काठमाडौँ / नेपालमा थप ७ सय ६१ जनामा डेंगु रोग पुष्टि भएको छ । योसँगै देशभर डेंगु रोगीको सङ्ख्या ४२ हजार ५०४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।मन्त्रालयका अनुसार डेंगु रोगबाट थप २ जनाको मृत्युसमेत भएको छ । हालसम्म यसबाट ५१ जनाले ज्यान गुमाइसकेका छन् । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।
झापा / सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह, बिहारको बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका -१ बस्ने ३२ वर्षीय डिजे भनिने धिरेन्द्र सहनी रहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकाहरूमध्ये तीनजना भारतीय नागरिकहरू १९ वर्षका र नेपाली नागरिक सहनी ३२ वर्षका छन् । बुधबार बिहान ११ः१५ बजे सर्लाहीको बागमती नगरपालिका -१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी
झापा / धनुषामा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदेह नगरपालिका -३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखिया रहेका छन् । मुखियाले झारफुक गर्ने क्रममा सोमबार ती महिलाकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा हुनासाथ इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
झापा / नेपालको हवाई सुरक्षा अवस्थाबारे आजदेखि अध्ययन सुरु गरिँदैछ । अमेरिकी नागरिक उड्यनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको प्रतिनिधि मण्डलले नेपालको हवाई सुरक्षा अवस्थाबारे अध्ययन गर्न लागेका हुन् । सो टोलीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओ अन्तर्गतका आठ वटा क्षेत्रमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जानकारी दिए ।यसअघि, युुरोपेली संघ ईयूले नेपालमा हवाई दुर्घटनाको दर कम गर्न पहाडका विमानस्थलमा आवश्यक प्राविधिक उपकरणमा लगानी गर्न आवश्यक रहेको जनाएको छ ।सन् २०१३ देखि ईयूको कालोसूचीमा रहेको नेपालबारे दुई
बिर्तामोड / झापाको शिवसताक्षीमा बुधबार दिउँसो मलामी बोकेको बस दुर्घटना हुदाँ २८ जना घाईते भएका छन् । कनकाई नदीको मुक्तिघाटमा शवको दाहसंस्कार सकेर मलामी लिएर कुञ्जिबारी फर्किँदै गरेको ना ७ ख २६५१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षीको वडा नम्बर ९ झरना पुल नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परी २८ जना घाइते भएका र तीन जनाको अवस्था भने गम्भीर रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा ल्याइएको छ । प्रहरीका अनुसार मलामी बस राजमार्ग दक्षिण किनारको रुखमा गएर ठोकिएको थियो । सोही दिशाबाट आउँ
झापा / पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले ९० लाख मूल्य बराबरको चिनी बरामद गरेको छ । जिल्लाको प्रतापपुर गाउँपालिका २ र रामग्राम नगरपालिका -५ स्थित भैरहवा परासी राजमार्गबाट ८ सय ४० बोरा अवैध चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल हरपुर बिओपी र महेशपुर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले बुधबार बिहान ट्रकमा ल्याउँदै गरेको चिनी नियन्त्रणमा लिएको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रूपकुमार क्षेत्रीले बताए ।प्रतापपुर गाउँपालिका -२ बाट ना ६ ख २१९७ नं को ट्रकमा ल्याइएको ४२० बोरामा ९२१ हजार केजी र रामग्राम नगरपालिका -५ स्थित पर
काठमाडौं / उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको छैन । विस्तृत विवरण आउन बाँकी छ ।
झापा / अपरिचित व्यक्तिको समुहले सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा एक जना युवकमाथि गोली प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने वर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको छ । हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिमरा विमानस्थलबाट उनलाई काठमाडौं पठाइएको प्रवक्ता यादवले जानकारी दिए ।निलो रङ्गको मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिहरूले गोली प्रहार गरि फरार भएको र उनीहरूक
झापा / धनुषाको सबैला नगरपालिका -१२ रघुनाथपुर नहरस्थित चोकबाट स्रोत नखुलेको २० लाख रुपैयाँ सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका -२ बस्ने २७ वर्षीय बजरंग प्रसाद गुप्ता सहित २ जना रहेका छन् । प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले प्र १-०२- ०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । मंगलबार बेलुकी पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ताप्लेजुङ / ताप्लेजुङको मैवाखोलामा मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा ट्याक्टर चालक मैवाखोला –५ काम्सङका ३१ वर्षका पासाङ शेर्पा, उनको भाइ २४ वर्षका फुर्बा शेर्पा, मैवाखोला –४ ओदकका २२ वर्षकी शर्मिला शेर्पा र उनकी बहिनी १७ वर्षकी लाकी शेर्पा रहेका छन् । तेल्लाबुङबाट कम्साङतर्फ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर मैवाखोला गाउँपालिका –४ साँघुस्थित याम्फेवा खोला नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी कैलाश राईले जानकारी दिए । राईका अनुसार उनीहरु आमा बिरामी भएपछि राति १२ बजे ढुङगेसाँघुबाट ट्याक्टर लिएर घरतर्फ जाँदै ग
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.