समाचार

    Showing 19,861-19,870 of 22,712 items.
  • दुई फरक फरक स्थानमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु

    झापा / काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीमा बुधबार बिहान मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक  धादिङ घर भई हाल नागार्जुन नगरपालिका-१ रानीवन बस्ने ३५ वर्षीय हरि दुवाडी रहेका छन् ।  स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार बिहान सवा ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुवाडीले चलाएको बा ४९ प ६१२३ नम्बरको स्कुटर र बा ८५ प ५०६० नम्बरको मोटरसाइकल बुधबार बिहान सवा ६ बजे ठोक्किएका थिए । मोटरसाइकल सहित चालक प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा रहेका छन् ।यस्तै  नवलपरासी बर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिका-१५ धौलाग

    • प्रकाशित मितिः चैत २, २०७८
    • 80 पटक पढिएको
  • होलीलाई मर्यादित बनाउन प्रशासनको आग्रह

    चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले होली (फागुपूर्णिमा) लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी आशमान तामाङले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छा विपरीत रङ्ग नदल्न आग्रह गरेका छन् । होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उच्छृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो । सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छाविपरीत रङ्ग दल्ने, लोला तथा फोहर पदार्थले हान्ने, मादक पदार्थ सेवान गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनिएको छ ।राजनीतिक दल, नागरिक समाज, पेशागत सङ्घ संस्था, सञ्चारकर्मी, महिला सञ्जाल लगायत सबै

    • प्रकाशित मितिः चैत २, २०७८
    • 61 पटक पढिएको
  • ३ नाल भरुवा बन्दुक सहित २ जना पक्राउ

    बिर्तामोड / सुनसरीको सिमरवन स्थित जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बराहक्षेत्र-५ का ३६ वर्षीय पवनलाल माझी र बराहक्षेत्र-३ देविथानका २७ वर्षीय मोहन श्रेष्ठ रहेका छन ।  हिजो दिउसो सवा ३ बजे विशेष सूचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिगएको प्रहरी टोलीले सामुदायिक वनमा सिकार खेल्न बसिरहेका माझी र श्रेष्ठलाई लोड भएको ३ नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो । भरुवा बन्दुक सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट थप अनुसन्धान भइरहेको छ । 

    • प्रकाशित मितिः चैत २, २०७८
    • 59 पटक पढिएको
  • मोरङमा पत्रकार र युट्युबर सहित ११ जना पक्राउ

    बिर्तामोड / मोरङमा एक जना पत्रकार, दुई जना युट्युबर सहित सहित ११ जनालाई प्रहरीले पक्राउ छ । सर्वसाधारणले गरिरहेको प्रदर्शनको भिडियो खिचेको भन्दै मोरङ प्रहरीले एक जना पत्रकार, दुई जना युट्युबर सहित ११ जनालाई पक्राउ गरेको हो ।मोरङको सुन्दर हरैंचा-७ की डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयबासीले राजमार्ग चक्काजाम गरेका थिए ।त्यसैक्रममा भिडियो खिच्ने पत्रकार सम्झना राई र अन्य दुई जना युट्युबर सहितका गाउँलेलाई प्रहरीले मंगलबार साँझ गछियाबाट पक्रेर रातभर हिरासतमा थुनेको हो । पत्रकार राई पूर्वी कमाण्ड अनलाइनकी पत्रकार हुन् ।सर्वसाधारणले प्रदर्शन गरिरहेको ठाउँमा भिडिय

    • प्रकाशित मितिः चैत २, २०७८
    • 72 पटक पढिएको
  • बन्दुकको गोली लागेर एकको मृत्यु

    डडेल्धुरा / डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गन्यापधुरा –४ का ४५ वर्षीय दलबहादुर पान रहेका छन् । पानको गन्यापधुरा गाउँपालिका –५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि थापेको भरुवा बन्दुकको पासो परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए । पालका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः चैत २, २०७८
    • 67 पटक पढिएको
  • लागूऔषध सहित महोत्तरीबाट दुई युवक पक्राउ

    झापा  / भारतबाट लागूऔषध बोकी नेपाल आएका दुई युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-७ का ३३ वर्षीय रोहितकुमार राणा र महोत्तरी बर्दिबास नगरपालिका-३ का ३० वर्षीय सुमन वि क रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । गएराति भारत बिहारको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागूऔषध बोकी महोत्तरीको औरही नगरपालिका-४ स्थित कठुधारचोकमा युवकलाई प्रहरी टोलीले शंका लागि जाँच गर्दा उनीहरु लागूऔषधसहित पक्राउ परेका हुन् ।उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नुफिन दुई एमएल ७० एम्पुल, फेनेरगन दुई एमएल ८८ एम्पुल, डाइजाल्याब ८८ एम्प

    • प्रकाशित मितिः चैत २, २०७८
    • 54 पटक पढिएको
  • इन्जिनियरको निर्वाचनमा कांग्रेस निकट सिडेनको प्यानल नै विजयी

    काठमाडौँ / नेपाल इन्जिनियर्स एसोसिएनको निर्वाचनमा नेपाली कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को प्यानल नै विजयी भएको छ ।एसोसिएसनको ३३औं केन्द्रीय कार्यकारिणी समितिको चुनावमा डा. हरिबहादुर दर्लामीको नेतृत्व प्यानलका २३ जना नै विजयी भएका हुन् । अध्यक्षमा दर्लामी ३७३२ मत प्राप्त गरी विजयी भएका छन्भने उनका प्रत्यासी डा. सुरज लामिछानेले २८११, डा. हरिराम पराजुलीले १२८५, दिलीपकुमार झाले १०९२ र राजेन्द्र हाडाले ३२५ मत प्राप्त गरे।दर्लामीको प्यानलबाट उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा रविभुषण झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी र

    • प्रकाशित मितिः चैत २, २०७८
    • 77 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : नेपाल प्रहरीले माग्यो एक लाख म्यादी प्रहरी

    काठमाडौं /  आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ ।प्रहरी प्रधान कार्यालयले स्थानीय तहको चुनावका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्न आवेदन मागेको हो । प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागले सार्वजनिक सूचना मार्फत सो जानकारी दिएको हो । इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म आवेदन दिन सक्नेछन् । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन पाउने सूचनामा उल्लेख छ ।  कार्यालयले यही चैत १५ गते म्यादी प्रहरीको छनोट थाल्नेछ । म्यादी प्रहरीको अन्तिम नतिजा चैत २२ गते प्रकाशन

    • प्रकाशित मितिः चैत २, २०७८
    • 63 पटक पढिएको
  • सङ्खुवासभा बस दुर्घटना : मादी नगरपालिकाद्वारा मृतक परिवारलाई जनही एक लाख दिने

    सङ्खुवासभा / बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई सङ्खुवासभाको मादी नगरपालिकाले जनही एक लाख रुपैयाँ दिने भएको छ । मादी नगर कार्यपालिकाले बिहीबार भएको बस दुर्घटनाका मृतक १५ जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने नगरप्रमुख विदुरकुमार लिङ्थेपले जानकारी दिएका छन् ।सोमबार बसेको मादी नगर कार्यपालिकाको बैठकले मृतक र घाइतेको नाम लेखेर भूमेश्वर महादेवको स्मारक समेत बनाउने निर्णय गरेको उनले बताएका छन् । मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ

    • प्रकाशित मितिः चैत १, २०७८
    • 41 पटक पढिएको
  • काँकडभिट्टाबाट ब्राउनसुगर सहित एक पक्राउ

    झापा / झापाको मेचीनगर न.पा-६ स्थित मेचिपुलबाट प्रहरीले ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास न.पा-३ का ३३ वर्षीय बिनोद घिमिरे रहेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भारत बाट नेपाल तर्फ पैदल आँउदै गरेका घिमिरेलाई शंका लागि चेक जाँच गर्दा उनको साथमा २३ ग्राम लागूऔषध फेला परे पछि पक्राउ गरेको हो । घिमिरेलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ । 

    • प्रकाशित मितिः चैत १, २०७८
    • 72 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.