समाचार

    Showing 19,881-19,890 of 26,731 items.
  • रिहाइको माग गर्दै टोपबहादुर र बालकृष्ण पुगे उच्च अदालत

    काठमाडौँ / नक्कली भुटानी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी र बालकृष्ण खाँण सहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन् । आफूहरूलाई थुना मुक्त गर्न माग गर्दै रायमाझी र खाँण सहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका हुन्  । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूहरूलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उनीहरूले उच्च अदालतमा पाटनमा रिट दिएका हुन् ।तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, यो प्रकरणका विचौलिया केशव दुलाल सहित थुनामा रहेक

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 118 पटक पढिएको
  • प्रधानमन्त्री निवास नजिक निर्माण व्यवसायीहरूको विरोध प्रदर्शन

    काठमाडौं / निर्माण व्यवसायीहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिकै विरोध प्रदर्शन गरेका छन् । उनीहरु निर्माण यन्त्रहरु सहित मंगलबार बिहानै विरोध प्रर्दशनमा उत्रिएका थिए । प्रर्दशनमा डोजर लगायतका अन्य केहि निर्माणयन्त्रहरु थिए । व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेज गर लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । व्यवसायीहरूले सोमबार पनि प्रदर्शन गरेका थिए ।

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 124 पटक पढिएको
  • पहिचान नखुलेको एक पुरुष बुद्धशान्तिमा मृत अवस्थामा फेला

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बुद्धशान्ति गाउपालिका - ४ हापेन चोकमा हुलिया पहिचान नभएको अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख प्रविण भट्टराईका अनुसार कालो, निलो रङ्गको जिन्सको पेन्ट, आकाशे रङ्गको भेष्ट लगाएको, हेर्दा तराई मूलको जस्तो देखीने एक पुरुष घोप्टो परी मृत अवस्थामा फेला परेका हुन् । घटनाको  जानकारी प्राप्त इलाका प्रहरी कार्यालय बुधबारे र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रकृया गरि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइए

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 281 पटक पढिएको
  • आज पनि बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौँ / नेपाली बजारमा आज पनि सुनको भाउ ४ सय रुपैयाँले बढेको छ । सोमबार १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ। सोमबार १ हजार ४ सय  ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको  छ। 

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 112 पटक पढिएको
  • साइकल यात्रीलाई मुक्का प्रहार गर्ने भेटवाल १ लाख धरौटीमा रिहा

    बिर्तामोड  / साइकल यात्रीलाई कुटपिट गर्ने विराटनगरका एक युवक १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।विराटनगर महानगरपालिका- ४ दूध फारम चोकमा साइकल यात्रीमाथि कुटपिट गर्ने विराटनगर- ४ का आयुष भेटवाललाई न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले  एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।आइतबार उनी विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको  थियो । सोमबार थुनछेक बहसपछि १ लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए  ।अदालतको आदेशपछि धरौटी बुझाएर भेटवाल छुटेका छन् । मुद्दामा प्रतिवादी बनाइएका १७ वर्षका किशोरलाई पक्राउ गर्नक

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 106 पटक पढिएको
  • गृह मन्त्रालयको प्रवक्ताको जिम्मेबारी नारायण प्रसाद भट्टराईलाई

    काठमाडौँ / गृह मन्त्रालयको प्रवक्ताको जिम्मेबारी नारायण प्रसाद भट्टराईलाई दिएको छ । यसअघिका गृह प्रवक्ता सहसचिव जितेन्द्र बस्नेत काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।यातायात व्यवस्था विभागको महानिर्देशकबाट गृह मन्त्रालयमा सरुवा भएका भट्टराईलाई शान्ति सुरक्षा तथा समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ । भट्टराईलाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ । प्रवक्ता भट्टराईले यसअघि अध्यागमन विभागको महानिर्देशक भएर पनि काम गरेका थिए । 

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 58 पटक पढिएको
  • डम्बर गिरिले गरे चुनाब खर्च विवरण सार्वजनिक

    बिर्तामोड / गत मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका डम्बर गिरिले चुनावमा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले धरौटी बापत रु १०,०००  मात्रै खर्च भएको विवरण  निर्वाचन आयोगमा पेश गरेका हुन् । निर्वाचनमा प्रचारमा आवश्यक पर्ने निर्वाचन सामाग्री अरु साथीभाइ, शुभेच्छुहरूबाट सहयोगको रुपमा प्राप्त भएको उनले बताएका छन् । उनले भनेका छन् 'गत प्रतिनिधि सभाको निर्वाचन २०७९ मङ्सिर ४ गते झापा क्षेत्र न ३ बाट प्रतिनिधि सभाको सदस्यको रुपमा मैले उम्मेदवारी दिएको थिए, कानुन सम्मत २०७९/०८/१५ गते दर्ता न ४१ मा सबै निर्वाचन खर्चको विवरण

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 154 पटक पढिएको
  • विराटनगरमा मनोसामाजिक विमर्श अभिभुखिकरण तालिम सञ्चालन

    बिर्तामोड / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा ३ कार्यदिन अवधिको मनोसामाजिक विमर्श अभिभुखिकरण तालिम सञ्चालन भएको छ । श्रावण १५ गते बाट सञ्चालन भएको उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा बालकालिका सेवा केन्द्रमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ । प्रहरी नायब उपरीक्षक विनोद कुमार सुनुवारको प्रमुख आतिथ्यतामा सञ्चालन भएको तालिममा मनोविमर्शकर्ता स्वस्तिकमा पोखरेलले सहभागी प्रहरी कर्मचारीहरूलाई मनोसामाजिक परामर्श सम्बन्धी बिभिन्न विषयमा शिक्षण प्रदान ग

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 116 पटक पढिएको
  • सुन प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौँ / गत साउन ३ गते राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट ठूलो मात्रामा बरामद गरेको सुन प्रकरणमा जरैसम्म पुगेर  अनुसन्धान गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबनि गरि दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकमा उनले सुन प्रकरण लगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पुर्‍याउन सरकार दृढ रहेको स्पष्ट पारे । हाल सम्म उक्त प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् । बैठकमा पार्टीका उ

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 134 पटक पढिएको
  • झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

    बिर्तामोड / झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीलले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका- ९ बस्ने २३ वर्षीय प्रवास राजवंशी रहेका छन् । राजवंशीले ती किशोरीलाई गत असार १८ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका राजवंशीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 248 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.