर्नेहरूमा मापसे गर्ने, सवारीचालक अनुमतिपत्र नबोक्नेहरू रहेको महाशाखाले जनाएको छ। होलीमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजरमा राख्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था तयार पारिएको छ। त्यसअनुसार महाशाखाले काठमाडौं उपत्यकामा ६८ ठाउँमा विशेष चेक पोइन्ट राखेको छ।&n
गोरखा / गोरखामा एक वृद्धको शव फेला परेको छ । विगत १० दिनदेखि हराइरहेका गोरखा नगरपालिका –१ अजमरेका ७० वर्षीय नारायणदत्त न्यौपानेको शव फेला परेको हो।न्यौपानेको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। उनी गत फागुन २३ गतेदेखि परिवारको सम्पर्कमा थिएनन्।
मकवानपुर / हेटौंडा उपमहानगरपालिका –१६ स्थित शिवम् सिमेन्ट उद्योगमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भएका अन्दाजी २० वर्षीय रकिव अख्तर रहेका छन् । गत बिहीबार बिहान सिमेन्ट उद्योगको रोलर सफा गर्ने क्रममा मेसिनको फित्तामा बेरिएर अख्तर घाइते भएका थिए । घाइते अख्तरको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
झापा / रामेछापको मन्थली नगरपालिका-६ मा दलित महिलालाई बन्धक बनाएर यातना दिइएको छ । दही चोरेको आरोपमा मन्थली नगरपालिकाकी १२ वर्षीया बालिकालाई स्थानीय चिउरीपानीका ६३ वर्षीय शेरबहादुर श्रेष्ठको परिवारले यातना दिएका हुन् ।मंगलबार दिउँसो बालिकाको उद्धार गरिएको रामेछापका डीएसपी राजकुमार थिङले रातोपाटीलाई बताए । फागुन ३० मा दिउँसो साढे ४ बजेबाट बालिकालाई दलानको थाममा बाँधेर श्रेष्ठ परिवारले यातना दिएका हुन् । बालिका बन्धक बनाउने शेरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।पीडित परिवारले श्रेष्ठ विरुद्ध अपहरण गरेर शरीर बन्धक बनाएको कसुरमा जाहेरी दिएका छन् । जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको डीएस
झापा / उदयपुरको बेलका नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । आज बिहान पौने ११ बजे स ७ प ८६९२ नम्बरको मोटरसाइकलको ठक्करबाट घाईते भएकी पैदल यात्री बेलका नगरपालिका- ३ कि ७६ वर्षीय राम माया आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल र चालक त्रियुगा नगरपालिका-७ का २० वर्षीय विष्णु भट्टराईलाई इलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
काठमाडौँ / सर्भरमा बारम्बार समस्या देखिँदा विद्युतीय राहदानी (ई–पासपोर्ट) लिनका लागि सेवाग्राहीले समस्या खेप्नु परेको छ । राहदानी विभागको (ई–पासपोर्ट) प्रणालीको सर्भरमा पटक पटक समस्या देखिँदा सेवाग्राहीले सास्ती भोग्न बाध्य भएका हुन् । यस्तै समस्या सिन्धुपाल्चोक, काभ्रे, भक्तपुरलगायतका जिल्ला प्रशासनमा पनि देखिने गरेको छ ।सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले ई–पासपोर्टसमबन्धी सर्भरमा समस्या देखिने गरेको बताएका छन् । ई–पासपोर्ट बनाउन व्यक्तिको विभिन्न रेकर्ड आवश्यक हुन्छ ।कार्यालयले सहज रुपमा प्रणाली चलेको अवस्थामा ७० जनासम्मको औठा छाप, आँखाको नानीको रेकर्ड (बा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.