समाचार

    Showing 19,921-19,930 of 26,731 items.
  • विभिन्न समयमा बरामद भएका ८ हजार ८ सय ९६ थान अवैध हतियार नष्ट

    काठमाडौं / प्रहरीले विभिन्न समयमा बरामद गरेका ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरेको छ । कानून बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार बुधबार कानून बमोजिम नष्ट गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो ।नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक समेतका प्रतिनिधिहरू, गृह मन्त्रा

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 162 पटक पढिएको
  • कल बाइपासमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

    काठमाडौं / अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको अभियोगमा ३ जनालाई कञ्चनपुर भीमदत्त नगरपालिका- १८ क्याम्पस रोड ५ नम्बर गल्लीबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, कञ्चपुर दोधार चाँदनी नगरपालिका- ७ घर भएका ४० वर्षीय प्रविण खड्का र भीमदत्त नगरपालिका- १० जिमुवा महेन्द्रनगर घर भएका ४७ वर्षीय दीपक सिंह बोहरा रहेका छन् । उक्त गल्लीमा गैह्र- कानुनी रुपमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 146 पटक पढिएको
  • कुवेतमा बम विष्फोटमा दोषी ठहरिएका ५ जनालाई मृत्युदण्ड

    एजेन्सी / कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ । उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए । कुवेति अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ । मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ । लागू औषध तस्करीमा एक जना श्रीलङ्काली नागरिकलाई पनि मृत्युदण्ड दिइएको छ । उनीहरू सबैलाई झुन्ड्या

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 156 पटक पढिएको
  • एनएमबी बैंक लुटपाटमा संलग्न एक भारतीय युवक पक्राउ

    झापा / महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते १५ लाख लुटेको घटनामा साफी संलग्न थिए । चार/पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राही समेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए । साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 139 पटक पढिएको
  • प्रहरी नै एक लाख घुससहित पक्राउ

    काठमाडौं / काठमाडौंको बुढानिलकण्ठबाट एक जना प्रहरी हवल्दार एक लाख घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ प्रहरी हवल्दार विष्णु सिंहलाई एक लाख घुससहित पक्राउ गरेको हो । सिंह प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत छन् ।कुख्रे खोलाको ढल तथा सरसफाइ र निकास गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजीकरण गर्न घुस लिएको आरोपमा सिंहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । टंगलास्थित अख्तियार मुख्यालयबाट खटिएको टोलीले उनलाई बुढानीलकण्ठ नगरपालिका–२ बासिकबाट पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 149 पटक पढिएको
  • फिदिममा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

    बिर्तामोड / बिर्तामोडबाट ताप्लेजुङका लागी  हिँडेको जिप पाँचथरको फिदिम दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । गत मङ्गलवार मेची राजमार्गको पाँचथर खण्ड अन्तरगत फिदिम नगरपालिका -२ साम दिनमा भएको  दुर्घटनामा परि गम्भिर घाइते भएकी २६ बर्षिया इसेटिमा सेर्पाको मृत्यु भएको हो । झापाको बिर्तामोड स्थित बि एण्ड सी अस्पतालको आइसियुमा उपचाररत उनलाई चिकित्सकले बिहीबार बिहान २ बजे मृत घोषणा गरेका थिए । उनीसँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो । उक्त दुर्घटनामा परेका फिदिम नगरपालिका -१० की ४० वर्षीय सविना विश्वकर्मा र ताप्लेजुङको मैवाखोला -१ ढुङगेसाँगुका ४५ वर्षीय जितेन्द्रमणी विक्र

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 136 पटक पढिएको
  • ठगी प्रकरणमा श्रीमतीको पनि संलग्नता देखिएपछि सोमराजकी श्रीमती पक्राउ

    बिर्तामोड / प्रहरीले सोमराज विश्वकर्मा ठगी प्रकरणमा उनकी श्रीमतीलाई पनि पक्राउ गरेको छ । झापा गौरादहका सुनचाँदी व्यवसायी सोमराजको ठगी प्रकरणमा उनकी श्रीमती सुभद्रा विश्वकर्मालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालका अनुसार अनुसन्धानको क्रममा श्रीमतीको पनि संलग्नता देखिएपछि इलाका प्रहरी कार्यालय दमकले उनलाई (हिंजो) बुधबार घरबाट नै पक्राउ गरेको हो । सोमराज विरुद्ध साढे २४ करोड ठगी गरेर फरार भएका आरोप रहेको छ ।  पक्राउ परेकी सुभद्रा विश्वकर्मा विरुद्ध पनि ५/६ जना पीडितले किटानी जाहेरी दिएको र जाहेरी बढ्ने क्रममा रहेको प्रहरी

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 216 पटक पढिएको
  • अर्थमन्त्री महतद्धारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

    काठमाडौं / केही दिनअघि मात्र ठूलो मात्रामा विमानस्थल बरामद भएको सुनको विषयलाई लिएर अर्थमन्त्री प्रकाशशरण महतले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । उक्त सुन तस्करको अनुसन्धान जारी भइरहेको समयमा उनले विमानस्थलको निरीक्षण गरेका हुन् ।  विमानस्थल पुगेका उनले भन्सारका कर्मचारीहरूसँग सोधपुछ समेत गरेका छन् । विमानस्थलको भन्सारबाटै ठूलो मात्रामा सुन पास भएको घटनापछि त्यसमा संलग्न नाइकेलाई खोजी गर्न सरकारलाई दबाब परेको छ । 

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 101 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि आगामी साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।सभामुख देवराज घिमिरेले एमालेले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेपछि बैठक स्थगित गरेका हुन् । एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गरेको हो ।

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 99 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई ७ दिन म्याद थप

    काठमाडौँ / बालुवाटारस्थित  ललिता निवास जग्गा  प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले बुधबार यो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको  हो । आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । उक्त प्रकरणमा हालसम्म २२ जना पक्राउ परिसकेका छन् । उनीहरुविरुद्ध मुलुकी ऐन २०२० अन्तर्गत सरकारी कीर्तेको कसुरमा अनुसन्धान अघि बढाइएको छ । यो प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 150 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.