समाचार

    Showing 20,041-20,050 of 26,731 items.
  • सीता दाहालको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीताको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । ‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकुटीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ ।’ सरकार प्रवक्ता रेखा शर्माले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ । हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो । लामो समयदेखि वंशाणुगत पार

    • प्रकाशित मितिः असार २७, २०८०
    • 194 पटक पढिएको
  • बहुविवाह मुद्दाको आरोपमा वडाध्यक्ष नै पक्राउ

    झापा / महोत्तरीको भङ्गाहा नगरपालिकामा वडाध्यक्ष नै बहुविवाह आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा-४ का वडाध्यक्ष गणेश महतो रहेको प्रहरीले जनाएको छ ।  उनकी जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

    • प्रकाशित मितिः असार २७, २०८०
    • 178 पटक पढिएको
  • किर्ते कागज भएको मालबाहक ट्रक भैरहवा भन्सार कार्यालय नियन्त्रणमा

    झापा / भैरहवा भन्सार कार्यालयले बिना भन्सार बाहिरिन खोजेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । भारतबाट नेपालका लागि भित्रिएको प्याज सहितको मालबाहक ट्रक भन्सार जाँच पास बिनै बाहिरिन खोज्दा अन्नपूर्ण टर्मिनलको सुरक्षा गार्डले सोमबार दिउँसो २ बजे रोकेका हुन् । यूपी ३१ टी ९९४१ नम्बरको प्याज सहितको ट्रक भन्सारको दोस्रो गेटबाट बाहिरीनै लाग्दा किर्ते कागज भएको आशङ्कामा टर्मिनलले रोकेको हो । भन्सार जाँचपासका लागि आउने मालबाहक ट्रक प्रवेश हुनासाथ गेटबाट गाडीको नम्बरसहित प्रवेशको इन्ट्री हुन्छ, गेटपास (बिलिङ) पछि भन्सार जाँचपासको लागि प्रक्रिया सुरु हुन्छ, जाँचपास भएपछि भन्सारले निकासी पत्र (एक्जीट नोट)

    • प्रकाशित मितिः असार २७, २०८०
    • 166 पटक पढिएको
  • सेवाग्राहीलाई एक लाख रुपैयाँ घुस माग्ने लेखा अधिकृत रंगेहात पक्राउ

    काठमाडौँ / एक लाख रुपैयाँ घुस सहित लेखा अधिकृत पक्राउ परेका छन् । सडक डिभिजन कार्यालय लहान सिरहाका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको प्रयोजनका लागि सेवाग्राहीबाट माग गरिरहेको पूर्वसूचनाको आधारमा अधिकृत पोखरेललाई रंगेहात पक्राउ गरेको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।  उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गालले जनाएको छ ।

    • प्रकाशित मितिः असार २७, २०८०
    • 107 पटक पढिएको
  • चोरी मुद्दामा फरार रहेका बिर्तामोडका आलम पक्राउ

    बिर्तामोड / जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका फरार रहका एक प्रतिबादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका वडा नम्बर ६ का २५ वर्षीय शफिक आलम रहेका छन् । मंगलबार पक्राउ परेका आलमलाई झापा जिल्ला अदालतको मिति २०७९/०३/२७ गतेको फैसला अनुसार चोरी मुद्दामा फरार रहेका र फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । आलमलाई ६ महिना कैद, ५ हजार जरिवाना र २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला भएको थियो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

    • प्रकाशित मितिः असार २७, २०८०
    • 248 पटक पढिएको
  • आजलाई बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित

    काठमाडौं / राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो । विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले बतायो ।

    • प्रकाशित मितिः असार २७, २०८०
    • 241 पटक पढिएको
  • प्रचण्ड पत्नी सीता दाहालको निधन , आजै अन्त्येष्टि गरिने

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ । ६९ वर्षीया दाहाललाई बिहान ८ बजे कार्डियक अरेस्ट भएको अस्पतालले आफ्नो विज्ञप्तिमा जानकारी दिएको छ ।सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने तथा २ बजे पशुपति आर्यघाटमा अन्तिम

    • प्रकाशित मितिः असार २७, २०८०
    • 398 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको  छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ। राती भने देशभर सामान्यदेखि पूर्ण बदली र

    • प्रकाशित मितिः असार २७, २०८०
    • 223 पटक पढिएको
  • विराटनगरमा साइकल यात्रीलाई मुक्का हान्ने युवक पक्राउ

    बिर्तामोड / विराटनगरमा यात्रीलाई मुक्का हान्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई मुक्का प्रहार गर्ने १९ वर्षीय आयुष भेटवाल पक्राउ परेका हुन् ।  गत बुधबार राति साढे ८ बजे विराटनगर महानगरपालिका -४ दुधफार्मस्थित कोशी राजमार्गमा आयुष सहित ३ जना बा १५ च ३४४५ नम्बरको कारमा सवार थिए । कारमा १८ वर्षीय कुशल भेटुवाल र तेह्रथुमका ३० वर्षीय रोशन कार्की पनि थिए ।  राजमार्गमा विपरीत दिशाबाट आइरहेका साहलाई देखेपछि कारबाट ओर्लिएर उनीहरूले मुक्का हानेका थिए। मुक्का प्रहारपछि साह बेहोस भएका थिए ।  बेहोस भएका साहलाई आयुषले सडकमा केही परसम्म घिसारेको

    • प्रकाशित मितिः असार २६, २०८०
    • 293 पटक पढिएको
  • दुई फरार प्रतिवादी पक्राउ

    बिर्तामोड / जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भष्ट्राचार तथा घुस र चोरी मुद्दाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भष्ट्राचार (घुस) मुद्दाका दमक नगरपालिका–९ का ३७ वर्षीय सुवास गर्तौला र चोरी मुद्दाका बिर्तामोड नगरपालिका–५ का २२ वर्षीय सुरज भन्ने सुरेश राजवंशी रहेका छन् । गर्तौला विशेष अदालतको मिति २०७५/०७/१५ गतेको फैसला अनुसार भष्ट्राचार मुद्दामा १ महिना कैद १५ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका थिए भने राजवंशी झापा जिल्ला अदालतको मिति २०७७/०९/२३ गतेको फैसला अनुसार २ वटा चोरी मुद्दामा र मिति २०७८/१२/१० गतेको फैसला अनुसार १ वटा चोरी मुद्दामा

    • प्रकाशित मितिः असार २६, २०८०
    • 97 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.