समाचार

    Showing 20,071-20,080 of 26,731 items.
  • दयाहाङ , सौगात र बेनिशा हमालको हात्तीछापको छायांकन सुरु

    काठमाडौं / अघिल्लो वर्षको सुपरहिट फिल्म ‘दुई नम्बरी’ को स्टारकास्टलाई लिएर फिल्म ‘हात्तीछाप’को छायांकन सुरु गरिएको छ । आइतबार बालकुमारीस्थित एक ग्यारेजमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन थालिएको हो । ‘झ्यानाकुटी’ फेम्ड निर्देशक सिमोस सुनुवारले निर्देशनको जिम्मेवारी सम्हालेको फिल्मको छायांकन १५ दिन काठमाडौं र १५ दिन पोखरा आसपासमा हुनेछ ।छायांकन सुरु भएसँगै फिल्ममा अभिनेत्री बेनिशा हमालको प्रवेश भएको छ । सिमोससँग उनको यसअघि ‘झ्यानाकुटी’मा सहकार्य भएको थियो । ‘हात्तीछाप’मा बेनिशासँगै दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, गौरव पहारी, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, वि

    • प्रकाशित मितिः असार २४, २०८०
    • 227 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

    काठमाडौँ / सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूबीच छलफल जारी छ ।प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको हो ।उनीहरूबीच प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा कुराकानी भइरहेको बताइएको छ । गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको किताब विमोचनमा दिएको अभिव्यक्तिले एमाले आन्दोलित छ । उसले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताउँदै निरन्तर अवरोध गर्दै आएको छ ।

    • प्रकाशित मितिः असार २४, २०८०
    • 297 पटक पढिएको
  • तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा परि २ बालकको मृत्यु

    झापा / सर्लाहीको पर्सा गाउँपालिका- ४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दीपु रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिए । शनिबार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति घर भन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा शव डुबिरहेको अवस्थामा फेला परेको थियो । 

    • प्रकाशित मितिः असार २४, २०८०
    • 205 पटक पढिएको
  • जंगली च्याउको सेवनले ११ जना बिरामी

    काठमाडौँ  / जंगली च्याउ सेवनले डोटीमा- ११ जना बिरामी परेका छन् । जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर–५ इन्द्रचोकका ११ जना बिरामी परेका हुन् । विषालु च्याउ खाएर बिरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । ११ जनाकै अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनीहरू अवस्था सामान्य रहेको अस्पतालको भनाइ छ ।

    • प्रकाशित मितिः असार २४, २०८०
    • 274 पटक पढिएको
  • आज प्रतिनिधिसभा बैठक बस्दै , तीनवटा विधेयक प्रस्तुत हुने

    काठमाडौँ  / प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आइतबारको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभामा टेबुल गर्ने कार्यसूची छ ।यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नेछ

    • प्रकाशित मितिः असार २४, २०८०
    • 191 पटक पढिएको
  • हवाई हमलामा परि सुडानमा २२ जनाको मृत्यु

    एजेन्सी / हवाई हमलामा परि सुडानमा २२ जनाको मृत्यु भएको हो । हवाई हमला सुडानको राजधानी खार्तुमको छिमेकी शहर ओमडुरमनको आवासीय क्षेत्रमा शनिबार भएको थियो । सो हमलाबाट २२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।सुडानी सेना र एक विद्रोही अर्धसैनिक संगठन आरएसएफबीच एक साताको बीचमा भएको लडाइँमा यो सबैभन्दा धेरै मानवीय क्षति हो । आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । आक्रमणको दोष सेना र विद्रोही संगठन दुवैले एकअर्कालाई दिएका छन् ।विद्रोही सङ्गठनका नेता अब्देल फतह अल बुरहानले सेनाले भने आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको र कयौं घाइते भएको बताएका छन् । यसबारे सेना

    • प्रकाशित मितिः असार २४, २०८०
    • 195 पटक पढिएको
  • गायक रोविन तामाङको अन्त्येष्टि आज गरिने

    काठमाडौं / मंगलबार बेलुका तामाङ बुढानीलकण्ठ स्थित निवासमा मृत भेटिएका गायक तथा अभिनेता रोविन तामाङको आज अन्त्येष्टि गरिने भएको छ । तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने भएको हो । रोविनका दुई छोरीहरू फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लागेकाले आज अन्त्येष्टि गर्न लागिएको बताइएको छ । रोविन एण्ड द न्यु रिभोलुसनका गायक समेत रहेका ६० वर्षीय तामाङले पछिल्लो समय फिल्ममा समेत अभिनय गर्दै आएका थिए । नेपाली रक गायनलाई समाजसँग जोड्ने मामिलामा उनको योगदान महत्वपूर्ण मानिन्छ ।

    • प्रकाशित मितिः असार २४, २०८०
    • 260 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं   ।   हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको जनाएको छ ।आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।महाशाखाले देशका कतिपय स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षा र हुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्र र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले सम्भावित जोखिमब

    • प्रकाशित मितिः असार २४, २०८०
    • 222 पटक पढिएको
  • मकवानपुरमा ट्रक दुर्घटना पछि आगलागी

    झापा / मकवानपुरको मनहरी–६ नयाँबस्ती डिपाट गाउँमा दुई ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ । गएराति हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।प्रहरीका  अनुसार दुर्घटनापछि दुवै ट्रकमा आगलागी भएको छ । दुर्घटनामा ट्रकका चालकहरु चितवन राप्ती–३ बस्ने अन्दाजी ३५ वर्षीय विवेक तमाङ र मकवानपुरको मनहरी–३ बस्ने अन्दाजी ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन् । दुर्घटनामा परि केही ब्याक्ती घाइते भएका छन । उनीहरुलाई उपचारको लागि भरतपुर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जना

    • प्रकाशित मितिः असार २३, २०८०
    • 54 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर  आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशक

    • प्रकाशित मितिः असार २३, २०८०
    • 157 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.