समाचार

    Showing 19,971-19,980 of 26,731 items.
  • चट्याङ लागेर एक वडा सदस्यको मृत्यु

    झापा /  चट्याङ लागेर रोल्पामा वडा सदस्यको निधन भएको छ । मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृतक घर्तीमगरलाई घरमा सुतेको बेला चट्याङ लागेको हो । 

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 130 पटक पढिएको
  • अवैध सुन प्रकरणमा दोषी जोसुकै होस कारबाही गरिन्छ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौँ / उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन् । गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गरिने प्रतिबद्धता जनाएका हुन् ।अनुमगन पछि सञ्चारकर्मीसँग उनले अवैध सुन भित्र्याउने कार्यमा जोसुकै भए पनि कारबाही गरिने र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने जानकारी दिए । भ्रष्टाचार र अपराधका कुरा अनुसन्धानमा कुनै कोट, टार र पार्टी मतल

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 131 पटक पढिएको
  • कांग्रेसका सांसद सुनिल शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

    काठमाडौं / नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् । सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनु पर्ने उनको माग छ । अर्थमन्त्रालय मातहत रहेको राजस्व विभाग र गृहमन्त्रालय मातहतको सुरक्षा निकायले एक क्विन्टल सुन अवैध रुपमा भित्रिएको थाहा नपाउने भन्ने कुरै नहुने उनले बताए ।‘प्रधानमन्त्री जीवनसाथीको निधनमा शोकमा हुनुहुन्छ । यही बेला सय किलो सुन अवैध रुपमा आयो । राजस्व विभाग अर्थमन्त्रालय अन्तरगत पर्छ । सुरक्षा गृहमन्त्रालय मतहत छ । दुवै निकायले थाहा नपाइ सुन आउने कुरा हुँदै

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 131 पटक पढिएको
  • साताको अन्तिम दिन घट्यो सुनको मूल्य

    काठमाडौँ / आज साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात् बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य यस दिन घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १४ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 135 पटक पढिएको
  • करोडौं रकम ठगी गरि फरार भएका झापा गौरादहका विश्वकर्मा पक्राउ

    बिर्तामोड / करोडौं रकम लिएर फरार भएका झापा गौरादह नगरपालिकाका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा पक्राउ परेका छन् । स्थानीयको ३० करोड बढी रमक लिएर फरार भएका विश्वकर्मालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।विगत २० वर्ष अघिदेखि गौरादह बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका विश्वकर्माले स्थानीयको करोडौं रकम लिएर फरार भएपछि उनी विरुद्धमा प्रहरीमा उजुरी परेको थियो । फरार रहेका विश्वकर्मालाई झापा प्रहरीको टोलीले काँकडभिट्टाबाट  पक्राउ गरेको हो ।गौरादहका ५०८ जनाको करिब ३० करोड रकम हिनामिना गरेर उनी फरार भएका थिए । उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितहरूले ठगी मुद्दा दर्ता गरिसकेको वडाध्यक्ष

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 99 पटक पढिएको
  • घाँस काट्न वनमा गएका एक वृद्धको गैँडाको आक्रमणमा परि मृत्यु

    झापा / गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ६ निवासी ७६ वर्षीय नवराज अधिकारी रहेका छन् । बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका र अधिकारीको गैँडाको आक्रमणबाट बिहीबार दिउँसो मृत्यु भएको हो ।घाँस काट्न जङ्गल गएका अधिकारी रातिसम्म पनि घर नफर्किएपछि जङ्गलमा खोजी गर्दा आज बिहान उनको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनको शव घटनास्थलबाट भरतपुर अस्पतालमा पोस्टमार्टमका लागि ल्याइएको छ ।

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 118 पटक पढिएको
  • दाङमा ७३ वर्षीया वृद्धा बलात्कृत : दुई जना पक्राउ

    झापा / दाङको तुलसीपुरमा ७३  वर्षीया वृद्धा महिलालाई बस भित्र सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान जिल्लाको कुमाख गाउँपालिका – ७ का २०  वर्षीय रेशम बिक रहेका छन् । प्रहरीले वृद्ध महिलामाथि बलात्कार गरी रहेकै अवस्थामा तुलसीपुर बसपार्कबाट  नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले बताए । प्यूठान स्वर्गद्वारी नगरपालिकाकी ७३ वर्षीया ती महिला राति अबेर मात्रै तुलसीपुर बसपार्क आइ पुगेकी थिइन् ।आरोपित दुई जनाले सहयोग गर्ने वाहानामा ललाइफकाइ तुलसीपुर – ५ स्थ

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 103 पटक पढिएको
  • सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक सहित २ जना पक्राउ

    काठमाडौं / बुधबार साँझ राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट १०० किलो भन्दा बढी सुन बरामद गरेसँगै सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान र चितवनका अशोक लामा रहेको बताइएको छ । उनी नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । सुन तस्करी प्रकरणमा उनीहरूको संलग्नता रहेको राजश्व अनुसन्धान विभागको दाबी छ । यस अघि प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको छ । 

    • प्रकाशित मितिः साउन ४, २०८०
    • 153 पटक पढिएको
  • अवैध सुनको यकिन तथ्याङ्क आउन एक हप्तासम्म लाग्न सक्ने

    काठमाडौँ / बुधबार साँझ राजश्व अनुसन्धान विभागले पक्राउ गरेको अवैध सुन नेपाल राष्ट्र बैंक मातहतको टक्सार महाशाखा लगिएको छ । महाशाखाका निर्देशक थानेश्वर आचार्यले विभागबाट सुन आइपुगेको र थप अनुसन्धान अघि बढेको जानकारी दिए ।उनले भने, ‘८ प्याकेट सुन आइसकेको छ । प्याकेट सहित जोख्दा कूल १५४ किलोग्राम भएको छ ।’  तर, यी प्याकेटमा कति परिणामको सुन छ भन्ने यकिन तथ्याङ्क आउन भने एक हप्तासम्म लाग्न सक्ने आचार्यले बताए ।‘अहिले ‘ब्रेक प्याड’ सहित १५४ किलोग्राम भएको छ । यसलाई गालेर (पगालेर) जोख्नुपर्छ,’ आचार्यले भने, ‘सम्बन्धित निकायबाट सुन जोख्न ग्रीन सिग्नल आइसकेको छैन ।’ सुन जोख्न अनुमति आएपछि ब्

    • प्रकाशित मितिः साउन ४, २०८०
    • 98 पटक पढिएको
  • रोल्पामा छोरी जन्मने बित्तिकै पाँच हजार खातामा

    झापा / रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए । यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ । बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन । ‘छोरी जन्मिदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ,’ उपाध्यक्ष डाँगीले भने

    • प्रकाशित मितिः साउन ४, २०८०
    • 98 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.