समाचार

    Showing 19,991-20,000 of 26,731 items.
  • सिनामंगलमा भेटिएको शङ्कास्पद वस्तु डिस्पोज गर्दे नेपाली सेना

    काठमाडौँ / काठमाडौँको सिनामंगलमा शङ्कास्पद वस्तु भेटिएको छ । सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शङ्कास्पद बस्तु भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । रिजालले भने–‘गौशालाका डीएसपी नेतृत्वको टिम घटनास्थलमा पुगेको छ, अनुसन्धान गर्दै छौँ ।’घटनास्थलमा नेपाल क्रान्तिकारी पार्टीको पर्चा भेटिएको छ । पर्चामा लेखिएको छ–‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् तपाईंको सहयोगले हाम्रो देश र जनतालाई ठुलो प्रगति हुनेछ भन्ने आश हो । यहाँ आरडिएक्स बारुदको बम राखिएको छ सावधान रहनुहोला ।’ शङ्कास्पद बस्तु डिस्

    • प्रकाशित मितिः साउन ३, २०८०
    • 156 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा जाने

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जान लागेको हुन् ।प्रधानमन्त्री प्रचण्ड साउन ६ गते बेलुका इटाली प्रस्थान गर्ने र एक हप्तापछि फर्किने बालुवाटार स्रोतले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ३, २०८०
    • 106 पटक पढिएको
  • हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा सहित सिनामंगलमा शंकास्पद वस्तु फेला

    काठमाडौं / काठमाडौंको सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स नजिकै शंकास्पद वस्तु फेला परेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर आउने सडक छेउमा शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको र अहिले  महानगरीय प्रहरी वृत्तका टोली त्यहाँ पुगेको छ,’ उनले भने । नेपाल प्रहरीको अनुसन्धानपछि आवश्यक परे नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइने बताइएको छ ।

    • प्रकाशित मितिः साउन ३, २०८०
    • 107 पटक पढिएको
  • त्रिभुवन आर्मी क्लबका श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टिमको कप्तानमा नियुक्त

    काठमाडौँ / नेपाल भलिबल संघले मानबहादुर श्रेष्ठलाई नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको कप्तानमा नियुक्त गरेको छ । संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो । सन् २०१५ बाट राष्ट्रिय टोलीमा छिरेका श्रेष्ठ नेपालले खेलेका पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिगमा भाग लिएका छन् । नेपालले २०१७ मा माल्दिभ्समा सेन्ट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए । काठमाडौंमा भर्खरै सम्पन्न सातौँ एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा अनुशासन भंग गरेको आरोपमा थापा कप्त

    • प्रकाशित मितिः साउन २, २०८०
    • 239 पटक पढिएको
  • १७ वर्षीया किशोरी बलात्कृत : ४ जना पक्राउ

    झापा / १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी दीपक रायका अनुसार घटना शुक्रबार मध्य रातिको हो । डीएसपी रायका अनुसार उनीहरूले ती किशोरीलाई घरबाट उठाएर नजिकैको मान्छे नबस्ने घरमा लगेर सामूहिक बलात्कार गरेको स्वीकारेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २, २०८०
    • 121 पटक पढिएको
  • जथाभावी पोस्टर टाँस्नेलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

    काठमाडौं / काठमाडौं महानगरपालिकाले फिल्मको पोस्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाले नेपाली चलचित्र ‘वगान’ को पोस्टर वितरकले जथाभावी टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।फिल्मको वितरक नेपाली वेबसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । ‘दुष्य प्रदूषण र फोहोरमैला गरेको भन्दै जरिवाना तिराएका हौं, महानगरभित्र जथाभावी पोस्टर टाँस्न पाइँदैन,’ पाण्डेले भने ।

    • प्रकाशित मितिः साउन २, २०८०
    • 132 पटक पढिएको
  • खैरो हेरोइन सहित मेचीनगरबाट तामाङ पक्राउ

    बिर्तामोड / मेचीनगर नगरपालिका- ६ स्थित मेची भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- ६ भानुटोल साठीबिघा बस्ने २९ वर्षीय अशोक डुम्जन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२-०२२ प ८७२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा हेलमेटको भित्री भागमा लुकाई ल्याएको ८ सय मिलिग्राम उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।  सोमबार दिउँसो पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २, २०८०
    • 121 पटक पढिएको
  • प्रेस युनियनद्वारा ६ जना पत्रकार सम्मानित

    उर्लाबारी /  नेपाल प्रेस युनियन मोरङ शाखाले जिल्लाका ६ जना पत्रकारलाई सम्मान गरेको छ । मोरङको बिराटचौकस्थित सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा भएको ११ ओै अधिवेशनमा ६ जना  पत्रकारहरूलाई सम्मान गरिएको हो ।युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार लिलाबल्लभ घिमिरेलाई , शैलजा आचार्य महिला पत्रकारिता पुरस्कार करुणा बस्नेतलाई ,गिरिजाप्रसाद कोइराला स्मृति  पत्रकारिता पुरस्कार बिनोद भण्डारीलाई ,बाबुराम  निरौलालाई गिरिजाप्रसाद कोइराला युवा पत्रकारिता पुरस्कार ,  विक्रम निरौलालाई रमाप्रसाद – मायादेवी रिजाल  पत्रकारिता पुरस्कार

    • प्रकाशित मितिः साउन २, २०८०
    • 108 पटक पढिएको
  • बुद्धशान्तिमा श्रावण ७ गते बाट कित्ताकाट खुल्ने

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा श्रावण ७ गते बाट कित्ताकाट खुल्ने भएको छ । गाउँपालिकाले आज (मंगलबार) जग्गा वर्गीकरण सम्बन्धी प्रतिवेदन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरमा बुझाएसँगै जग्गाको कित्ताकाट खुल्ने भएको हो । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आज एक सूचना जारी गर्ने बुद्धशान्ति गाउपालिका भरिका ७ वटा वडाहरूमा जग्गाको कित्ताकाट खुल्ने जनाएको छ । बुद्धशान्ति गाउँपालिकामा विगत २ बर्षयता जग्गाको कित्ताकाट बन्द भइ आएको थियो । 

    • प्रकाशित मितिः साउन २, २०८०
    • 386 पटक पढिएको
  • १० हजार अमेरिकी डलर सहित विमानस्थलबाट एक जना पक्राउ

    काठमाडौं / अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेबनानका  ४२ वर्षीय एल यमन महमद रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको झोलाबाट लुकाई छिपाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला परेको थियो । उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक

    • प्रकाशित मितिः साउन २, २०८०
    • 119 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.