समाचार

    Showing 19,911-19,920 of 26,731 items.
  • चित्लाङदेखि काठमाडौंका लागि छुटेको सुजुकी भ्यान चन्द्रागिरिमा दुर्घटना हुँदा २ जनाको मृत्यु

    काठमाडौँ / चित्लाङदेखि काठमाडौंका लागि छुटेको  बा १० च ३५४६ नम्बरको सुजुकी भ्यान चन्द्रागिरिमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  चन्द्रागिरि नगरपालिका -४ चुनदेवीनजिकैको कच्ची सडकमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थानकोट प्रहरी वृत्तका डीएसपी नारायण अधिकारीले जानकारी दिए । मृतकहरूको पहिचानको भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका तीन जनाको उद्धार गरिएको जानकारी उनले दिए । गाडीमा चालकसहित ५ जना सवार थिए । थानकोटबाट डीएसपी अधिकारीसहितको टोली घटनास्थलमा पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 119 पटक पढिएको
  • अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं /  अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  तामाङ समुदायको विवाहलाई लिएर उनले दिएको अभिव्यक्तिले उनी विवादित बनेकी थिइन् । उनको अभिव्यक्तिविरुद्ध संसद्‌मा समेत आवाज उठेको थियो ।प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।उनीविरुद्ध तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका थिए । जातीय भेदभाव सहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ । पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 193 पटक पढिएको
  • कोरम नपुगेको भन्दै स्थगित भएको लेखा समितिको बैठक आइतबारलाई तोकियो

    काठमाडौँ / प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिमा कोरम नपुग्दा बैठक स्थगित भएको छ । शुक्रबार बिहान साढे ११ बजे बसेको बैठकमा आवश्यक गणपूरक सङ्ख्या १४ जना संसद् नपुग्दा बैठक बस्न नसकेको हो । बैठकमा सहभागी हुन १३ जना सांसद सहभागी थिए । बैठकका लागि  सहभागी हुने जानकारी गराएका सांसदहरू श्याम कुमार घिमिरे, गोकुल बाँस्कोटा नआएका कारण बैठक स्थगित भएको संसद् सचिवालयका एक कर्मचारीले जानकारी दिए । आजको बैठकमा समितिको आन्तरिक कार्यविधि र आएका उजुरीहरूका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । बैठक स्थगित भएपछि अर्को बैठक आइतबारका लागि तोकिएको छ ।

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 121 पटक पढिएको
  • प्रहरीमा चार दिनको अवधिमा २ सय ८६ जनाको बढुवा सिफारिस

    काठमाडौं / नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उप- समूह तर्फका विभिन्न दर्जाहरूमा गरी जम्मा २ सय ८६ जनाको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ । यही साउन ४ देखि ७ गतेसम्म चार दिनको छोटो अवधिमा जनपद समूह तर्फका २ वटा पद र प्राविधिक तर्फका विभिन्न २२ वटा पद गरी जम्मा २४ वटा पदमा २ सय ८६ जनाको बढुवाका लागि सिफारिस सूची प्रकाशन गरिएको हो । नेपाल प्रहरीले प्रहरी कर्मचारीहरूको जेष्ठता, उत्कृष्टता, कार्यक्षमता मूल्याङ्कन, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव लगायत प्रहरी संगठनको नीतिअनुरूप तोकिएको मापदण्डको आधारमा निष्पक्ष एवं पारदर्शी रूपमा बढुवा सिफारिस गरे

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 190 पटक पढिएको
  • २२ वर्षीया युवतीमाथि बलात्कारको प्रयास गर्ने इन्जिनियर पक्राउ

    काठमाडौं / आफ्नै घरमा घरायसी कामदारका रूपमा कार्यरत २२ वर्षीया युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वरिष्ठ इन्जिनियर हरिकुमार पोखरेल रहेको प्रहरीले जनाएको छ । त्रिपुरेश्वरबाट पक्राउ परेका पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए । इन्जिनियर पोखरेल सडक विभागअन्तर्गत मध्यपहाडी (पुष्पलाल) राजमार्गका आयोजना निर्देशक हुन् ।पीडित युवतीले केही समय अगि सामाजिक सञ्जालमा आफूमाथि भएको बलात्कार प्रयासको एक मिनेटको भिडियो नै सार्वजनिक गरेकी छन् ।

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 267 पटक पढिएको
  • सप्तरीमा एक पुरुष मृत फेला , हत्या भएको आशंका

    झापा  / सप्तरीमा एक युवक मृत फेला परेका छन् । आज बिहान युवकको शव भेटिएको हो । हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका  २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको हो ।प्रहरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका- ७ मनसापुरस्थित भित्री सडक किनाराको नहरमा मण्डल मृत फेला परेका हुन् । शवको प्रकृति हेर्दा उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको देखिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।‘उनको अनुहार र शरीरमा रगत देखिएको छ । घटनाको प्रकृति हेर्दा हत्या नै भएको देखिन्छ,’ सिंहले भने । तिरिकनारायणका साथी हनुमाननगर कंकालिनी- ११ का अजय मण्डल गम्भीर घाइते अवस्थामा

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 146 पटक पढिएको
  • करेन्ट लागेर सुनसरीमा एक बालकको मृत्यु

    बिर्तामोड / सुनसरीको दुहबी नगरपालिका- २ स्थितमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । हिजो साँझ साढे ७ बजे आफ्नै घरमा सिटी सफारी चार्जमा हाली राखेको अवस्थामा कुसुम लाला साहको छोरा ३ वर्षीय दिनेश शाह सोही सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागि घाईते भई उपचारको लागि विराट टिचिङ हस्पिटल लगिएकोमा उनको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 144 पटक पढिएको
  • लागूऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ

    बिर्तामोड / कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगतको पीआइटि समुह र इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगर सहित छ जनालाई पक्राउ गरेको छ । हिजो सुनसरीको धरान उप- महानगरपालिका- ८ स्थितमा लागूऔषध बिक्री बितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआइटि समुहबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ वर्षीय साजन बि क ,३३ वर्षीय सिताराम तामाङ, ४२ वर्षीय जनक राई, ३५ वर्षीय रबिन बराइली र २४ वर्षीय आलोक मगरलाई  २ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी मोरङको रंगेली नगरपालिका- ४ स्थित इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएक

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 203 पटक पढिएको
  • दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु

    बिर्तामोड / खोटाङ र तेह्रथुमको दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो १ बजे खोटाङको खोटेहाङ गाउपालिका- ६ कच्ची सडक खण्ड स्थितमा खोटाङ बजारबाट रसुवातर्फ जादै गरेको ना. ६ त २४६६  नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल झरी दुर्घट्ना हुँदा घाईते भएका ट्याक्टर चालक खोटेहाङ- ३ का २३ वर्षीय पवन तामाङलाई उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । त्यसैगरी तेह्रथुमको आठराई गाउँपालिका- ६ स्थित बा. ६८ प ५८३८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका आठराई -३ का २५ वर्षीय नबिन थिङलावुको फिदिम अस्पतालतर्फ लादै

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 153 पटक पढिएको
  • अवैध रूपले नेपाल ल्याइँदै गरिएको ४२ लाखको मोबाइल डिस्प्ले सहित १ भारतीय पक्राउ

    काठमाडौं / अवैध रूपले भन्सार छली नेपाल भित्र्याइएका ४१ लाख ८१ हजार रुपैयाँ बराबरका मोबाइल डिस्प्ले सहित एक जना पक्राउ परेका छन्  । बुधवार सशस्त्र बलको टोलीले बाँके जिल्लाको कोहलपुर नगरपालिका -११ स्थित कृषिबजार चोक नजिकैबाट उक्त परिमाणका मोबाइल डिस्प्लेसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।भारत घर बताउने ३६ वर्षीय नावेद अलीलाई ३० नम्बर बागेश्वरी गण बाँके र राजश्व चुहावट नियन्त्रण सुरक्षा बेस कोहलपुरले नियन्त्रणमा लिएको उल्लेख छ ।  से ७ प ८९९९ नम्बरको मोटरसाइकलमा सवार अलीले विभिन्न ब्रान्डका मोबाइलका डिस्प्लेको बिल बिजक फेला नपरेपछि नियन्त्रणमा लिइएको हो । अलीलाई बरामद डिस्प्ले तथा मोटर

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 244 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.