समाचार

    Showing 19,931-19,940 of 26,731 items.
  • विषालु च्याउको सेवनले दुई जनाको मृत्यु

    झापा / नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका- ६ मा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जंगली च्याउ खाँदा मृत्यु भएको बताए । उनीहरूले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ  पकाएर खाएका जनाइएको छ ।  जंगली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरूको उपचारपछि निको भएका छन् । बिरामी भएका लिला  र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चित

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 113 पटक पढिएको
  • पाँचथर जिप दुर्घटना अपडेट : घाइतेमध्ये एक जनाको उपचारको क्रममा मृत्यु

    झापा / मंगलबार बिर्तामोडबाट ताप्लेजुङका लागी हिँडेको जिप पाँचथरको फिदिम नगरपालिका–२ कृष्णमन्दिर नजिकै जिप (बोलेरो) दुर्घटनामा परेका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–१० याङनाम की ४० वर्षीया सविना बिक रहेकी छिन् ।दुर्घटनामा परि सख्त घाइते भएकी उनलाई थप उपचारका लागी बिर्तामोड स्थित बि एण्ड सी अस्पताल ल्याइएको थियो । उनको गए राति उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता मिलन थापाले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा परि घटना स्थलमै मृत्यु हुनेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम बनेम रह

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 193 पटक पढिएको
  • स्रोत नखुलेको २४ लाख १३ हजार नगद सहित एक जना पक्राउ

    झापा / स्रोत नखुलेको २४ लाख १३ हजार नगद सहित कपिलवस्तुबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ४७ वर्षीय सुनिल कुमार गुप्ता रहेका छन् ।अवैध रुपमा कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले कपिलवस्तु नगरपालिका–१ स्थित नयाँ टोलबाट विभिन्न दरको २४ लाख १३ हजार २ सय ५५ नेपाली रुपैयाँ र विभिन्न दरको १४ लाख ९४ हजार ९ सय २० भारतीय रुपैयाँसहित गुप्तालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 167 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान कार्यालयका अनुसन्धान निरीक्षक मृत्यु

    झापा / सर्लाहीको ईश्वरपुर नगरपालिका- ९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निर्देशकको मृत्यु भएको छ  फुलजोर त्रिभुवननगर हुलाकी सडक अन्तर्गत ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा भएको उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका–६ बयलवास घर भएका राष्ट्रिय अनुसन्धानका अनुसन्धान निरीक्षक २९ वर्षीय वसन्त साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।राष्ट्रिय अनुसन्धान कार्यालय मलङ्गवामा कार्यरत अनुसन्धान निरीक्षक साह मङ्गलबार कार्यालयको काम सकेर घर फर्किँदै गर्दा दुर्घटनामा परेका थिए । उनको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ । दुर्घट

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 181 पटक पढिएको
  • खैरो हेरोइन सहित मेचीनगरबाट एक युवक पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका स्थितबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइन सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका वडा नं -४ आइतबारेका २७ वर्षीय धिरज हिमाङ् रहेका छन् ।मंगलबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको हिमाङ्लाई चेकजाँच गर्दा लगाएको जुत्ता भित्र लुकाएको  ३५ ग्राम खैरो हेरोइन सहित फेला परेको थियो । पक्राउ परेका हिमाङ्लाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 153 पटक पढिएको
  • आज यी स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी ,बागमती,गण्डकी,लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भु- भागका केही स्थानहरूमा तथा बाँकी भू- भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । तसर्थ यसकारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू- क्षयका जस्त

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 99 पटक पढिएको
  • रञ्जिता प्रसाईँको स्वरमा ‘धोका भयो’ सार्वजनिक

    बिर्तामोड / इटहरीकी रञ्जिता प्रसाईँको स्वरमा रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक भएको छ । सुवास कार्की को शब्द रचनामा गीत तयार गरिएको हो । विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई थ्रि एस स्टुडियो काठमाडौंमा रेकर्डिङ गरिएको हो ।गीतलाई गायिका प्रसाईँको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ । सुरुमा अडियो निकाल्ने र केही समयपछि यसको भिडियो निकाल्ने सोच रहेको गायिका प्रसाईँले बताइन् । गीतमा धोका पाएपछिको वेदना पोखिएको र अहिलेका युवा पुस्तालाई लक्षित गरिएको बताइएको छ ।प्रेम र बिछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ । गीतमा मिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 122 पटक पढिएको
  • निर्माण व्यवसायीले बुझाए जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    भद्रपुर / नेपाल निर्माण व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतको अगुवाइमा विभिन्न माग सहित आज प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । व्यवसायीहरूले ज्ञापनपत्रमा निर्माणको कार्य रकम भुक्तानी गर्नुपर्ने , सरकारबाट जारी भएको म्याद थपको संशोधन गरि सम्पूर्ण आयोजनाहरू एकमुष्ठ रूपले म्याद थप गर्न पुन आदेश जारी गर्नु पर्ने जस्ता ९ बुँदे मागहरू राखेका छन् । सरकारले ज्ञापनपत्रलाई चासोका साथ नलिए सरकार विरुद्ध प्रदर्शन गर्ने कुरा समेत उल्लेख गरिएको छ ।&

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 133 पटक पढिएको
  • बिर्तामोडबाट ताप्लेजुङका लागी हिँडेको जिप फिदिममा दुर्घटना : १ को मृत्यु, १३ जना घाइते

    बिर्तामोड / झापाको बिर्तामोडबाट ताप्लेजुङका लागी हिँडेको जिप फिदिममा दुर्घटना हुँदा १ जनाको मृत्यु  भएको छ । मेची राजमार्गस्थित सामदिनमा मंगलबार मे १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाइते  भएका छन् । मृतक पुरुषको भने पहिचान खुलिसकेको छैन । घाइते १३ जनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर अवस्था रहेका घाइते सविना विश्वकर्मा र मिना लिम्बूलाई थप उपचारका लागि झापा ल्याइएको  र बाँकीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता मिलन थापाले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 193 पटक पढिएको
  • भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई

    काठमाडौं / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई दिएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले पाण्डेलाई भन्सार प्रमुखको जिम्मेवारी दिएका हुन् । निजामती राष्ट्रिय किताबखानाको महानिर्देशक रहेका पाण्डेको गत बिहीबार अर्थ मन्त्रालयका सरुवा भएको थियो । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख रहेको अरुण पोखरेल भदौ १५ गतेसम्म बिदामा बसेका छन् । पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरिएको छ । पोखरेल बिदामा रहेकै बेला ३ साउनमा विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । 

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 152 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.