समाचार

    Showing ११-२० of २६,७९८ items.
  • भोटेकोसीको बाढीले कर्णालीका दुईको मृत्यु, १६८ अझै सम्पर्कविहीन

    सुर्खेत / रसुवा लगायतका जिल्लामा आएको बाढी तथा पहिरोका कारण कर्णाली प्रदेशका अझै १६८ जना सम्पर्कविहीन रहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।कर्णाली प्रदेश प्रहरी प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार बाढी पहिरोपछि कर्णालीका विभिन्न जिल्लाबाट २४८ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएकोमा हालसम्म ७८ जना सम्पर्कमा आएका छन्। सम्पर्कविहीनमध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सल्यानको बागचौर नगरपालिका–१० पिपल नेटाका २० वर्षीय आयुष खड्काको मृत्यु भएको छ। यस्तै, हुम्लाको ताजा कोट गाउँपालिका–२ का नहकुल शर्माको पनि बाढीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ। शर्मा रसुवा भन्सार

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ३०९ पटक पढिएको
  • दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन

    म्याग्दी। म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ । रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर जानुभएका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि जन्मथलो फर्किनुभएको हो । तिलिजालाई परिवारले जीवित हुनुहुन्छ भन्ने आशासमेत गुमाइसकेको थियो । उहाँको फोटोसमेत परिवारसँग थिएन । खोजी गर्ने माध्यम नभएपछि परिवार र उहाँबीचको सम्पर्क पूर्ण रूपमा टुटेको थियो ।मणिपुरको जङ्गलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा नेपालीभाषी सञ्चारकर्मी खेम देवानले तिलिजालाई भेटेपछि उहाँको घर फर्कने बाटो खुलेको हो । गत साउनमा मणिपुर पुगेका देवानलाई स्थानीय मण

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ३५९ पटक पढिएको
  • आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं, भदौ २१ । आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हिमाली तथा पहाडी भू-भागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भू-भागका केही स्थान तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेश प्रदेशका थोरै स्थानमा पनि व

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ३४० पटक पढिएको
  • सुखद खबरको पर्खाइमा

    लमजुङ। बिहानसम्म परिवारसँग फोनमा कुराकानी भइरहेको थियो । घरपरिवारले पनि उहाँहरू काममै हुनुहुन्छ भन्ने ठानेको थियो । तर यही जेठ १० गते बिहान करिब ८ः३० बजेपछि आएको एउटा खबरले बेँसीसहर नगरपालिका–११ का घर्ती परिवारलाई गहिरो पीडामा धकेल्यो, ‘रसुवामा बाढी आएको छ, आयोजनामा कार्यरत राधिका र झपटबहादुरको सम्पर्क टुटेको छ ।”त्रिचालीस वर्षीया राधिका घर्ती र ४५ वर्षीय झपटबहादुर घर्ती श्रीमान्–श्रीमती हुनुहुन्छ । उहाँहरू रसुवास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा करिब १०–१२ वर्षदेखि कार्यरत हुनुहुन्थ्यो । राधिका खाना पकाउने काम गर्नुहुन्थ्यो भने झपटबहादुर सुरुङसम्बन्धी काममा खटिनुहुन्थ्यो । बाढी आएको

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ३९९ पटक पढिएको
  • भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

    रसुवा। नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । ल्हेन्दे खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन हजार ७१ जना अझै सम्पर्कविहीन छन् ।सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढी र पहिरोको चपेटामा परेका एक हजार २२७ नेपाली र ८६ विदेशी पर्यटकको सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा सफल उद्धार गरिएको छ । बाढीका कारण अलपत्र परेका तथा गोसाइँकुण्ड क्षेत्रमा रोकिएका १४५ तीर्थयात्री तथा स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौँतर्फ सुरक्षित स्थानान्तरण गरिए

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ५०४ पटक पढिएको
  • गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादन हुने भएको छ । उक्त निर्माण हुन लागेको जलविद्युत्को लागत करिब रु सात अर्ब ५० करोडभन्दा बढी लाग्ने आध्यनत फन्ड म्यानेमजेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले जानकारी दिनुभयो ।तातोपानी गाउँपालिका–४ को आयोजना र आध्यनत फन्ड म्यानेमजेन्ट लिमिटेड काठमाडौँको सहजीकरणमा आयोजित गिडीखोला जलाशययुक्त जलविद्युत् आयोजनाको सरोकारवालासँगको समन्वय तथा परिचयात्मक कार्यशाला अन्तक्र्रिया कार्यक्रममा सो जलविद्युत्बारे जानकारी दिँदै आध्यनत फन्ड म्यानेमजेन्टका प्रमुख कार्यकारी अधिकृत थापाले गिडीदहको जलाशययुक्त जलविद्य

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ३४९ पटक पढिएको
  • भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

    काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब रु ६४ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । ती आयोजनामामात्रै रु चार करोड ११ लाख ५० हजारबराबरको क्षति भएको विभागले जनाएको छ ।विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीका कारण धादिङका २०, गोरखाका पाँच तथा रसुवाका आठवटा आयोजनामा क्षति भएको छ । बाढीबाट पुगे

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • २९२ पटक पढिएको
  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८७ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ३४९ पटक पढिएको
  • भोटेकोशी बाढीमा बेपत्ता वृद्धा ११ दिनपछि जीवितै उद्धार

    नुवाकोट— भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकी एक वृद्धालाई सशस्त्र प्रहरीले ११ दिनपछि जीवितै उद्धार गरेको छ।सशस्त्र प्रहरीको टोलीले उनलाई नुवाकोटको बेत्रावती बजारस्थित एक घरबाट उद्धार गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।उद्धारका क्रममा वृद्धा अचेत अवस्थामा भेटिएको थापाले बताए। उनलाई स्वास्थ्य परीक्षणका लागि लगिएको र परीक्षणपछि मात्र स्वास्थ्य अवस्थाबारे यकिन जानकारी हुने उनले बताए।उद्धार गरिएकी वृद्धाको नाम र ठेगाना खुल्न सकेको छैन। बाढीपछि बेपत्ता भएकी उनी ११ दिनसम्म कसरी बेत्रावतीस्थित घरमा पुगिन् भन्नेबारे समेत खुल्न बाँकी छ।

    • प्रकाशित मितिः भदौ २०, २०८३
    • ६०५ पटक पढिएको
  • मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणमा सबै तहका सरकार जिम्मेवार

    काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको जनाएका छन् ।मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलङ्कका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरे ।‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन

    • प्रकाशित मितिः भदौ २०, २०८३
    • ५५२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.