सर्लाही— डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सर्लाही जिल्लाका चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीले जनता माझ लोकप्रियता र स्थानीय मुद्दामा पकड भएका उम्मेदवार अघि सारेको जनाएको छ ।पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ बाट श्रीन्जय महतो, क्षेत्र नम्बर – २ बाट बिपिन कापर, क्षेत्र नम्बर–३ बाट सुनिल प्रसाद गुप्ता र क्षेत्र नम्बर–४ बाट राकेश कुमार मिश्रलाई उम्मेदवार बनाएको छ ।जनमत पार्टी सर्लाहीका जिल्ला इन्चार्ज श्रीचन यादवका अनुसार मधेशको अधिकार, सुशासन, रोजगारी र विकासलाई मुख्य एजेन्डा बनाएर उम्मेदवार छ
काठमाडौं। निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर उनीहरु उम्मेदवार बनेका हुन्।हालसम्म प्राप्त जानकारीअनुसार अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन निर्वाचनमा उम्मेदवार बन्दै छन्।यसअघि उनहरुले वर्तमान सरकारको स्वतन्त्र
सिरहा। उन्नाइस वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार रहेका प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । विसं २०६३ मा भएको उक्त जघन्य अपराधमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका–१२ का ४९ वर्षीय उतिम मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका सूचन अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार २०६३ साल मङ्सिर १३ गते साविक बेलहा गाउँ विकास समिति वडा नं ७ (हाल कल्याणपुर नगरपालिका) की १६ वर्षीया एक बालिका मृतावस्थामा फेलापरेकी थिइन् । अनुसन्धानका क्रममा सोही ठाउँका उतिम मुखियाले ती बालिकालाई प्रेम प्रस्ताव राखेको र बालिकाले प्रस्ताव अस्वीकार गरेपछि आक्रोशमा
दमौली। यहाँको शुक्लागण्डकी नगरपालिका–१ कोत्रेस्थित भित्री सडकमा आज बिहान टिपर दुर्घटना हुँदा गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ ताकुकोटका ४२ वर्षीय टिपर चालक रामबहादुर गुरुङको मृत्यु भएको छ ।कोत्रेबाट थप्रेकतर्फ जाँदै गरेको ग १ क ६४८५ नम्बरको गिटी बोकेको टिपर अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खस्दा चालक घाइते भएका थिए । उनको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा बिहान १०ः५६ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताउनुभयो ।
काठमाडौँ । जाजरकोटको ऐतिहासिक सेतो दरबार फेरि पनि संकटमा परेको छ । १९९० साल र २०४५ सालका विनाशकारी भूकम्पले पटक–पटक क्षतिग्रस्त बनाएको यो दरबार ०७२ सालको भूकम्पपछि झन् जीर्ण अवस्थामा पुगेको छ ।नेपाल सरकारले सूचीकृत गरेका एक सय पर्यटकीय गन्तव्यभित्र पर्ने यो ऐतिहासिक सम्पदा संरक्षणको अभावमा नष्ट हुने जोखिम बढ्दै गएको छ ।तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको शासनकालमा खलङ्गा क्षेत्रको अग्लो स्थानमा निर्माण गरिएको सेतो दरबार जाजरकोट मात्र नभई सिङ्गो कर्णाली प्रदेशकै ऐतिहासिक पहिचान हो ।यसअघि सोही क्षेत्रमा राजा हरि शाहले विसं १८२५ मा निर्माण गराएको रातो दरबार अहिले जिल्ला समन्वय समितिको कार्य
काठमाडौं । राजधानीमा सोमबार सम्पन्न नेवार समुदायका बालिकाहरुबीचको सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा ललितपुरकी सुरवी बज्राचार्यले मिस लिटिल नेवाः ११४५ को उपाधि चुमेकी छन् ।बज्राचार्यले १९ प्रतियोगिलाई पछाडि पार्दै १५औं मिस लिटिल नेवाःको उपाधि चुमेकी हुन् । उनले मिस लिटिल नेवाः ११४५ भएसँगै चम्किलो ताजका साथ नगद २५ हजार रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरेकी छन् ।नेप्लिज फेसन होमको आयोजना र फाइट फर लाइफको सहआयोजनामा आयोजित प्रतियोगितामा काठमाडौंको मैतीदेवीकी कृष्टिना महर्जन फस्ट रनर्सअप भइन् ।उनले मिस ट्यालेन्ट उपउपाधिलाई पनि आफनो बनाएकी छन् । त्यसै गरी कुलेश्वरकी रिपान्सी श्रेष्ठ सेकेण्ड
लुम्बिनी। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । जिल्लामा रहेका पाँचवटै निर्वाचन क्षेत्रमा आज बसेको सर्वपक्षीय बैठकले सबै निर्वाचन क्षेत्रमा अलगअलग समय तालिका निर्धारण गरिएको जनाएको हो । जिल्लामा उम्मेदवार मनोनयनलाई व्यवस्थित र सभ्य बनाउन रुपन्देहीका पाँचवटै निर्वाचन अधिकृतको कार्यालयमा आज आयोजना गरिएका सर्वपक्षीय बैठकले राजनीतिक दल र उम्मेदवारको मनोनयन दर्ताका लागि अलगअलग समय तोकिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म राजनीतिक दलला
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ ।केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फको कूल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ । केन्द्रले हालसम्म ५० प्रतिशत मतपत्रको छपाइ गरिसकेको छ । यस्तै, केन्द्रले आयोगलाई कूल १० लाख ९८ हजार २०० थान मतपत्र उपलब्ध गराइसकेको छ । केन्द्रले पछिल्लो २४ घण्टामा एक हजार ४३१ बाकस मतपत
बेनी। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य राजनीतिक दलले म्याग्दीबाट उम्मेदवारको टुङ्गो लगाएका छन् ।जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोकामगर र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट धु्रव घिमिरेले उम्मेदवारी दिने हुनुभएको छ ।पाँचै जनाले सम्बन्धित पार्टीको तर्फबाट मनोनयनपत्र प्राप्त गरिसक्नुभएको छ । मुख्य दलबाट उम्मेदवारको टुङ्गो लागेसँगै दलहरू आज हुने मनोनयन दर्ताको तयारीमा जुटेका छन् । एमालेबाट उम्मेदवार बन्न लाग्
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् ।जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ ।कार्यालयका अनुसार काठमाडौँ क्षेत्र नं १ को कार्यालय सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा निर्धारण गरिएको छ । क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवनमा कार्यालय स्थापना गरिएको छ ।काठमाडौँ क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकको वडा नं ४ को कार्यालय, क्षेत्र नं ४ को
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.