समाचार

    Showing 19,951-19,960 of 26,731 items.
  • शान्ति सामुदायिक वनको नेतृत्व चयनको विवाद सतहमा

    मोरङ / मोरङको पथरी शनिश्चरेमा रहेको शान्ति सामुदायिक वनको आगामी नेतृत्व चयनको विवाद सतहमा आएको छ । समितिका ३ जना पदाधिकारी नरहेको अवस्थामा हालका समितिले अधुरो समितीमा मनोनयन गर्ने आफु अनुकुल विधान संसोधन र परिमार्जन गर्ने गरेका कारण टोल कमान्डर सहितका उपभोक्ताले असहमति जनाउदै सम्बन्धीत निकायलाई संयुक्त खबरदारी पत्र बुझाएका छन । समितिले टोल कमाण्डर, लेखा समिति संयोजक र सल्लाहकार सहित पटक पटक गरेको निर्णय र वडाध्यक्ष सहितले गरेको छलफललाई बेवस्था गर्दै समितिका केही ब्याक्तीको हितमा निर्णय गरेको बताएका छन । हाल कार्यसमितिमा रहेका पदाधिकारीहरूको एकलौटी हस्तक्षेपका कारण विवाद उत्पन्न भएको

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 79 पटक पढिएको
  • लामखुट्टेको बासस्थान नष्ट गर्न पथरीमा सामूहिक अभियान सञ्चालन

     पथरी /सरोज निरौला पथरी शनिश्चरे वडा नं -१ ले बढ्दो डेङ्गु रोगको प्रकोप नियन्त्रण गर्न लामखुट्टेको बासस्थान नष्ट गर्न सामूहिक अभियान सञ्चालन गरेको छ । आज वडा नं १ को मुख्य सडक गोर्खा डिपार्टमेन्ट स्टोरबाट सुरु गरी पश्चिम बस स्टेन्ड हुँदै पुनः गार्खा डिपार्टमेन्ट सम्म अभियान सञ्चालन गरिएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्बापो, वडा अध्यक्ष भीमकुमार राई, वडा सदस्यहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योगी, व्यापारी साथै राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।अभियानको उद्घाटन गर्दै नगर प्रमुख मोहन प्रसाद तुम्वापोले डेङ्गु रोगले अकालमै मार्न सक्ने भएकाले यसबाट बच्न सबैले लामखुट्टेक

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 138 पटक पढिएको
  • श्रमिकहरूको आशु पुच्छ्ने रुमाल बन्न, मेरो उम्मेद्वारी: गणेश कार्की

    सरोज निरौला मोरङ / गैरआवासीय नेपाली संघ कतारको आगामी २०२३–२०२५ को सचिव पदमा गणेश कार्कीले उम्मेदवारी घोषणा गर्नुभएको छ । “गैरआवासीय नेपाली संघ कतारको शुद्धता, श्रमिकहरूको हितमा काम गर्ने प्रतिबद्धता” भन्ने मुल नारा लिएर कार्कीले यो बर्ष सचिव पदमा आफ्नो उमेदवारीको दाबेदारी प्रस्तुत गर्नुभएको हो ।२०३८ सालमा भोजपुर जिल्लामा जन्मनुभएका कार्कीले नेपाल आर्मीको स्पेसल फोर्समा रहेर ८ वर्ष काम गर्नुभयो । वैदेशिक रोजगारीको क्रममा साउथ अफ्रिका, साउदी अरब हुँदै २०१६ देखी कतारमा रहँदै आउनुभएको छ । कतारमा वैचारिक संगठन विवेकशील साझा पार्टीको झण्डै अढाई वर्ष अध्यक्ष पदमा रही समाज सेवामा निरन्तर लागी परि

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 117 पटक पढिएको
  • झापामा पानीमा डुबेर ७ वर्षीय बालकको मृत्यु

    बिर्तामोड / झापाको झापा गाउँपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा- ४ ग्रामथानका गौतम कुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेश रहेका छन् । उनको नेपाल-भारत सिमा नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।आइतबार अन्दाजी १२ बजे डेनिस खेल्नेक्रममा पानीमा डुबेका थिए । उनलाई तत्कालै उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा पुर्याउन साथ अस्पतालले मृत घोषित गरेको थियो ।

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 174 पटक पढिएको
  • सुजुकी फ्रोङ्क्स र जिम्नीको मूल्य सार्वजनिक

    काठमाडौं / नेपाली बजारमा उपलब्ध सुजुकीका दुई मोडल फ्रोङ्क्स र जिम्नीको मूल्य सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले यी दुई सवारी साधनको मूल्य सार्वजनिक गरेको हो ।केही दिन पहिले देखि नै बुकिङ खुला गरिएको यी दुई सवारी साधनको मूल्य साउन ८ गते सार्वजनिक गर्ने पहिले नै घोषणा गरिएको थियो ।सुजुकी जिम्नी दुई भेरियन्टमा उपलब्ध हुनेछ । ती मध्ये जिम्नी जेटाको मूल्य ५९ लाख ९९ हजार र जिम्नी अल्फाको मूल्य ६४ लाख ४९ हजार रुपैयाँ हुनेछ ।त्यसैगरी सुजुकी फ्रोङ्क्स तीन भेरिएन्ट सिग्मा, डेल्टा र डेल्टा प्लस भेरिएन्टमा उपलब्ध हुनेछ । यी भेरिएन्टको मूल्य क्रमशः ३९ लाख ९९ हजार, ४१ लाख ९९ हजार र

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 121 पटक पढिएको
  • रिलिज अघि नै करण जोहरको फिल्म ‘रकी और रानी’ को कमाइ १६० करोड

    एजेन्सी / बलिउड निर्देशक तथा निर्माता करण जोहरको फिल्म ‘रकी और रानी की प्रेमकथा’ यही आउँदो जुलाई २८ मा हलमा रिलिज हुँदैछ । फिल्मले भने रिलिज अगावै बजेटको ९० प्रतिशत लगानी रिकभर गरिसकेको छ । बलिउड सञ्चारमाध्यमका अनुसार १६० करोडको बजेटमा बनेको यो फिल्मको प्रिन्ट र पब्लिसिटीमा १८ करोड रुपैयाँ खर्च भएको छ । यस्तो अवस्थामा फिल्मको कुल लागत १७८ करोड भारु हुन्छ ।फिल्मले अहिलेसम्म डिजिटल राइट्सबाट ८० करोड र स्याटेलाइट राइट्सबाट ५० करोड कमाएको छ । यसबाहेक निर्माताले यसको संगीत अधिकार ३० करोडमा बेचेका छन् । यी सबै सहित अहिलेसम्म १६० करोड रुपैयाँ असुल भइसकेको छ । यसरी हेर्दा फिल्म बक्स अफिसमा सुरक्षित अव

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 110 पटक पढिएको
  • सवारी ज्यान मुद्दामा फरार रहेका झापा गौरादहका कार्की पक्राउ

    बिर्तामोड / सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका वडा नं १ का ५५ वर्षीय चित्र बहादुर पृथ्वीबहादुर कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । झापा जिल्ला अदालतको मिति २०७८/१२/१० गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा फरार रहेका प्रतिवादी कार्कीलाई शुक्रवार पक्राउ गरी शनिवार फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको  हो । फरार प्रतिवादी कार्कीलाई २ महिना कैद २ हजार जरिवाना र दुई सय रुपैयाँ  पीडित राहत कोष

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 146 पटक पढिएको
  • पहिरोमा परि २ जनाको मृत्यु , ३ जना घाइते

    झापा / बैतडीको पुर्चौडी नगरपालिका -२ मा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । नगरपालिकाको भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको हो । मृतक अञ्जुका सासूआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन् । मृतक अञ्जुका श्रीमान भने रोजगारीको सिलसिलामा भारतमा रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए । 

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 138 पटक पढिएको
  • दादागिरी शैलीमा उत्रँदै धरानका हर्क मेयर सम्पाङ , अर्काको नम्बरी जग्गामा गरे वृक्ष रोपण

    बिर्तामोड / पछिल्लो समय विभिन्न कारणले विवादित बन्दै गएका धरानका मेयर हर्क साम्पाङले सर्दु जलाधार क्षेत्रको जग्गा भन्दै व्यक्तिले भोगचलन गरिरहेको जग्गामा वृक्षारोपण गराएका छन् । उनले हिजो दादागिरी शैलीमा आएर जग्गाधनीलाई प्रहरीले लछारपछार गर्दै वृक्षारोपण गराइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । मेयर साम्पाङले वृक्षारोपण गराएको जग्गा धरान ४ छोटी मोरङ भन्ने स्थानमा पर्छ । जग्गाको भोगचलन भने स्थानीय रोशन अधिकारीले गरिरहेका छन् । उनको नाममा जग्गाधनी पुर्जासमेत छ । अधिकारी पर्यटन व्यवसायी हुन् । उनले सो जग्गाबाट प्याराग्लाइडिङ उडान गराउने गरेका छन् । अधिकारीले त्यहाँ पक्की घरसमेत बनाएका छन् ।

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 795 पटक पढिएको
  • अब विदेश भ्रमणमा जानेले २५ सय डलर सटही सुविधा पाउने

    काठमाडौँ / विदेश भ्रमणमा जाने नेपाली नागरिकले पाउने सटही सुविधा बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा  भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर दुई हजार पाँचसम्म सटही सुविधा उपलब्ध गराउने भएको हो । हाल त्यस्तो सुविधा अमेरिकी डलर एक हजार पाँच सय बराबर मात्रै थियो । 

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 130 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.