समाचार

    Showing 19,941-19,950 of 26,731 items.
  • अवैध रूपले भारततर्फ लैजाँदै गरेको ८ लाख ७५ हजार मुल्य बराबरको सुर्तीजन्य सामान बरामद

    बिर्तामोड / इलामको  जिल्लाको सूर्योदय नगरपालिका - २ चारमाईल स्थित सीमा इलाकाबाट हिजो सशस्त्र प्रहरीले करिब ८ लाख ७५ हजार रुपैयाँ बराबरको सुर्तीजन्य सामान बरामद गरेको छ । नेपालबाट अवैध रूपले भारततर्फ लैजाँदै गरेको उक्त मूल्य बराबरको खुकुरी चुरोट १७ कार्टुन र शिखर चुरोट २ कार्टुन प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगर इलामले बरामद गरेको हो । सामान लैजाँदै गरेका व्यक्तिहरू भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सोही ठाउँमा सामान छाडी फरार भएका थिए । बरामद सामान पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 197 पटक पढिएको
  • मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

    काठमाडौं / मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका- २७ घर भई हाल काठमाडौं महानगरपालिका- ८ गुह्येश्वरी पञ्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको  छ ।सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारी अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनी पीडितहरूलाई अन्यत्र देशमा लगी अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिने जस्ता आपराधिक कार्यमा संलग्न रहेको खुल्न आएपछि तामाङलाई नेपाल प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । कमल तामाङ

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 153 पटक पढिएको
  • देउवाले बोलाए पदाधिकारी बैठक

    काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले आज अपराह्न चार बजे आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन् । केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि काठमाडौंमा जारी छ । विभिन्न निर्णय गर्दै भोलि बैठक समापन गर्ने तयारी छ । निर्णयको तयारीका लागि आज एक दिन केन्द्रीय समिति बैठक रोकिएको छ । एक वर्षपछि बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 95 पटक पढिएको
  • झापामा जेठयता मात्रै पानीमा डुबेर १० जनाको मृत्यु

    बिर्तामोड / झापामा जेठ महिना यता पानी डुबेर मात्रै १० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको विवरण अनुसार २०८० जेठ १ गते देखी हालसम्म पानीमा डुबेर मृत्यु र मृत अवस्थामा भेटिएको संख्या १० जना पुगेको हो ।  प्रहरीले झापा शिवसताक्षी नगरपालिका वडा नं १० बस्ने मन बहादुर राईको छोरी अन्दाजी २६ वर्षीया कमला राईलाई गाई, बस्तु चराउन गएको बेला कनकाई सिँचाइ नहरको शाखा नहरमा घोप्टो परेको अवस्थामा मृत फेला पारेको थियो ।इलाम माई नगरपालिका वडा नं ८ स्थित रहेको सतासी झर्नाको दहमा साथीसँग घुम्न भन्दै गएका झापा कमल गाउँपालिका वडा नं ५ पाडाजुँगी बस्ने टेक बहादुर भण्डारीको छोरा वर्ष २१ को नि

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 146 पटक पढिएको
  • मोरङ र झापाका छुट्टा छुट्टै स्थानबाट अवैध लागूऔषध सहित ५ जना पक्राउ

    बिर्तामोड / मोरङ र झापाका छुट्टा छुट्टै स्थानहरूबाट अवैध लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।हिजो दिउँसो पौने १२ बजे विराटनगर महानगरपालिका -१६ हुलास चौक स्थितमा भारतबाट नेपाल तर्फ आँउदै गरेको पैदल यात्री झापाको कमल गाउँपालिका - ६ का विवेक ग्वालालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लुपिजेशि, एभिल, फेनारागन र डाइजोपाम गरी जम्मा २६ एम्पुल लागुऔषधी फेलापारि नियन्त्रणमा लिएको हो । यसैगरी हिजो राती १० बजे इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मोरङको पथरी शनिश्चरे नगरपालिका - १ रत्नचोक स्थितबाट स्थानीय २१ वर्षीय शैलेश गुरुङलाई शंका लागी चेकजाँच गर्दा

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 139 पटक पढिएको
  • मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बिर्तामोडका युवराज अधिकारी मृत्यु

    बिर्तामोड / पाँचथरको फिदिममा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बिर्तामोड नगरपालिका -८ निवासी २४ वर्षीय युवराज अधिकारी रहेका छन् । आज बिहान करिब २ बजेको समयमा सामदिन स्थित फिदिम इन रेष्टुरेन्टबाट फिदिम बजारतर्फ आँउदै गरेका अधिकारी सवार प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मोटरसाइकल सडकमै भेटिएपनि उनको शव भने करिब १० मिटर तल खसेको थियो । मृतक अधिकारी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरमा कार्यरत कर्मचारी थिए । 

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 396 पटक पढिएको
  • ठगी गरेको अभियोगमा दुई जना पक्राउ

    काठमाडौं / प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा अन्य प्रमुख नेताहरूसँग चिनजान रहेको भन्दै विश्वास दिलाइ पीडितबाट ४५ लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका- ८ बस्ने ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र २३ वर्षीय विशाल खनाल रहेका छन् । उनीहरूले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाई विभिन्न कागजातहरूमा सही छाप गराई उक्त रकम ठगी गरेको तथा ना ४ च ८६७० नम्बरको स्कारपियो जिप समेत लिई फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं कोटेश्वरबा

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 109 पटक पढिएको
  • झापामा चिया मजदुरले बझाए जिल्ला प्रशासन कार्यालय प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    भद्रपुर / झापाको भद्रपुर नगरपालिका अन्तरगत चिया बगानमा काम गर्ने मजदुरहरूले न्यूनतम पारिश्रमिक (ज्याला ) वृद्धि  गरिनु पर्ने माग राख्दै आज विरोध प्रदर्शन सहित  प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । हाल दिदैँ गरेको पारिश्रमिकले जीवन यापन गर्न असहज भएको भन्दै उनीहरूले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । आज भद्रपुर नगरपालिका भरि १२० भन्दा बढि मजदुरहरू भेला भएर विभिन्न नारा सहित प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा  लामो समय अगिबाट चिया मजदु

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 192 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरण : थप दुई जना पक्राउ

    काठमाडौं / ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा उनीहरूलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए । यो सहित ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 162 पटक पढिएको
  • बिर्तामोडमा नाबालक मृत फेला

    बिर्तामोड / झापाको बिर्तामोडमा एक नाबालक मृत फेला परेका छन् । बिर्तामोड- ७ मा बस्दै आएका रवि भनिने खाजुल मियाका २ वर्षीय छोरा मोहमद आज बिहान मृत फेला परेका हुन् । स्वास्थ्य स्थिति असामान्य रहेका उनी हजुरबुबासँगै सुतेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । केही दिनअघि आमाले नाबालकलाई बुबाको जिम्मा लगाएर सम्पर्क विहीन भएको स्थानीयवासीले बताए । आमा सम्पर्क विहीन भएपछि उनी बुबासँगै बस्दै आएका थिए । घटनास्थलमा प्रहरी पुग्दा नाबालकको घाटीमा कमिला धेरै कमिला देखिएको बताइएको छ । मृतक नाबालकको शवलाई पोस्टमार्टमका लागि धरान घोपा पठाइए साथै घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 315 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.