समाचार

    Showing 19,981-19,990 of 26,731 items.
  • सवारी दुर्घटनामा परि गौरादहका दर्जीको मृत्यु

    बिर्तामोड / झापाको दुर्गापुर स्थित भृकुटी स्कुल अगाडि मोटरसाइकल र पानी बोक्ने गाडी एक आपसमा ठोकिएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह बस्ने ३० वर्षीय कुमार दर्जी रहेका छन् । आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ०१-०१६ प५ ०९८ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आँउदै गरेको १००१ च ७४०७ नम्बरको पानी बोक्ने गाडी (छोटा हात्ती) एक आपसमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका दर्जीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता छोटा हात्ती चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान

    • प्रकाशित मितिः साउन ४, २०८०
    • 193 पटक पढिएको
  • अवैध एक करोड २५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रासहित विमानस्थलबाट चारजना पक्राउ

    काठमाडौँ / प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्तोष पन्थी, दिपेश राना, सूर्यमणि भण्डारी र अनिष थापा रहेका छन् । काठमाडौँबाट हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका उनीहरूलाई स्रोत नखुलेको झण्डै एक करोड २५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रासहित गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट विभिन्न देशका १ लाख ६२ हजार भन्दा बढी विदेशी मुद्रा बरामद भएको छ । पक्राउ परेका माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन ४, २०८०
    • 229 पटक पढिएको
  • स्नातक तहमा विद्यार्थी सङ्ख्या घट्न थालेपछि फेरि तीनवर्षे बनाउने तयारीमा त्रिवि

    काठमाडौँ / त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ । हाल चारवर्षे रहेको स्नातक तहको पढाइलाई तीनवर्षे बनाउन भएको व्यापक छलफलपछि त्रिविले यस्तो तयारी गरेको हो । चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि फेरि तीनवर्षे बनाउने तयारी भएको त्रिविको व्यवस्थापन सङ्कायमा डिन प्रा डा डिल्लीराज शर्माले बताए । त्रिविले सबैभन्दा पहिला २०७१७२ सालदेखि व्यवस्थापन संकायबाट स्नातक तहलाई चारवर्षे बनाउन सुरु गरेको थियो । मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा चारवर्षे प्रावधान लागु भएको एक चक्र पनि पूरा भएको छैन । चारवर्षे पढाइका लागि प्रथम ब्याचमा भर्न

    • प्रकाशित मितिः साउन ४, २०८०
    • 151 पटक पढिएको
  • बुधबार साँझ विमानस्थलबाट बरामद भएको सुनको परिमाण आज यकिन गरिँदै

    काठमाडौँ / राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण आज यकिन गर्ने भएको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने जानकारी दिए । घटनाको बहुआयामिक पाटोबाट अनुसन्धान अघि बढाइने पनि उनले जानकारी दिए ।सुन हङ्कङबाट आएको खुले पनि तस्करमा सम्लग्न, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछि मात्र भन्न सकिने  ढुङ्गानाले बताए । सुन ओसारपसारमा संलग्न रहेका ट्याक्सी चालकसहित ६ जनालाई पक्राउ गरिएको छ ।  दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र

    • प्रकाशित मितिः साउन ४, २०८०
    • 240 पटक पढिएको
  • धुलिखेलबाट काठमाडौं जाँदै गरेको बस भक्तपुरको साँगामा दुर्घटना

    झापा / काभ्रेको धुलिखेलबाट काठमाडौं जाँदै  गरेको यात्रुबाहक बस भक्तपुरको साँगामा भिरबाट खसेको छ । बा ३ ख ९३९६ नम्बरको बस साँगा नजिकै झोलुङ्गे पुलमुनि दुर्घटनामा परेको हो । उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा चालकसहित सातजना घाइते भएका छन् । घाइतेमध्ये चारजनालाई मध्यपुर अस्पताल र तीनजनालाई युवामुरा अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी चौकी जगातीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ३, २०८०
    • 110 पटक पढिएको
  • चितवनमा अघिल्लो वर्ष ३९ जनाले लिए अङ्गीकृत नागरिकता

    झापा / जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत ३५ जना र अङ्गीकृत चारजनाले नागरिकता लिएका हुन् । कार्यालयका सूचना अधिकारी आनन्द वंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार ८३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन् ।यस्तै, १३ हजार ६०५ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको उनले जानकारी दिए । सोही समयमा ११ जनाको नागरिकता रद्द गरिएको छ । एक हजार ७०५ जनाले नाबालक परिचयपत्र बनाएको न्यौपानेले जानकारी दिए । कार्यालयको तथ्याङ्कअनुसार राष्ट्रिय परिचयपत्रका लागि ३६ हजार ४४७ जनाले विवरण बुझाएका छन् । गत आवमा जिल्ला प्रशासन कार्यालयबाट २६

    • प्रकाशित मितिः साउन ३, २०८०
    • 100 पटक पढिएको
  • आफ्नै साथीलाई पालैपालो कुट्ने तीन युवती पक्राउ , दुई जना फरार

    झापा / सुनसरी बराहक्षेत्र वडा नं ९ (टोल राजाबास) स्थित चिहान डाँडाको कोशी किनारमा आफ्नै साथीहरूलाई कुटपिट गरी भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने तीन जना युवती पक्राउ परेका छन् । कुटपिट गरेको आरोपमा पाँच जनामाथि जाहेरी परेको थियो, जसमध्ये हालसम्म तीन जना पक्राउ परिसकेका छन् भने दुई जना फरार छन् ।सुनसरी बराहक्षेत्र वडा नं १० प्रकाशपुर बस्ने १९ वर्षीय प्रीति लिम्बू घटना भएकै दिन सुनसरीको महेन्द्रनगरबाट पक्राउ परेकी थिइन् । पक्राउ परेपछि उनीमाथि अभद्र व्यवहार मुद्दा अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ ।त्यसपछि मंगलबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्र

    • प्रकाशित मितिः साउन ३, २०८०
    • 216 पटक पढिएको
  • ब्राउनसुगर डिजिटल तराजु र केही नगद सहित बाह्रदशीका तामाङ पक्राउ

    बिर्तामोड / प्रहरीले अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ३ हजार ६ सय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका- ६ मोतिगडाका ४२ वर्षीय राम बहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले बा २६ प ३६३८ नम्बरको  मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङको साथबाट १ ग्राम २ सय ५० मिलिग्राम र उनको घर तलासी गर्दा १ ग्राम गरी उक्त परिमाणको पदार्थ, तराजु र नगदसहित फेला पारी उनलाई पक्राउ गरेको हो । मंगलबार दिउँसो पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ३, २०८०
    • 139 पटक पढिएको
  • भद्रकुमारी घलेको सेवा सदनमा महानगरले चलायो डोजर

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनमा डोजर चलाइरहेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन बुधबार डोजर चलाएको हो । यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगर प्रहरीले डोजर चलाएको हो । सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्था लगायत संस्था सञ्चालन गर्दै आएको छ । भद्रकुमारी घले सेवा सदनमा बसेका असहाय अशक्त वृद्धवृद्धालाई मानव सेवा आश्रममा पठाइने नगर प

    • प्रकाशित मितिः साउन ३, २०८०
    • 156 पटक पढिएको
  • सिनामंगलमा शङ्कास्पद वस्तु राखेको आरोपमा एक जना पक्राउ

    काठमाडौँ / आज बिहान काठमाडौँको सिनामंगलमा शङ्कास्पद वस्तु भेटिएको थियो । सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शङ्कास्पद बस्तु राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय खजन्ती पासवान रहेको प्रहरीले जनाएको छ । प्रहरीले सिसिटिभी फुटेजका आधारमा पासवानलाई पक्राउ गरिएको बताएको छ । यद्यपि शङ्कास्पद बस्तुमा बम भने नरहेको प्रहरीले जानकारी दिएको हो । उक्त शङ्कास्पद बस्तु प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको छ । 

    • प्रकाशित मितिः साउन ३, २०८०
    • 164 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.