समाचार

    Showing 19,871-19,880 of 26,731 items.
  • महामारी विरुद्ध सचेत रहन अनेरास्ववियु हल्दिबारीको अपिल

    बिर्तामोड / नेकपा एमाले निकट विद्यार्थीहरूको सङ्गठन अनेरास्ववियुले हल्दिबारी गाउँकमिटीले आँखा पाक्ने र डेंगु संक्रमण विरुद्ध सचेत रह्न जनसमुदायमा अपिल गरेको छ । गाउँकमिटी अध्यक्ष आशिष खरेलले हस्ताक्षर गरेको अपिल पत्रमा महामारीको रुपमा रहेको सङ्क्रमणबाट जोगिन बच्न र सचेत रह्न सबैमा अपिल गरेको हो । स्थानीय पालिकाको स्वास्थ्य शाखालाई जनचेतनामूलक कार्यक्रम, सचेतनामुलक पोस्टर पम्पलेट लगायत साम्रागी सम्प्रेषण गर्ने र आवश्यक पहलकदमी अपनाउन ध्यानाकर्षण एवम् अनुरोध समेत गरेको छ । अनेरास्ववियु हल्दीबारी आफैले अपिल लगायत सचेतना मुलक सामाग्रीहरु सम्प्रेषण गरेरहेको र महामारी बाट बच्न बचाउन लागि परिरहे

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 316 पटक पढिएको
  • मुख्यमन्त्री थापाले आज पद तथा गोपनियताको शपथ लिने

    बिर्तामोड / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । हिजो ४७ जना सदस्यको समर्थनका साथ मुख्यमन्त्रीमा नियुक्त थापाको शपथ बिहान साढे १० बजे प्रदेश प्रमुखको कार्यालयमा हुने तय गरिएको छ ।थापाले आजै मन्त्रिपरिषद् विस्तारको तयार गरेका छन् । उनले यसअघिकै मन्त्रीहरूलाई निरन्तरता दिने बुझिएको छ । गत असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका थापालाई नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै साउन ११ गते सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।सभामुखकै हैसियतमा सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सर

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 107 पटक पढिएको
  • घरायसी विवादका कारण बन्दुकले हानेर श्रीमतीको हत्या

    झापा / घरायसी विवादका कारण भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । तनहुँको व्यास नगरपालिका - ५ मानुङका ५६ वर्षीय श्री प्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।मंगलबार राति ११ बजे श्री प्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । श्री प्रसादलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 100 पटक पढिएको
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

    बिर्तामोड / कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले समर्थन गरेका छन् । सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख  परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 153 पटक पढिएको
  • प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद् बैठक सुरु

    काठमाडौं / संवैधानिक परिषद् बैठक सुरु भएको छ । बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा छलफल भइरहेको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की चार दिनपछि २० साउनबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् ।

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 110 पटक पढिएको
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौँ / भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रुपैयाँ, डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ । आईओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्नेछ । खाना पकाउने एल पी जी ग्यासको मूल्य भने प्रतिसिलिन्डर करिब १ सय रुपैयाँ घटेर आएको छ । नेपालमा पनि ग्यासको मूल्य घट्नेछ ।

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 135 पटक पढिएको
  • अब रक्सी पिउन अनिवार्य लाइसेन्स लिनु पर्ने

    झापा / अब रक्सी पिउन लाइसेन्स अनुमति कार्ड अनिवार्य बनाउनु पर्ने भएको छ । जुम्लाको गुठिचौर गाउँपालिकामा रक्सी सेवन गर्नेहरूले १ भदौ २०८० अगाडि नै मदिरा (रक्सी) सेवन कार्ड लिनु पर्ने भएको हो । यस गाउँपालिकाको मदिरा (रक्सी) नियन्त्रण कार्यविधि २०८० पास भएसँगै यो नियम कार्यान्वयनमा आउने भएको हो । गाउँपालिकाले एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको छ । गाउँपालिकाका अनुसार रक्सी सेवन गर्न चाहनेले साउन भित्रै यस्तो कार्ड लिनुपर्ने भएको छ । पाहुना आएका व्यक्तिले रक्सी सेवन गर्न चाहेमा अतिथि मदिरा सेवन कार्ड लिनुपर्ने समेत गाउँपालिकाले जनाएको छ । रक्सीको बिक्री वितरणका लागि इजाजत अनिवार्य गर्दै ग

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 349 पटक पढिएको
  • ब्राउनसुगर सहित इलामका राई पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- १३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  इलामको सूर्योदय नगरपालिका- ११ बस्ने २६ वर्षीय किरण राई रहेका छन् ।  प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी  टोलीले उनलाई ६ ग्राम  ब्राउनसुगर सहित सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 159 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक साउन २२ सम्मका लागि स्थगित

    काठमाडौं / प्रतिनिधिसभा बैठक २२ साउन सम्मका लागि स्थगित भएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि ठक २२ साउन सम्मका लागि स्थगित भएको हो । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दैन नबसी २२ साउनलाई सारिएको हो । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी प्रतिनिधिसभा बैठक २२ साउनको दिउँसो १ बजेका लागि तोकिएको छ ।नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गरेको छ । तर सत्तारुढ गठबन्धनले उक्त समिति गठन गर्न अस्वीकार गर्दै आएको छ । 

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 141 पटक पढिएको
  • भत्ता थापेर फर्किरहेका वृद्धको बाटोमै मृत्यु

    झापा / बैतडीमा वृद्ध भत्ता थापेर घर फर्किरहेका एक वृद्धको बाटोमै मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ रोडी बस्ने ७१ वर्षीय धन सिंह भण्डारीको वृद्ध भत्ता बुझेर घर फर्किने क्रममा बाटोमै मृत्यु भएको पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष राम सिंह पुजाराले बताए ।पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर -३ स्थित कुलाउँको नबिल बैंकबाट बृद्ध भत्ता बुझेर सोमबार घर फर्किएका भण्डारी साँझसम्म पनि घर नपुगेपछि परिवारले खोजी गरेका थिए । सोही क्रममा मंगलबार बिहान वडा नं ३ र ४ को सिमानामा  पर्ने गोगनपानी भन्ने स्थानमा  मृत अवस्थामा फेला परेको वडा अध्यक्ष पुजाराले जानकारी दिए ।वडा नं -६ को&n

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 142 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.