समाचार

    Showing 20,011-20,020 of 26,731 items.
  • काठमाडौंमा सहकारी पीडित प्रदर्शनकारी र प्रहरीबिच झडप

    काठमाडौँ / सहकारी पीडितले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । माइतीघरबाट निकालेको र्‍याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो । यसक्रममा सहकारी पीडितहरूले सडकमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ ।र्‍याली निकाल्ने क्रममा माइतीघर क्षेत्रमा केहीबेर सडक अवरुद्ध भएको थियो । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । सहकारी पीडित बचतकर्ता महासंघ समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी तथा फरार रहेका सञ्चालक माथि कारबाही लगायतको माग गर्दै प्रदर्शन गरेको हो ।

    • प्रकाशित मितिः असार ३१, २०८०
    • 147 पटक पढिएको
  • जिप दुर्घटना परि सात वर्षीया बालिकाको मृत्यु, ११ जना घाइते

    झापा / पर्वत गएराति जिप दुर्घटना हुँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन । जिल्लाको कुश्मा नगरपालिका- ३ दुर्लुङको गौडामुनिमा जिप दुर्घटना हुँदा घाइते भएकी कुश्मा- ३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा मृत्यु भएको हो । टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग १ ज ५२२९ नं को जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब ३०–३५ मिटर तल खसेको छ । जिपका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानक

    • प्रकाशित मितिः असार ३१, २०८०
    • 41 पटक पढिएको
  • जिप दुर्घटना परि सात वर्षीया बालिकाको मृत्यु, ११ जना घाइते

    झापा / पर्वत गएराति जिप दुर्घटना हुँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन । जिल्लाको कुश्मा नगरपालिका- ३ दुर्लुङको गौडामुनिमा जिप दुर्घटना हुँदा घाइते भएकी कुश्मा- ३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा मृत्यु भएको हो । टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग १ ज ५२२९ नं को जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब ३०–३५ मिटर तल खसेको छ । जिपका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानक

    • प्रकाशित मितिः असार ३१, २०८०
    • 93 पटक पढिएको
  • मनमोहन विश्वविद्यालयले बनायो पाँच वर्षे रणनीति योजना

    बिर्तामोड / देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच वर्षे रणनीति योजना तयार गरेको छ । कोसी प्रदेश सरकारले चार वर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८० देखी २०८५ सम्मका लागि आफ्नो रणनीति योजना तयार गरेको हो ।मनमोहनले पाँच वर्ष भित्र कुन कुन विषयको के कसरी पठनपाठन गराउने , भौतिक पूर्वाधार अनि दक्ष जनशक्ति के कसरी र कस्तो तयार गर्ने र शिक्षक र कर्मचारीहरूलाई कुन मूल्याङ्कनको आधारमा पुरस्कृत गर्ने भन्नेबारे छलफल गरेर पाँच वर्षे रणनीति तयार गरेको विश्वविद्यालयका उपकुलपति डा सुवास श्री पोखरेलले बताए । उपकुल

    • प्रकाशित मितिः असार ३१, २०८०
    • 105 पटक पढिएको
  • यस्तो छ आज दिनभरको मौसम जानकारी

    काठमाडौँ / हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू- भागमा आंशिक बदली रहेको छ ।  साथै मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी प्रदेशका तराई भू/भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः असार ३१, २०८०
    • 117 पटक पढिएको
  • महिलाहरूलाई आत्मनिर्भर बनाउन बुद्धशान्तिमा सिलाई कटाई तालिमपछि मेसिन वितरण

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउपालिका -४ का १० जना महिलाहरूलाई निःशुल्क सिलाई कटाई तालिमपछि मेसिन वितरण गरिएको छ । बुद्धशान्ति - ४ वडा कार्यालयबाट सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत सीप विकास तालिम पश्चात निःशुल्क मेसिन वितरण गरिएको हो । सिलाई कटाई सम्बन्धी आधारभुत तालिम लिइसकेका महिलाहरूलाई दिएको एडभान्स कोर्षको समयावधि १ महिनाको रहेको थियो । महिलाहरूलाई आत्मनिर्भर र व्यवसायिक बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमको सहजीकरण यमुना बजगाईँले गरेकी थिइन् ।वडाध्यक्ष शेर बा रायको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य दुर्गा ढुङ्गेलको आतिथ्यता रहेको

    • प्रकाशित मितिः असार २९, २०८०
    • 967 पटक पढिएको
  • बुद्धशान्तिको भाइरल रूख वरपर रोपियो गुलमोहरका बिरुवा

    बिर्तामोड / पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको बुद्धशान्ति गाउँपालिका ४ बर्ने चिया कमानसँगै रहेको भाइरल रूख (गुलमोहर) वरपर वृक्षारोपण गरिएको छ । पूर्वमा पर्यटकीय स्थलको रुपमा  विकास हुँदै गएको यस स्थानमा आज बिभिन्न प्रकारका गुलमोहर, अमला, अम्बा लगायतका बिरुवा रोपिएको हो । सुन्दर र आकर्षक बनाउने उद्देश्यले जिल्ला बन कार्यालयबाट प्राप्त भएको  बिभिन्न प्रजातिका ४०० बिरुवा रोपन गरिएको वडाध्यक्ष शेर बा रायले जानकारी दिए । बुद्धशान्ति गाउपालिका र वडा न -४ को संयुक्त आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी , विभिन्न राजनैतिक दलका प्रतिन

    • प्रकाशित मितिः असार २९, २०८०
    • 294 पटक पढिएको
  • काठमाडौंबाट झापा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या

    काठमाडौं / बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो ।उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुलाई झापा पठाउने तयारी गरिएको र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ ।

    • प्रकाशित मितिः असार २९, २०८०
    • 156 पटक पढिएको
  • युनिफर्म लगाएर भिडिओ बनाउने २०८ प्रहरी कारबाहीमा

    काठमाडौँ / प्रहरी युनिफर्म लगाएर टिकटक भिडिओ बनाउने २०८ जना  प्रहरी कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले ‍बर्दी लगाएर  भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने प्रहरीलाई कारबाही गरेको हो ।२०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म २०८ जना प्रहरीलाई कारबाही गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए ।उनका अनुसार २०७७/७८ मा ८२ जना, २०७८/७९ मा ३० जना  र २०७९/८० मा ९६ जना प्रहरीलाई कारबाही गरिएको हो ।‘पहिलोपटक चेतावनी दिन्छौँ । दोहोरिएमा एक दिनको तलब कतौटी गर्नेदेखि बढुवा रोक्का सम्म हुन्छ,ʼ डिआइजी कडायतले भने ।२०७७ असो

    • प्रकाशित मितिः असार २९, २०८०
    • 130 पटक पढिएको
  • यस्तो छ आजको सुन चाँदीको बजार भाउ

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । बिहीबार १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै तेजाबी सुन १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । चाँदीको भाउ आज ४० रुपैयाँले बढेको छ । बिहीबार १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः असार २९, २०८०
    • 116 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.