समाचार

    Showing 20,081-20,090 of 26,731 items.
  • सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत ढकाल घुससहित पक्राउ

    मोरङ  ।   मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत घुस सहित पक्राउ परेका छन् । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएका टोलीले लेखा अधिकृत शेखर ढकाललाई पक्राउ गरेको हो ।  अख्तियारको टोलीले उनलाई दुई लाख घुससहित रंगेहात पक्राउ गरेको जनाएको छ । ढकाललाई कार्यकक्षबाटै पक्राउ गरिएको हो । ढकालले कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको स्रोतले बताएको छ ।उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

    • प्रकाशित मितिः असार २२, २०८०
    • 187 पटक पढिएको
  • स्रोत नखुलेको १० लाख रुपैयाँ सहित एक भारतीय पक्राउ

    काठमाडौँ / स्रोत नखुलेको १० लाख ३० हजार रुपैयाँ नगदसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार प्रान्त सीतामढी थाना सुरखण्ड ग्राम सिखण्डी ५ बस्ने २० वर्षीय चन्दनकुमार साफी रहेका छन् । उनलाई महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित जलेश्वर भिट्टामोड सडकबाट बिहीवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले बीआर ३० डब्लु ५३१२ नम्बरको मोटरसाइकलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २२, २०८०
    • 199 पटक पढिएको
  • प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

    बिर्तामोड / मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह मोरङको रंगेली नगरपालिका- ७ स्थितमा लागूऔषध बिक्री बितरण भइरहेको छ । भन्ने विषेश सूचनाको आधारमा कोशी प्रदेश लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले रंगेली- ६ का २४ वर्षीय शेफ खान र २८ वर्षीय दिपेश अग्रवाललाई समेतलाई ५० ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको हो । यसै गरी उदयपुरको त्रियुगा नगरपालिका- ३ स्थित जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ४२ वर्षीय क

    • प्रकाशित मितिः असार २२, २०८०
    • 250 पटक पढिएको
  • मेलम्चीमा आएको बाढीले दुईवटा पुलमा क्षति पुग्यो

    झापा / अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्‍याएको छ ।गएरातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति  पुर्‍याएको हो । फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन् ।

    • प्रकाशित मितिः असार २२, २०८०
    • 232 पटक पढिएको
  • एलओडीका अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ

    काठमाडौं  / काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ परेका छन् । एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा रुदिल पक्राउ परेका हुन् ।ललितपुर प्रहरी परिसरले शुक्रबार बिहान ९:३० बजे श्रेष्ठलाई कुपण्डोलबाट पक्राउ गरेको हो । यसअघि क्लबका अर्का सञ्चालक राजुसिंह सुवाललाई पक्राउ गरिएको थियो । १६ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुरस्थित आफ्नो फ्ल्याटमा लगेर गत जेठ ३१ गते बलात्कार गरेको प्रहरीमा जाहेरी परेको थियो ।

    • प्रकाशित मितिः असार २२, २०८०
    • 197 पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए गोपनीयताको शपथ

    झापा / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । मन्त्रीद्वयले पनि आजै शपथ ग्रहण गरेका छन् । माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन । मन्त्री छनोटका लागि छलफलमै रहेको माओवादीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २२, २०८०
    • 205 पटक पढिएको
  • इलाममा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

    झापा / इलामको माइजोगमाई गाउँपालिका–२, जोगमाईको टारसिङ गाउँमा पतिले पत्नीको हत्या गरी आत्महत्या गरेका छन् । बिहीबार राति माईजोगमाई– २ का ५७ वर्षीय पिताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती ५२ वर्षीया राधिका खतिवडा घिमिरेको  हत्या गरेका हुन् । खतिवडाले श्रीमतीको हत्या गरे पश्चात आफूले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । दुई श्रीमती  रहेका खतिवडा कान्छी श्रीमती सीता खतिवडासँग बस्दै आएका थिए । पिताम्बरले राति १०:३० बजे जेठी श्रीमतीको घरमा गएर उक्त घटना घटाएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । राधिकाको

    • प्रकाशित मितिः असार २२, २०८०
    • 222 पटक पढिएको
  • आफ्नै घरमा मृत भेटिए अभिनेता सारुक

    काठमाडौ । अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका छन्। ३१ वर्षीय ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार साँझ मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।उनी घरको छिडीमा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन्। आमा–बुवा बाहिर पार्टीमा गएका बेला उनी मृत फेला परेका हुन्। कलाकार सानु ताम्राकारका छोरा सारुक पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठसँग फिल्म ‘ह्यासट्याग माया’मा अभिनय गरिरहेका थिए।

    • प्रकाशित मितिः असार २२, २०८०
    • 269 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू–भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।राति देशभर सामान्यदे

    • प्रकाशित मितिः असार २२, २०८०
    • 256 पटक पढिएको
  • बसमा करेन्ट लाग्दा बाबुछोराको मृत्यु , एक घाइते

    झापा /  गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा रोल्पाको गंगादेव गाउँपालिका -४ का अन्दाजी  ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्दाजी  ४० वर्षका टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी गोपाल श्रेष्ठले जानकारी दिए । राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो । बसभित्र करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उक्त घटनामा  बस धनी सल्यान छत्रेश्री गाउ

    • प्रकाशित मितिः असार २१, २०८०
    • 367 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.